×

NEPAL TIMES UPDATES

Playing
Top 15 Afternoon News || April-05-2026 || Nepal Times
Apr 05, 2026
Playing
Iran मा हराइरहेका अमेरिकी सैनिकको उद्धार, अमेरिकी विमान खसा लेको Iranको दाबी || Nepal Times
Apr 05, 2026
Playing
गृहमन्त्रीले भने, ३६ वर्षदेखि ’हतकडी’ सुरक्षाकर्मीलाई लगाइएको रहेछ || NepalTimes
Apr 05, 2026
Playing
Trumpका लागि दीर्घ रोग बन्यो इ*रानयु*द्ध,४८ घण्टा निर्णायक|| Nepal Times
Apr 05, 2026
Playing
गुण्डा*गर्दी र या*त्रुलाई दुःख दिने बि*चौलियाको देशभर भागाभाग#NEPAL #POLICE|| Nepal Times
Apr 05, 2026
Playing
Watch Top15 News Of The Day in 5 Minutes || Nepal Times
Apr 04, 2026
Playing
रास्वपा र राप्रपाबीच केमा सहमति हुन लागेको हो ? || Nepal Times
Apr 04, 2026
Playing
ट्राफिक लाइट पा ल ना नगर्ने लाई कारबा ही, मापसे गरेर गाडी चला उने ९ चालक प क्राउ|| Nepal Times
Apr 04, 2026
Playing
बालेन सरकारले ठुला माछा समाउन किन गर्यो ढिलो ? #nepal #scandal || Nepal Times
Apr 04, 2026
Playing
अमेरिकामा २४ घण्टामा सेना प्रमुख र महान्यायाधिवक्ता बर्खास्त || Nepal Times
Apr 04, 2026

ट्रम्पका लागि दीर्घ रोग बन्यो इरानयुद्ध,४८ घण्टा निर्णायक

२२ चैत्र २०८२

२२ चैत , काठमाण्डौ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका लागि इरानयुद्ध दीर्घ रोग जत्तिकै बनेको छ । भीषण आक्रमण, चेतावनी र वार्ताको पहल गर्दा पनि इरानले घुँडा नटेकेपछि ट्रम्पको बेचैनी बढेको छ । उनले देशभित्रै ब्यापक आलोचना खेप्नु परेको छ भने सैन्य नेतृत्वमा नै ब्यापक हेरफेर गर्नुपरेको छ ।

Advertisement

दैनिक करोडौं डलरको खर्च र विश्वभर भयावह बनेको इन्धन अभावले उनीमाथि थप दबाब बढ्दै गएको छ। पछिल्लो समय विश्व व्यापारका लागि महत्वपूर्ण जलमार्ग ‘स्ट्रेट अफ हर्मुज’ खोल्ने सम्झौता गर्न उनले ४८ घण्टा मात्र बाँकी रहेको चेतावनी दिएका छन् ।

ट्रम्पले आफ्नै स्वामित्वको सामाजिक सञ्जाल ‘ट्रुथ सोसल नेटवर्क’मा लेखेका छन्, ‘स्मरण गरियोस् । मैले इरानलाई सम्झौता गर्न वा हर्मुज स्ट्रेट खोल्न दस दिनको समय दिएको थिएँ ।समय बित्दै गइरहेको छ । दुश्चक्रले उनीहरूमाथि शासन गर्न अब केबल ४८ घण्टा मात्र बाँकी छ।’

राष्ट्रपति ट्रम्पले चेतावनीको सुरुमा अर्थात् मार्च २१ मा यदि इरानले ४८ घण्टाभित्र बिना कुनै खतरा महत्वपूर्ण जलमार्ग ‘हर्मुज घाँटी’ पूर्ण रूपमा खुला गरेन भने इरानको सबैभन्दा ठूलो ऊर्जा प्लान्टलाई ‘नष्ट गर्ने’ चेतावनी दिएका थिए । दुई दिनपछि उनले इरानी अधिकारीहरूसँग ‘धेरै राम्रो र फलदायी कुराकानी’ भइरहेको र पावर प्लान्टहरूमा कुनै पनि आक्रमण आगामी पाँच दिनका लागि स्थगित गरेको बताएका थिए ।

