×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

देउवा–ओली–प्रचण्डलाई फेरि सुरक्षा बढाइने, ओलीले देखे विदेशी हस्तक्षेप

२२ पुष २०८२

२२ पुष , काठमाण्डौ ।

नेपालको बदलिएको राजनीतिक अवस्था, जेनजी आन्दोलनको प्रभाव, नजिकिदै गरेको चुनाव, नयाँ राजनीतिक दलहरुको चुनौती दिनेगरिको उदय र एकीकरण, अनि आफूहरु चाँही आन्तरिक किचलो र शक्तिहिन भएको अवस्थामा पुगेपछि पुराना दलका शीर्ष नेताहरु पुनः मेलमिलाप र सहकार्य भन्दै आपसी दौडधुपमा लागेका छन्।

विशेषगरी काँग्रेस, एमाले र नेपाली कम्युनिष्ट पार्टी संविधान र मुलुक संकटमा परेको बहाना देखाउँदै आफूहरु पुनः गठजोड गरेर, एकअर्काको वैशाखी टेकेरै भएपनि शक्तिमा फर्किने प्रयास गरिरहेका छन् ।

नजिकिदै गरेको राष्ट्रिय सभाको चुनाव र त्यसपछि आउने प्रतिनिधि सभाको चुनावमा कसरी हुन्छ नयाँलाई रोक्ने र आफूहरु पुनः सदनमा पुग्ने प्रयासमा उनीहरु छन् । यद्यपि केही नेताहरुले यो राष्ट्रिय सभाका लागि मात्रै रणनीतिक सहकार्य गर्न लागिएको प्रतिनिधि सभाको चुनाव त एक्लाएक्लै जाने भनिरहेका छन् ।

तर शीर्ष नेताहरुको संकेत भने यो सहकार्यलाई फागुनको चुनावसम्मै लैजाने बुझिन्छ । यसैबीच जेनजी र सरकारबीच भएको सम्झौता अन्तर्गत भ्रष्टाचारीलाई छानविनको दायरामा ल्याएर कारकाही गर्ने कुराहरु चर्चामा आएपछि पुराना सहयात्रीहरु त्यसका लागि मिल्नु पर्ने निश्कर्षमा पुगेका हुन् ।

यसका लागि उनीहरुले आन्तरिकरुपमा मात्रै दौडधुप गरिरहेका छैनन् बरु दिल्लीमा समेत नेपाली नेताहरुका ताँती लाग्न सुरु भएको छ । उनीहरु एकपछि अर्को गर्दै दिल्ली जान थालेका छन् । अघिल्लो हप्तामात्रै पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई चार दिने भ्रमण सकेर फर्किएका थिए ।

१२ बुँदे सहमतिमार्फत नेपालबाट राजतन्त्रको अन्त्य गर्न सफल मानिएको २०६२÷६३ एक मुख्य नेता भट्टराई फर्केलगत्तै आइताबार नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्ड पनि भारत गएका थिए । उनी सोमबार साँझ नै फर्किसकेका छन् ।

दिल्लीमा रहँदा उनको भेट भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालसंग भएको थियो । प्रचण्डले पार्टी निकट प्रवासी नेपालीको ‘एकता सन्देश सभा तथा साक्षात्कार कार्यक्रम’मा सहभागिता जनाएका थिए ।

उक्त कार्यक्रममा जाने देखावटी कार्यक्रम तय गरे पनि दाहालले दिल्ली रहँदा आइतबार र सोमबार दुई महत्वपूर्ण भेटघाट गरेका छन् । आइतबार राति उनलाई होटलमै भेट्न आएका थिए भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभल ।

उनीहरूबीच करिब १ घन्टा एक्लाएक्लै कुराकानी भएको छ । भारतीय प्रधानमन्त्रीले नेपाललगायतका वैदेशिक मामिलामा डोभालको सुझावअनुसार आवश्यक निर्णयहरू लिँदै आएका छन् । दिल्ली उड्नुपूर्व दाहालले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटघाट गरेका थिए ।

दाहाल फर्किन नपाउँदै सोमबार दिउँसो कांग्रेस नेतृ एवं सभापति शेरबहादुर देउवा पत्नी आरजु राणा पनि दिल्ली प्रस्थान गरेकी छिन् । राणाको व्यक्तिगत कार्यक्रम बाहिर बताइए पनि राजनीतिक भेटघाटको कार्यक्रम तय भएको बुझिएको छ ।

यसअघि दिल्ली पुगेका डा. भट्टराईले मुम्बईको प्रतिष्ठित प्राविधिक संस्था भारतीय प्रौद्योगिकी संस्थानले आयोजना गरेको महोत्सवमा भाग लिए । त्यसपछि उनी नयाँ दिल्लीस्थित भारत अन्तर्राष्ट्रिय केन्द्रमा आयोजित दक्षिण एसियाली जनसहभागिता प्रमुख वक्ताका रूपमा सहभागी भएर फर्किएका थिए ।

दिल्लीमा रहँदा भट्टराईले नेपालमा राजतन्त्र फर्किने सम्भावना शून्य रहेको दाबी गर्दै भारतीय मिडियाहरुलाई अन्तर्वार्ता दिएका थिए । यसैबीच रास्वपाका उपसभापति स्वर्णिम वाग्ले पनि केही दिनभित्रै भारत जाने तयारीमा छन् ।

वाग्लेले नयाँ स्थापना भएको ‘नेट स्ट्राट’ नामक थिंक थ्यांक संस्थाले आयोजना गरेको कार्यक्रममा वक्ताका रुपमा सम्बोधन गर्ने कार्यक्रम तय भएको छ । वाग्ले तिनै व्यक्ति हुन् जसले नेपाली सेनाको संख्या घटाउनुपर्ने अभिव्यक्ति संसदको राष्ट्रमबाटै दिएका दिए ।

