NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
ओली बाघ हुन् अनि रवि, बालेन र कुलमान कुखुरा, बाख्रा र स्याल ? मङ्लबार पुस १५ , २०८२
नेपालको राजनीतिमा सेलिब्रेटीको प्रवेश मङ्लबार पुस १५ , २०८२
इतिहासले सम्झिने छ सुदनलाई, बालेनलाई बनाउदैछन् प्रधानमन्त्री मङ्लबार पुस १५ , २०८२
नामको होइन कामको बनोस् रवि–बालेन–कुलमानबीचको एकता मङ्लबार पुस १५ , २०८२
यसरी रातारात बन्यो देशमा चुनावी माहौल मङ्लबार पुस १५ , २०८२
Next
Prev

समाचार

ओली बाघ हुन् अनि रवि, बालेन र कुलमान कुखुरा, बाख्रा र स्याल ?

मङ्लबार पुस १५ , २०८२
Reading Time: 1 min read
A A
ओली बाघ हुन् अनि रवि, बालेन र कुलमान कुखुरा, बाख्रा र स्याल ?
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X
LS Auto

१५ पुस , काठमाण्डौ ।

पछिल्लो तीन दिनमा रास्वपा सभापति रवि लामिछाने, काठमाडौ महानगरका मेयर बालेन्द्र शाह बालेन र उर्जा मन्त्री समेत रहेका उज्यालो नेपालका संरक्षक कुलमान घिसिङबीचको एकता र सहमतिपछि उनीहरु पक्षका नेता कार्यकर्ता मात्रै होइन टुट्नु भन्दा जुट्नु राम्रो रहेको भन्दै आम सर्वसाधारण नै आशासहित उत्साहित बनेका छन् ।

तर रवि बालेन र कुलमानको मिलन भने देशमा पछिल्लो ३० वर्षभन्दा लामो समयदेखि आफ्नो पकडमा राखेका प्रमुख दललाई भने पटक्कै चित्त बुझेको छैन्। यसैले देश विकास र नवयुवाहरुको माग सम्बोधन गर्ने गरी उनीहरुकै अपेक्षा अनुशार एकीकरण भएका तीन युवाको मिलनलाई चिखो रुपमा टिकाटिप्पणी गरिरहेका छन्।

वैकल्पिक शक्तिका रुपमा रास्वपामा एकाकार भएका तीन नेताको मिलनपछि पहिलो पटक सार्वजनिक कार्यक्रममा सहभागि भएका नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली उनीहरुमाथि आक्रमक रुपमा खनिएका छन् ।

उनले एमालेलाई परास्त गर्न विभिन्न शक्तिहरू मोर्चाबन्दीमा लागेको टिप्पणी गरेका छन्। मदन–आश्रित स्मृति प्रतिष्ठानले मंगलबार आयोजना गरेको ‘एमाले महाधिवेशनको सन्देश र राजनीतिक निकास’ विषयक विचार गोष्ठीमा बोल्दै अध्यक्ष ओलीले विपक्षी गठबन्धनप्रति व्यंग्यात्मक टिप्पणी गरेका हुन्।

ओलीले भने, “कुखुरा, बाख्रा र स्यालको मोर्चाले बाघको सिकार गर्न सक्दैन।” अध्यक्ष ओलीले यो भनेपछि सभाहलमा ठूलो हाँसो गुञ्जिएको थियो। ‘एमालेको विशाल आकार देखेपछि उनीहरू एक्लै भिड्न डराउँछन्। अनि तिमी र म मिलौँ भन्छन्,’ ओलीले भने, ‘कुकुर, बाख्रा र स्यालहरू जति नै मिलेर मोर्चाबन्दी गरे पनि सिंहसँग लड्न सक्दैनन्। लोकतन्त्रमा जसले जति घेराबन्दी गरे पनि अन्त्यमा उत्कृष्ट खेलाडीले नै जित्छ।’

उनले एमालेलाई कमजोर पार्न विभिन्न शक्ति एक ठाउँमा उभिएको दाबी गरे। अध्यक्ष ओलीले नेपाली कांग्रेसप्रति पनि टिप्पणी गर्दै भने, “एमाले मात्र होइन, कांग्रेस पनि छ। कांग्रेस यस्तो पार्टी हो, जसले छेउमा नगएसम्म केही गर्दैन, छेउमा गएपछि गाह्रो पार्छ।”