उनले फेरि म्याद थप्दै यसलाई १० दिन बनाएका थिए । उक्त १९ दिनको समयसिमा अमेरिकी समयअनुसार सोमबार बेलुका ८ः०० बजे समाप्त हुनेछ । नागरिक ऊर्जा पूर्वाधारमा आक्रमण युद्ध अपराध हुन सक्ने विज्ञहरूले बताएका छन्। उता इरानले अमेरिकाको प्रस्तावित ४८ घण्टे युद्धविराम अस्वीकार गरेको सरकारी समाचार एजेन्सी फर्सले जनाएको छ ।

फर्सका अनुसार, अमेरिकाको यो प्रस्ताव इरानलाई बिहीबार एक ‘मैत्रीपूर्ण’ देश मार्फत पठाइएको थियो ।स्रोतका अनुसार, वाशिङटनले युद्धविराम सुनिश्चित गर्न कूटनीतिक प्रयास तीव्र बनाएको छ । यो कदम विशेष गरी कुवेतको बुबियान टापुमा इरानले लक्षित गरेको अमेरिकी सैन्य गोदाममा आक्रमण गरेको घटनापछि आएको हो ।

उक्त घटनाले अमेरिकाको सैन्य गतिविधिमा चुनौती सिर्जना गरेको थियो । फर्सले मूल्यांकन अनुसार, प्रस्ताव अमेरिकी–इजरायली आक्रमण र क्षेत्रीय संकटको तीव्रतासँग सम्बन्धित थियो । अमेरिकाले इरानको सैन्य क्षमताको गलत अनुमान गर्दा अमेरिकी सेनाका लागि गम्भीर समस्याहरू सिर्जना भएका थिए ।

इरानले यस प्रस्तावको लिखित जवाफ दिएको छैन । तर युद्धभूमिमा आक्रमण निरन्तर जारी राखेर आफ्नो अस्वीकृति स्पष्ट पारेको छ । यसले इरानको सशक्त र निर्णायक सैन्य प्रतिक्रिया देखाउँछ । अर्काेतर्फ अन्तर्राष्ट्रिय आणविक ऊर्जा निकाय (आईएईए)ले बुशेहर परमाणु ऊर्जा केन्द्रमा भएका हमलाबारे आफूलाई जानकारी दिइएको भन्दै गम्भीर चिन्ता प्रकट गरेको छ ।

परमाणु मामिलाको अन्तर्राष्ट्रिय निगरानी निकायले आक्रमणपछि पनि अहिले रेडियोविकिरणको स्तर बढेको नदेखिएको जनाएको छ । आईएईएले परमाणु ऊर्जा केन्द्र र छेउछाउका भूभागमा कदापि आक्रमण गर्न नहुने भन्दै उसले परमाणु दुर्घटना हुन नदिन अधिकतम सैन्य सावधानी अपनाउन आह्वान गरेको छ ।

यसैबीच, इरानको बुशेहर परमाणु ऊर्जा केन्द्र नजिकै भएका भनिएका हमलाहरूबारे प्रतिक्रिया दिँदै इरानका विदेशमन्त्री अब्बास अराघचीले रेडियोविकिरण चुहिए खाडी क्षेत्रभर संक्रमणको जोखिम हुने चेतावनी दिएका छन् । उनले सामाजिक सञ्जाल एक्समा लेखेका छन्, ’युक्रेनको जापोरिज्जिया परमाणु ऊर्जा केन्द्रनजिक आक्रमण हुँदा पश्चिमा जगतले प्रकट गरेको आक्रोश सम्झनु हुन्छ ? इजरायल–अमेरिकाले हाम्रो बुशेहर केन्द्रमा चौथो पटक बमबारी गरेका छन्। त्यहाँबाट रेडियोविकिरण चुहावट भयो भने यसले तेहरानमा नभई खाडी समन्वय परिषद् (जीसीसी) सदस्य राष्ट्रका राजधानीहरूमा बढी मानवीय जीवनमा जोखिम निम्तिने छ ।’