सम्भवतः एमालेबाट पनि छिट्टै माथिल्लो तहकै कुनै नेताले भारत भ्रमण गर्नेछन् । यसैबीच प्रधानमन्त्री सुशीला कार्कीका श्रीमान् दुर्गाप्रसाद सुवेदी उपचारका लागि आइतबार साँझ दिल्ली पुगेका छन् । विभिन्न बहानामा नेताहरुको दिल्ली दौडाहातर्फ लक्षित गर्दै एमाले अध्यक्ष केपी शर्मा ओलीले भने कडा टिप्पणी गरेका छन् ।

ओलीले एमाले र कांग्रेस नजिकिँदै गएपछि सरकार र केही विदेशी शक्तिहरू निर्वाचनलाई सार्ने वा विभिन्न चरणमा विभाजन गराउने षड्यन्त्र गरिरहेको ब्रिफिङ गरेका छन् । च्यासलमा सचिवालय बैठकमा बोल्दै ओलीले देशको वर्तमान राजनीतिक परिस्थितिबारे गम्भीर चिन्ता व्यक्त गरे ।

उनले देशमा तत्काल निर्वाचन हुने वातावरण अझै बनि नसकेको बताए । उनले भने, ‘सर्वोच्च अदालतका न्यायाधीशहरूलाई समेत निरन्तर दबाब र धम्की दिने र संसद् पुनस्र्थापना हुन नदिने कार्यमा दबाब दिँइँदैछ। यसले लोकतान्त्रिक मूल्य–मान्यतामाथि गम्भीर प्रश्न उठाएको छ।’

नेपालको अस्तित्व र राष्ट्रिय अखण्डता जोगाउने कार्य चुनौतीपूर्ण बन्दै गएको भन्दै वैदेशिक हस्तक्षेप नाङ्गो रूपमा देखिन थालेको बताए। यसैबीच सरकारले पूर्वप्रधानमन्त्रीहरू शेरबहादुर देउवा, केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डको सुरक्षा बढाउने भएको छ ।

पुस ८ गते राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री सुशीला कार्की र शीर्ष तीन नेताबीच पहिलो पटक छलफल गराएका थिए । सोही छलफलमा तीन पूर्वप्रधानमन्त्रीले चुनावका लागि सुरक्षाको वातावरण नबनेको बताउँदै यही बेला सरकारले आफ्ना सुरक्षाकर्मी पनि फिर्ता लगेको गुनासो गरेका थिए ।

प्रधानमन्त्री कार्कीले चुनाव गराउन प्रतिबद्ध रहेको दोहो¥याउँदै शीर्ष नेताहरूलाई सरकारले आवश्यक सुरक्षा प्रबन्ध मिलाउने वचन दिएकी थिइन् । सोही अनुसार थप सुरक्षा दिने गरी गृह मन्त्रालयले तयारी थालेको हो ।

गृह स्रोतका अनुसार पछुवा गाडीको व्यवस्था गर्न सशस्त्र प्रहरीलाई भनिएको छ । यसअघि असोज २३ गते गृहमन्त्री ओमप्रकाश अर्याल नेतृत्वको केन्द्रीय सुरक्षा समितिको बैठकले मापदण्डभन्दा बढी र मापदण्डविपरीत लगेका सुरक्षाकर्मी फिर्ता गर्ने निर्णय गरेको थियो ।

सोही निर्णय अनुसार गृह मन्त्रालयले परिपत्र गरेपछि नेपाल प्रहरी र सशस्त्र प्रहरीले देशभर यसरी लगेका पूर्व तथा हालका अति विशिष्ट र विशिष्टसहितले लगेका सुरक्षाकर्मीहरू फिर्ता गरेको थियो ।

नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीको सुरक्षामा खटिएका बढी सुरक्षाकर्मी फिर्ता भएका थिए। जेनजी आन्दोलनमा कुटपिटमा परेका शेरबहादुर देउवाको भने त्यतिबेलै सुरक्षाकर्मी फिर्ता भएका थिए।

त्यसपछि देउवाले सीमित मात्रै सुरक्षाकर्मी लिएका थिए । जेनजी आन्दोलनपछि बनेको कार्की नेतृत्वको सरकारले बढी सुरक्षाकर्मी फिर्ता गर्ने भनेपछि थप टोली पठाइएको थिएन। सरकारले सुरक्षाकर्मीको संख्यासँगै यसअघि खटाएको टोली नै हेरफेर गरेको थियो ।

भर्खरको समाचार

सामूहिक अन्त्येष्टिमा जनसागर, कतारमा IRGC का १० जासुस पक्राउ, इरानमा २००० निशाना ध्वस्त

Screenshot 2026-03-04 105112

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

image

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo

देश बनाउन फर्किएका हुन् बालेन,संसदीय राजनीति होमिनु अघि बोले बालेन

Screenshot 2026-01-12 115501

बालेन झापा जाने भएपछि आत्तिए ओली, भने लुसिफरले धाक नदिनु

d0af0e4e-e87b-4585-9afd-4f644f0e3c5e

अशान्ति मच्चाइरहेका ट्रम्पको हातमा नोबेल शान्ति पुरस्कारको मेडल

maria-corina-machado-donald-trump-101025-ae6e5dd9fc324ce1bdcca7134e2fe0b9

फागुन पछिका संभावित प्रधानमन्त्रीहरु,को,कसरी प्रधानमन्त्री बन्न सक्छन् ?

d5b8dbd0-9973-4173-b623-07238c7850f9

रविको मुद्या फिर्तापछि एमाले रिसायो, अब के हुन्छ ?

rabi

सम्बन्धित खबरहरु

Scroll to Top