NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
रवि–बालेनमाथि फेरि खनिए ओली,२० वर्ष चुनाव नजित्ने बुधबार पुस २३ , २०८२
कांग्रेसमा महाधिवेशनको जात्रा, विशेष महाधिवेशन आह्वान बुधबार पुस २३ , २०८२
ट्रम्पले मादुरोलाई पक्रेपछि अटलांटिक सागरमा उत्रियो पुटिनको युद्धपोत बुधबार पुस २३ , २०८२
विराटनगरका मधुकर आचार्य फिफाको सहायक रेफ्रीमा छनोट बुधबार पुस २३ , २०८२
राष्ट्रियसभामा विज्ञ होइन,नेता व्यवस्थापन केन्द्र,जहाँ हारेका विजयी हुन्छन् बुधबार पुस २३ , २०८२
Next
Prev

समाचार

कांग्रेस केन्द्रीय कार्यालयमा प्रहरी परिचालन, नेताहरू अर्कै गेटबाट छिरे

मङ्लबार पुस २२ , २०८२
Reading Time: 4 mins read
A A
कांग्रेस केन्द्रीय कार्यालयमा प्रहरी परिचालन, नेताहरू अर्कै गेटबाट छिरे
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X
LS Auto

२२ पुष , काठमाण्डौ ।

नेपाली कांग्रेसभित्रको नियमित कि विशेष महाधिवेशन भन्ने विवाद अब झडपकै स्थितिमा पुगेको छ । यसैका लागि आज सानेपास्थित पार्टी कार्यालयबाहिर तनावको स्थिति सिर्जना भएको छ ।

केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा भाग लिन वा दबाब दिन सानेपा पुगेका विशेष महाधिवेशन पक्षधर नेताहरूलाई प्रहरी र पार्टी प्रशासनले गेटमै रोकेको छ । मंगलबार सानेपामा केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्ने तय भएको थियो ।

May be an image of one or more people

बैठक सुरु हुनुपूर्व नै विशेष महाधिवेशन पक्षधर नेताहरू र केही महाधिवेशन प्रतिनिधि कार्यालय पुगेका थिए । उनीहरूले नेतृत्वलाई दवाब दिने र आफ्ना मागहरू राख्ने तयारी गरेका थिए ।

May be an image of one or more people and text

यो कुराको सुइँको थाहा पाएपछि प्रवेशमा कडाइँ गरिएको विशेष महाधिवेशन पक्षधरहरूले जनाएका छन् । पार्टी कार्यालयको गेटमा सुरक्षाकर्मीहरू परिचालन गरिएका छन् ।

May be an image of one or more people, crowd and text

भित्र बैठक चल्दै गर्दा बाहिर रहेका नेतालाई प्रवेशमा रोक लगाइएको हो । आफ्नै पार्टी कार्यालयमा नेताहरू रोकिएपछि सानेपा परिसर केही बेर नाराबाजी र तनावले तातिएको थियो ।

May be an image of one or more people and crowd

भित्र पस्न नपाएका नेताहरूले यसलाई ’नेतृत्वको अनुदारवादी र निरंकुश चरित्र’ भन्दै आलोचना गरेका छन्। उनीहरूले नेता विमलेन्द्र निधिविरूद्ध नाराबाजी गरेका छन्।प्रदर्शनरत कार्यकर्ताले नेताहरूलाई गाली गर्दै पार्टीलाई बन्दी बनाउन नहुने भन्दै नाराबाजी समेत गरेका छन् ।

May be an image of one or more people, chess, motorcycle, scooter and street

पार्टी केन्द्रीय कार्यालय घेराउका लागि पुगेका विशेष पक्षधर केही कार्यकर्ताहरूले नेता निधि लिंक रोडबाट भित्रिने क्रममा क्रममा अवरोध पु¥याएका थिए । सो क्रममा नेता निधि र कार्यकर्ताहरूबीच चर्काचर्की भएको थियो ।