जीसीसी समूहमा बहराइन, कुवेत, ओमान, कतार, साउदी अरब र संयुक्त अरब इमिरेट्स (यूएइ) पर्छन् । अमेरिका र इजरायलले सो आक्रमणमा उनीहरूको संलग्नताबारे अझै पुष्टि गरेका छैनन् । इरानसँगको तनाव सुरु भएको एक महिनापछि डोनाल्ड ट्रम्पले अप्रिल २ मा अमेरिकी जनतालाई सम्बोधन गर्दै १९ मिनेट लामो भाषण दिएका थिए ।

त्यतिबेला उनले आफ्नो सम्बोधनमा अमेरिकाले इरानको हवाई शक्ति पूर्ण रूपमा ध्वस्त पारेको र इरानसँग जवाफ दिने क्षमता नरहेको दाबी गरेका थिए । ट्रम्पले अमेरिकाले इरानको आकाशमा पूर्ण नियन्त्रण स्थापित गरिसकेको र आफ्ना लडाकु विमानहरू तेहरानमाथि उडिरहेको बताएका थिए। तर पछिल्ला घटनाक्रमले फरक अवस्था देखाएका छन् ।

पछिल्लो २४ घण्टामा अमेरिकाका दुई सैन्य विमान र उद्धार कार्यमा संलग्न दुई ब्ल्याकहक हेलिकोप्टर इरानी आक्रमणको निशाना बनेका छन्। समाचार एजेन्सी एपीका अनुसार पछिल्लो २३ वर्षमा पहिलो पटक अमेरिकी लडाकु विमान शत्रुको आक्रमणबाट खसालिएका हुन्। यसअघि सन् २००३ मा इराक युद्धका क्रममा यस्तो घटना भएको थियो।

इरानसँगको संघर्षमा हालसम्म ७ अमेरिकी विमान नष्ट भइसकेका छन्। पछिल्लो २४ घण्टामै २ अमेरिकी जेट खसालिएका छन् भने २ वटा उद्धार हेलिकोप्टरमाथि आक्रमण भएको छ। इरानी सञ्चारमाध्यमका अनुसार सबैभन्दा पहिले अमेरिकी एफ–१५ ई स्ट्राइक ईगल लडाकु विमान खसालिएको थियो।

उक्त विमान इरानको दक्षिण–पश्चिम क्षेत्रमा उडिरहेको अवस्थामा खसालिएको बताइएको छ । त्यसपछि सो विमानका चालक दललाई उद्धार गर्न पुगेको ए–१० थन्डरबोल्ट२ मा पनि आक्रमण गरिएको थियो। आक्रमणपछि उक्त विमान कुवेतको हवाई क्षेत्रमा पुगेको र चालकले सुरक्षित रूपमा बाहिर निस्कन सफल भएको जनाइएको छ।

यद्यपि विमान भने कुवेतमा दुर्घटनाग्रस्त भएको थियो । सीबीएस न्यूजका अनुसार एफ–१५इमा रहेका दुईमध्ये एक चालक दल सदस्यलाई सुरक्षित उद्धार गरिएको छ भने अर्को अझै बेपत्ता छन् । इरानी सरकारी सञ्चारमाध्यमले भने प्यारासुटमार्फत बाहिरिएका ती सदस्य इरानको दक्षिणी क्षेत्रमा अवतरण गरेको हुन सक्ने बताएका छन्।

यसैबीच एफ–१५इ को उद्धारका लागि पठाइएका दुई ब्ल्याकहक हेलिकोप्टरमाथि पनि आक्रमण भएको छ। तर ती हेलिकोप्टरमा रहेका सबै अमेरिकी सैनिक भने सुरक्षित रहेको जनाइएको छ। यता युद्धमा पिसिएको बहराइनले इरान युद्ध सुरु भएदेखि अहिलेसम्म रोकिएका हवाई आक्रमणको तथ्यांक जारी गरेको छ।