उनले एमाले चुनावको प्रतीक्षामा रहेको स्पष्ट पार्दै आगामी निर्वाचनले देशको वास्तविक लोकप्रियता कसको छ भन्ने फैसला गर्ने बताए। “प्रधानमन्त्री बनाइसकेका मान्छेहरू छन्, तर हामी चुनाव पर्खिरहेका छौं। कहिले हुन्छ– फागुन २१ मा, वैशाखमा वा अर्को मंसिरमा—हामी चुनाव पर्खिरहेका छौं,” उनले भने।

ओलीले लोकप्रियताको कुरा गरिरहदा बालेनले भने उनीविरुद्ध नै झापामा उम्मेदवारी दिने चर्चा चलिरहेको छ। यस्तै महाधिवेशनपछि पार्टी थप सशक्त बनेको उल्लेख गर्दै अध्यक्ष ओलीले एमालेले विभिन्न राजनीतिक प्रश्नहरूको जवाफ दिएको दाबी गरे।

उनले आगामी निर्वाचनमार्फत जनताले राष्ट्रिय निर्णय गर्ने विश्वास पनि व्यक्त गरे। यस्तै ओलीले भदौ २४ गते नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवामाथि आक्रमण धेरै जना ‘लुसिफर’हरूले गरेको टिप्पणी गरेका छन्।

‘देउवा जीमाथि आक्रमण गर्ने लुसिफरहरू नै हुन्, एउटा मात्रै लुसिफर होइन। धेरै लुसिफरहरू हुन्,’ ओलीले भने, ‘जसले उहाँमाथि त्यसप्रकारको प्रहार गरे।’ यो सबै के भएको हो? भन्दै उनले प्रश्न गरे। ‘यो आगजनी के हो? यसलाई क्रान्ति भनेर महिमा–मण्डन गर्न खोज्नु भनेको प्रतिक्रान्तिकारी, अलोकतान्त्रिक, देशद्रोही शक्तिको व्याख्या हो,’ ओलीले भने।

यो कुनै पवित्र चिज हुनै नसक्ने उनले टिप्पणी गरे। ओलीले प्रमुख राजनीतिक दलहरूकै कारण देश ठूलो दुर्घटनाबाट जोगिएको पनि दाबी गरेका छन् । ओलीले देशमा अराजकता मच्चाउन खोज्ने समूहहरू सक्रिय भए पनि कांग्रेस र एमाले जस्ता जिम्मेवार शक्तिहरू भएकाले देश श्रीलङ्का हुनबाट जोगिएको बताए।

‘अराजकता मच्चाउन खोज्नेहरूले यसो हेर्छन्, विशाल एमाले देख्छन्, अनि अर्कोतिर हेर्छन् नेपाली कांग्रेस देख्छन्,’ ओलीले भने, ‘छेउमा गएपछि गाह्रो पर्छ भन्ने उनीहरूलाई थाहा छ। त्यसैले यी शक्तिहरू रहुन्जेल देश बिग्रन पाउँदैन।’

अध्यक्ष ओलीले गत भदौं २४ गते देशमा आगो लगाउन खोज्नेहरू राष्ट्रियता र शान्तिका विरोधी भएको बताए। उनले भने, ‘२४ गते आगो लगाउनेहरू, देशलाई झुक्याएर आगो लगाउनेहरू कसैका विरुद्ध होइन, देशका विरुद्ध, शान्तिका विरुद्ध र विकासका विरुद्ध लागिपरेका छन्।’

यस्तै आक्रमक टिप्पणी नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ पनि गरेका छन् । उनले सामाजिक सञ्जालमा हो–हल्ला गर्ने सहर बजारका मान्छेहरूले जनताका मुक्तिदाता भएको भ्रम पार्न खोजिएको बताएका छन् ।

पार्टीको चुनाव चिह्न ‘तारा’ बोकेर रुकुमपूर्वदेखि काठमाडौंसम्म यात्रामा आएका केशव रावलको सम्मानसहितको यात्रा समापन कार्यक्रममा बोल्दै प्रचण्डले दशकौँ लडाइँ र तपस्यासहित विचार बोकेर आएका दलहरू सिद्धिसके भनेर हल्ला फिँजाइएको टिप्पणी गरे ।