May be an image of one or more people and text

विशेष महाधिवेशन पक्षधर केन्द्रीय सदस्य मधु आचार्यले भने विशेष पक्षधरले सानेपामा घेराउ नगरेको बताएका छन् । मंगलबार बोलाइएको केन्द्रीय कार्यसम्पादन समितिको बैठकको लागि नेताहरू वैकल्पिक गेटबाट पार्टी कार्यालय प्रवेश गरिरहेका छन् ।

May be an image of one or more people

बिहान ११ बजे हुने भनिएको बैठक बस्न ढिला भएको छ । आजको बैठकमा ११ माघमा हुन गइरहेको राष्ट्रियसभा निर्वाचनमा पार्टीका तर्फबाट दिइने उम्मेदवारी र सम्भावित चुनावी तालमेलबारे छलफल हुने बताइएको छ ।

सोमबारको बैठकमा कार्यवाहक सभापति पूर्णबहादुर खड्काले राष्ट्रियसभा निर्वाचनमा गरिने चुनावी तालमेलबारे ‘ब्रिफिङ’ गरेका थिए । राष्ट्रिय सभामा सबैभन्दा बढी मतभार रहेको कांग्रेसले आफ्नो हैसियत अनुसारको प्रतिनिधित्व सुनिश्चित गर्न र निर्वाचन जित्न सक्ने आधार तय गर्न अन्य शक्तिहरूसँग सहकार्यको हात बढाएको हो ।

May be an image of one or more people and text

आज बैठकमा कुन दलसँग कति सिटमा तालमेल गर्ने र कांग्रेसका तर्फबाट को–को उम्मेदवार बन्ने भन्ने विषयमा औपचारिक निर्णय हुनेछ । एमालेले राष्ट्रिय सभामा ७ सिट माग्ने निर्णय गरेको छ ।

यस्तै नीतिगत स्पष्टताको अभावस् चुनावी गठबन्धन गर्ने कि नगर्ने र पार्टीको मार्गचित्र कस्तो हुने भन्नेमा महामन्त्रीद्वयले फरक मत राख्दै आएका छन् । विधानले दिएको समयसीमा कुर्नुभन्दा अगाडि नै नयाँ नेतृत्व चयन गरेर पार्टीलाई पुनर्जीवन दिने इतर पक्षको दाबी छ ।

May be an image of one or more people

महामन्त्री पक्षले यसअघि नै ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिको हस्ताक्षर संकलन गरेर विशेष महाधिवेशनको वैधानिक बाटो सुरक्षित गरिसकेको दाबी गर्दै आएको छ। मंसिर १५ गते बसेको केन्द्रीय कार्यसमिति बैठकले पुस २६–२८ गतेका लागि १५ औँ महाधिवेशनको मिति तोकेपछि केही समय विवाद शान्त भएको देखिएको थियो।

May be an image of one or more people

उक्त मिति केवल ’देखाउनका लागि’ मात्र भएको आरोप इतर पक्षले लगाउँदै आएको थियो । पछिल्लो पटक पुस १८ गते बसेको कार्यसम्पादन समितिको बैठकले पुसको कार्यतालिकालाई पर सारेर आगामी वैशाख अन्तिम साता महाधिवेशन गर्ने निर्णय गरेपछि संस्थापन इतर समूह रुष्ट बनेको छ।

May be an image of one or more people, crowd and text

कार्यतालिका पटक–पटक सर्दा पार्टीको वैधानिकतामाथि नै प्रश्न उठ्न सक्ने र नेतृत्वले समय लम्ब्याउन खोजेको भन्दै विशेष महाधिवेशन पक्षधरहरूले आफ्नो तयारीलाई तीव्र पारेका हुन्। विशेष महाधिवेशन पक्षधरहरूले आफ्नो तयारीलाई संगठित बनाउन विभिन्न उप–समितिहरू गठन गरिसकेका छन् ।

उनीहरूले देशभरका ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूलाई आगामी पुस २६ गतेभित्र काठमाडौं आइपुग्न कडा निर्देशन दिएका छन्। सानेपाको मंगलबारको घटनाले दुई पक्षबीचको सम्बन्ध थप तितो बनाइदिएको छ ।