शनिबार बहराइनले सामाजिक सञ्जालमा पोस्ट विज्ञप्तिअनुसार अहिलेसम्म इरानबाट प्रहार गरिएका ४५३ ड्रोन र १८८ वटा मिसाइल खसालेर नष्ट गरिएका हुन्। यस्तै यूएईको रक्षा मन्त्रालयले पनि शनिबार हालसम्म २३ वटा ब्यालिस्टिक मिसाइल र ५६ वटा ड्रोन रोकिएको जानकारी गराएको छ।

मन्त्रालयका अनुसार युद्ध सुरु भएयता कुल ४९८ वटा ब्यालिस्टिक मिसाइल, २३ वटा क्रुज मिसाइल र २,१४१ ड्रोन रोकिएको छ। अधिकारीहरूले भनेका छन्, ‘द्वन्द्वमा यूएई सशस्त्र सेनाका दुई सदस्य, एक ठेकेदार र अन्य १० जना मारिएका छन् भने २१७ जना घाइते भएका छन्।’

गत फेब्रुअरी २८ मा अमेरिका र इजरायलले इरानमा संयुक्त हवाई हमला गरेपछि सुरु भएको युद्ध अझै जारी छ। बदलामा इरानले इजरायलका साथै अमेरिकी आधार÷अड्डा रहेका खाडीका देशहरूमा पनि आक्रमण गर्दा द्वन्द्व मध्यपूर्वभरि फैलिएको छ।

यसैबिच इरानसँग युद्ध सुरु गरेयता अहिलेसम्म अमेरिकी सेनाका १३ जना मारिएको र ३६५ सैन्य कर्मचारी घाइते भएको तथ्यांक अमेरिकाले सार्वजनिक गरेको छ। यस्तै जारी युद्धमा अहिलेसम्म विभिन्न देशमा गरी मारिएकाको संख्या भने ५ हजार नाघिसकेको छ।

फेब्रुअरी २८ मा इजरायल र अमेरिकाले संयुक्त रूपमा तेहरान र अन्य प्रमुख इरानी शहरहरूमा आक्रमण गरेका थिए । यस आक्रमणमा तत्कालीन इरानी सर्वोच्च नेता अली खामेनेईसहित वरिष्ठ सैन्य कमाण्डर र केही नागरिकको मृत्यु भएको थियो ।

त्यसपछि इरानले इजरायल र मध्यपूर्वमा अमेरिकी सम्पत्तिलाई लक्षित गर्दै मिसाइल तथा ड्रोन आक्रमणको लहर सुरु गरेको थियो । यो घटनाक्रमले इरान–अमेरिका–इजरायल बीचको द्वन्द्वलाई अझ गहिरो बनाएको छ र मध्यपूर्वमा तनाव निरन्तर बढिरहेको छ ।

Advertisement

भर्खरको समाचार

बालेन सरकारको देशभर प्रहरी ‘अप्रेसन’,काठमाडौँमा मात्रै १५० जना पक्राउ

arrest-2-14

नुवाकोट सिन्दूरले रंगियो

35731bbf-67f8-400c-b92a-8544badaba93

यूएईमा ड्रोन आक्रमणः सात नेपाली घाइते, एकको अवस्था गम्भीर

UAE_2

कलाकार सागर लम्साल ‘बले’ पक्राउ

sagar-lamsal_IDZaoJpnLD

पश्चिमी वायुको प्रभाव देशका विभिन्न स्थानमा वर्षा, हिमपात र हावाहुरीको सम्भावना

mausam_badali

सम्पत्ति शुद्धीकरणमा एक पछि अर्को ठुलो माछा जालमा पर्दै

Shankar-Agrawal

राष्ट्रिय सभामा शुन्य हुँदा रास्वपाले कसरी काम गर्न सक्छ ?

9e6006d1-580a-415c-801d-9a03b5128bb8

मजदुरी गर्न काठमाडौं छिरेका डीपीको सभामुखसम्मको यात्रा

ed7235c5-90ef-468b-af6c-235523f8458b

सपनाले जिम्मेवारी लिनासाथ सर्वाेच्चमा ऐतिहासिक घोषणा

af82af17-b06c-485f-b24b-3c8aa65ce714

ओली र लेखकको बयान सकियो, बयानमा के भने ?

oli lekhak

सम्बन्धित खबरहरु

Scroll to Top