उनले भने, ‘सोसल मिडिया हे¥यो भने । सहर–बजारका मान्छेका हो–हल्ला हे¥यो भने त विचारविहीन, इतिहासविहीन, त्याग तपस्या बलिदान र निष्ठाविहीनहरूले नेपाल पूरै कब्जा गरिसके भनेको जस्तो छ । पार्टीहरू त सिद्धिसके भन्ने छ । जसले दशकौँ लडाइँ गरेर त्याग र तपस्या विचार र निष्ठाका कीर्तिमान राखेका बदमास र यीनको अब काम छैन भन्याजस्तो । सोसल मिडियाबाट हो–हल्ला गर्नेहरू नै मुक्तिदाता हुन् भनेर बजार र मोबाइल हेर्नेको हात–हातमा त्यस्तै हो कि भन्ने भ्रम परेको छ ।’

यस्तै कार्यक्रममा प्रचण्डले ऊर्जामन्त्री समेत रहेका कुलमान घिसिङप्रति लक्षित गरी पार्टी र जनताले लगाएको गुन बिर्सिएको आरोप समेत लगाए ।’विदेशी प्रतिक्रियावादी शक्तिहरूले फेसबुक, एक्स लगायत सामाजिक सञ्जालमार्फत होहल्ला गरिरहेका छन् । त्यसमा रमेर नेपाल कब्जा भइसकेको जस्तो गरी एक थरीले प्रचार गरेका छन् । पार्टी र जनताले लगाएको गुनलाई बिर्सिएर मान्छेहरू बैगुनी बनेर हिँडेका पनि छन्’, उनले भने ।

प्रचण्ड र शेरबहादुर देउवा नेतृत्वको सरकारमा दुई पटक घिसिङ नेपाल विद्युत् प्राधिकरणको कार्यकारी प्रमुख भएका थिए । पछिल्लो केपी ओली सरकारको बर्खास्तीमा परेका घिसिङको समर्थनमा तत्कालीन विपक्षी दल नेकपा माओवादीले संसद्मा विरोध गरेको थियो ।

आगामी निर्वाचनमा नेकपालाई समर्थन गर्ने वा चुनावी तालमेल गर्ने अपेक्षा गरेका प्रचण्डले यसअघि घिसिङको कार्यशैलीप्रति सार्वजनिक रूपमै आलोचना गरेका थिए ।
यस्तै नेपाली काग्रेसका नेता मिनबहादुर विश्वकर्माले पनि वैकल्पिक शक्तिका रुपमा अझ बलियो बनेको एकताका विषयमा तिखो टिप्पणी गरेका छन् ।

उनले बालेन्द्र साहप्रति लक्षित गर्दै देश जलाउने लुसिफरहरुबाट आफूहरुमाथि खतरा नरहेको टिप्पणी गरेका छन् । मंगलवार काठमाडौंमा मदन–आश्रित प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा उनले समाजमा खतरा दुष्टको धृष्टताबाट नभइ सज्जनको निषेधबाट हुने जिकिर गरे ।

उनले देश जलाउने लुसिफर र ठगी गरेर पपुलिजमको खेती गर्नेहरुसँग खासै डर नरहेको बताए । विभिन्न नाटकको रुपमा गएर सिंहदरबार जलाउने, संसद भवन, सर्वोच्च, नेपालका लोकतन्त्रका लागि संघर्ष गरेका अनेकौँ धरोहरहरु जलाउनेहरुबाट पनि त्यत्ति डर नरहेको र यो क्षणिक हुने उनको भनाइ छ ।

Tags: #रवि–बालेन–कुलमान#ओली–प्रचण्ड तर्सिए

लोकप्रीय

ओली बाघ हुन् अनि रवि, बालेन र कुलमान कुखुरा, बाख्रा र स्याल ?

ओली बाघ हुन् अनि रवि, बालेन र कुलमान कुखुरा, बाख्रा र स्याल ?

मङ्लबार पुस १५ , २०८२
नेपालको राजनीतिमा सेलिब्रेटीको प्रवेश

नेपालको राजनीतिमा सेलिब्रेटीको प्रवेश

मङ्लबार पुस १५ , २०८२
इतिहासले सम्झिने छ सुदनलाई, बालेनलाई बनाउदैछन् प्रधानमन्त्री

इतिहासले सम्झिने छ सुदनलाई, बालेनलाई बनाउदैछन् प्रधानमन्त्री

मङ्लबार पुस १५ , २०८२

विचार

ओली बाघ हुन् अनि रवि, बालेन र कुलमान कुखुरा, बाख्रा र स्याल ?

ओली बाघ हुन् अनि रवि, बालेन र कुलमान कुखुरा, बाख्रा र स्याल ?