Tags: #गगन–विश्वप्रकाश#नेता–कार्यकर्ता#कांग्रेस केन्द्रीय कार्यालय#प्रहरी परिचालन

लोकप्रीय

रवि–बालेनमाथि फेरि खनिए ओली,२० वर्ष चुनाव नजित्ने

रवि–बालेनमाथि फेरि खनिए ओली,२० वर्ष चुनाव नजित्ने

बुधबार पुस २३ , २०८२
कांग्रेसमा महाधिवेशनको जात्रा, विशेष महाधिवेशन आह्वान

कांग्रेसमा महाधिवेशनको जात्रा, विशेष महाधिवेशन आह्वान

बुधबार पुस २३ , २०८२
मादुरोलाई अदालतमा उपस्थित गराईदै, अदालतमा आज के हुनेछ ?

ट्रम्पले मादुरोलाई पक्रेपछि अटलांटिक सागरमा उत्रियो पुटिनको युद्धपोत

बुधबार पुस २३ , २०८२

विचार

थप समाचार

विराटनगरका मधुकर आचार्य फिफाको सहायक रेफ्रीमा छनोट
समाचार

विराटनगरका मधुकर आचार्य फिफाको सहायक रेफ्रीमा छनोट

बुधबार पुस २३ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: मादुरोकी पत्नीको करङ भाँचियो, फिलिपिन्समा ६.७ रेक्टरको भूकम्प || Nepal Times

World News: मादुरोकी पत्नीको करङ भाँचियो, फिलिपिन्समा ६.७ रेक्टरको भूकम्प || Nepal Times

00:25:47

World News: क्युबाली राष्ट्रपति सडकमा, साउदीले ८० पृथकतावादीमालाई मा*र्यो || Nepal Times

00:22:58

World News : भेनेजुएलामा ट्रम्पको शासन,किमद्वारा क्षेप्यास्त्र प्रहार, राष्ट्रसंघको बैठक सोमबार

00:26:22

World News: पाक सभामुखसंग जयशंकरको भेट, इरानमा विरोध चर्कियोः ७ प्रदर्शनकारीको मृ*त्यु ||Nepal Times

00:20:20

World News: नेपालीसहित हजारौँ आप्रवासी निकाल्ने ट्रम्पको निर्णयमा अदालतको रोक || Nepal Times

00:18:26

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

नेतान्याहु वाशिंगटन पुग्दा तेहरान युद्धको तयारीमा

अब पालो खामेनीको, मस्को भाग्ने तयारी

सोमवार पुस २१ , २०८२
खुट्टामा साङ्ला बाँधेर मादुरोलाई अदालत लगियो,भने म सभ्य ब्यक्ति हुँ

खुट्टामा साङ्ला बाँधेर मादुरोलाई अदालत लगियो,भने म सभ्य ब्यक्ति हुँ

मङ्लबार पुस २२ , २०८२
मादुरोलाई अदालतमा उपस्थित गराईदै, अदालतमा आज के हुनेछ ?

भेनेजुएला प्रकरणबाट ट्रम्पले चीनलाई थर्काए,मादुरोलाई उठाउनु नजिर

मङ्लबार पुस २२ , २०८२

हालका पोस्टहरू

रवि–बालेनमाथि फेरि खनिए ओली,२० वर्ष चुनाव नजित्ने

रवि–बालेनमाथि फेरि खनिए ओली,२० वर्ष चुनाव नजित्ने

बुधबार पुस २३ , २०८२
कांग्रेसमा महाधिवेशनको जात्रा, विशेष महाधिवेशन आह्वान

कांग्रेसमा महाधिवेशनको जात्रा, विशेष महाधिवेशन आह्वान

बुधबार पुस २३ , २०८२
मादुरोलाई अदालतमा उपस्थित गराईदै, अदालतमा आज के हुनेछ ?

ट्रम्पले मादुरोलाई पक्रेपछि अटलांटिक सागरमा उत्रियो पुटिनको युद्धपोत

बुधबार पुस २३ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
९८६२२१३०५७
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.