मङ्लबार पुस १५ , २०८२
नेपालको राजनीतिमा सेलिब्रेटीको प्रवेश

नेपालको राजनीतिमा सेलिब्रेटीको प्रवेश

मङ्लबार पुस १५ , २०८२
इतिहासले सम्झिने छ सुदनलाई, बालेनलाई बनाउदैछन् प्रधानमन्त्री

इतिहासले सम्झिने छ सुदनलाई, बालेनलाई बनाउदैछन् प्रधानमन्त्री

मङ्लबार पुस १५ , २०८२

थप समाचार

ओली बाघ हुन् अनि रवि, बालेन र कुलमान कुखुरा, बाख्रा र स्याल ?
ताजा समाचार

ओली बाघ हुन् अनि रवि, बालेन र कुलमान कुखुरा, बाख्रा र स्याल ?

मङ्लबार पुस १५ , २०८२
नेपालको राजनीतिमा सेलिब्रेटीको प्रवेश
समाचार

नेपालको राजनीतिमा सेलिब्रेटीको प्रवेश

मङ्लबार पुस १५ , २०८२
इतिहासले सम्झिने छ सुदनलाई, बालेनलाई बनाउदैछन् प्रधानमन्त्री
समाचार

इतिहासले सम्झिने छ सुदनलाई, बालेनलाई बनाउदैछन् प्रधानमन्त्री

मङ्लबार पुस १५ , २०८२
बालेनले गरे सुदनको प्रशंसा, खेलाडी बनेर निस्किए
निर्वाचन

नामको होइन कामको बनोस् रवि–बालेन–कुलमानबीचको एकता

मङ्लबार पुस १५ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: Bangladeshमा विद्यार्थीको पार्टीे कट्टरपन्थीसँगै, फ्लोरिडा वार्ता सकारात्मक

World News: Bangladeshमा विद्यार्थीको पार्टीे कट्टरपन्थीसँगै, फ्लोरिडा वार्ता सकारात्मक

00:18:13

जापानमा ५० बढी गाडी ठो क्किए, लन्डनमा हिन्दु सङ्गठनहरूको विरो ध|| Nepal Times

00:21:43

World News:Americaमा भीषण हिउँदे आँ धी, थाइल्यान्ड र कम्बोडियाबीच शान्ति सम्झौता|| Nepal Times

00:20:20

World News: इमरानका सल्लाहकारको नाक र बंगरा भाँचियो, भारतमा नक्सल मा*रि*ए || Nepal Times

00:16:18

धेरै तटीय शहर समुद्रमा डुब्दै,रुसले चन्द्रमामा विद्युत् गृह बनाउने, बेगमका छोरा फर्किए|| Nepal Times

00:24:45

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

भारतको असममा भड्कियो हिंसा, २ को मृत्यु, ३४ प्रहरी घाइते

भारतको असममा भड्कियो हिंसा, २ को मृत्यु, ३४ प्रहरी घाइते

बुधबार पुस ९ , २०८२
कंगाल बन्यो पाकिस्तान, आज राष्ट्रिय ध्वजावहाक लिलाम हुने

कंगाल बन्यो पाकिस्तान, आज राष्ट्रिय ध्वजावहाक लिलाम हुने

मङ्लबार पुस ८ , २०८२
बालेनको लिस्टमा आशिका तामाङ, ईश्वर पोखरेललाई ओलीले छुटाए ?

बालेनको लिस्टमा आशिका तामाङ, ईश्वर पोखरेललाई ओलीले छुटाए ?

सोमवार पुस १४ , २०८२

हालका पोस्टहरू

ओली बाघ हुन् अनि रवि, बालेन र कुलमान कुखुरा, बाख्रा र स्याल ?

ओली बाघ हुन् अनि रवि, बालेन र कुलमान कुखुरा, बाख्रा र स्याल ?

मङ्लबार पुस १५ , २०८२
नेपालको राजनीतिमा सेलिब्रेटीको प्रवेश

नेपालको राजनीतिमा सेलिब्रेटीको प्रवेश

मङ्लबार पुस १५ , २०८२
इतिहासले सम्झिने छ सुदनलाई, बालेनलाई बनाउदैछन् प्रधानमन्त्री

इतिहासले सम्झिने छ सुदनलाई, बालेनलाई बनाउदैछन् प्रधानमन्त्री

मङ्लबार पुस १५ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
९८६२२१३०५७
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.