×

NEPAL TIMES UPDATES

Playing
किमको जीवनसँग जोडियो परमाणु हमला, हत्या भए सिधै आक्रमण|| Nepal Times
May 10, 2026
Playing
बालेन सरकारले कस्तो ल्याउँदैछ बजेट ? अर्थमन्त्रीले दिए यस्तो आश्वासन || Nepal Times
May 10, 2026
Playing
प्रचण्ड आत्तिए ,नेपालमा कम्युनिस्ट नै सखाप हुने डर|| Nepal Times
May 10, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-27-2083 || Nepal Times
May 10, 2026
Playing
बिक्रम पाण्डेसहित २२ जनाविरुद्ध मुद्दा दायर, बयानमा के छ ?|| Nepal Times
May 10, 2026
Playing
लोकतन्त्र धारणा सूचकांकमा खस्कियो अमेरिका, उक्लियो चीन|| Nepal Times
May 10, 2026
Playing
सगरमाथा आधार शिविरमा अनाधिकृत गतिविधि|| Nepal Times
May 10, 2026
Playing
जोगबनी नाका पार गर्न किन अनिवार्य भयो परिचयपत्र ?|| Nepal Times
May 10, 2026
Playing
कतार नजिक मालवाहक जहाजमा प्रोजेक्टाइल हम*ला, उर्जा संकट थप बढ्ने || Nepal Times
May 10, 2026
Playing
बालेनसँगको सम्बन्धदेखि सुकुम्बासीका प्रश्नसम्म रविले दिए सबैको जवाफ|| Nepal Times
May 10, 2026

ट्रम्पको डिनर पार्टीमा चलेको गोलीको सम्बन्ध इरानसँग !

२४ बैशाख २०८३

२४ वैशाख , काठमाण्डौ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको डिनर पार्टीमा भएको गोलाबारीको सम्बन्ध इरान युद्धसँग जोडिएको हुन सक्ने बताइएको छ । अमेरिकी गृह सुरक्षा विभागले यस हमला पछाडिको सम्भावित मनसाय पहिचान गरेको छ । विभागको मूल्यांकनअनुसार, आक्रमणकारीले इरानसँगको अमेरिका–इजरायल युद्धबाट प्रेरित भएर ट्रम्प र उनको प्रशासनका वरिष्ठ अधिकारीहरूको हत्या गर्ने प्रयास गरेका थिए ।

Advertisement
Advertisement

देशभरका कानुन कार्यान्वयन निकायहरू र संघीय एजेन्सीहरूलाई पठाइएको गुप्तचर रिपोर्टबाट यो कुरा बाहिर आएको हो । गृह सुरक्षा विभागको खुफिया र विश्लेषण कार्यालयले अप्रिल २७ मा तयार पारेको प्रारम्भिक प्रतिवेदनमा ३१ वर्षीय कोल टमस एलेनका धेरै सामाजिक र राजनीतिक गुनासाहरू थिए ।

उनको सामाजिक सञ्जालका पोस्टहरूमा अमेरिकी सैन्य कारबाहीको कडा आलोचना गरिएको पाइएको छ । यसबाट उनी इरान–अमेरिका युद्धका कारण आक्रोशित भएर हमलामा उत्रिएको निष्कर्ष निकालिएको छ । यद्यपि, गृह सुरक्षा विभाग, न्याय विभाग र एफबीआईले यस रिपोर्टबारे आधिकारिक टिप्पणी गर्न अस्वीकार गरेका छन् ।

अप्रिल २५ मा ट्रम्पको वार्षिक ‘ह्वाइट हाउस करस्पोन्डेन्ट्स डिनर पार्टी’मा आक्रमणकारीले गोली चलाएको थियो । ट्रम्पसम्म पुग्नुअघि नै सुरक्षाकर्मीले उनलाई नियन्त्रणमा लिएका थिए । यस आक्रमणमा एकजना ‘सेक्रेट सर्भिस एजेन्ट’ घाइते भएका थिए । उक्त डिनर पार्टीमा करिब दुई हजार ५०० पाहुना उपस्थित थिए ।

गोलाबारी भएपछि त्यहाँ भागदौड र त्रास फैलिएको थियो । धेरै पाहुनाहरू टेबुलमुनि लुकेर ज्यान जोगाउन सफल भएका थिए । सुरक्षाकर्मीहरूले तुरुन्तै राष्ट्रपति ट्रम्प, प्रथम महिला मेलानिया, उपराष्ट्रपति जेडी भान्स र अन्य वरिष्ठ अधिकारीहरूलाई सुरक्षित स्थानमा पु¥याएका थिए । यसैबीच यता ट्रम्पले इरानसँग जारी युद्ध निकै छिट्टै समाप्त हुने दाबी गरेका छन् ।

जर्जियाको गभर्नर पदका लागि रिपब्लिकन उम्मेदवार बर्ट जोन्सको समर्थनमा आयोजित एक कार्यक्रममा बोल्दै ट्रम्पले अमेरिकाले इरानसँग स्ट्रेट अफ होर्मुज र इरानी आणविक कार्यक्रमको विषयमा सम्झौता गर्ने प्रयास गरिरहेको खुलासा गरेका हुन् ।

आफ्नो कदमको बचाउ गर्दै ट्रम्पले भने, ‘अहिले जे भइरहेको छ, त्यसलाई हेर्नुभयो भने हामीले निकै महत्त्वपूर्ण कारणका लागि यो कदम चालेका हौँ भन्ने बुझ्नुहुनेछ । हामी उनीहरूलाई कुनै पनि हालतमा आणविक हतियार बनाउन दिन सक्दैनौँ । अधिकांश मानिसहरूलाई थाहा छ कि हामीले सही गरिरहेका छौँ र यो युद्ध निकै चाँडै समाप्त हुनेछ।’

यता दुई देशबीच जारी तनाबका बिच मध्यस्थकर्ताको भूमिका खेलिरहेको पाकिस्तानमार्फत इरानले आज बिहीबार अमेरिकी प्रस्तावमाथि आफ्नो आधिकारिक जवाफ पठाउने तयारी गरेको छ। इरानको विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बकाईले अमेरिकाले पठाएको प्रस्तावमाथि आफ्नो राय पाकिस्तानी मध्यस्थकर्ताहरूलाई हस्तान्तरण गरिने जानकारी दिएका छन् ।

सञ्चारमाध्यमहरूका अनुसार अमेरिका र इरान दुवै पक्ष यतिबेला युद्ध अन्त्य गर्नका लागि एउटा सहमतिमा पुग्ने दिशामा अघि बढिरहेका छन्। यद्यपि, इरानले भने अहिले नै अमेरिकाको प्रस्ताव पूर्ण रूपमा स्वीकार गरिनसकेको र यसका विभिन्न बुँदाहरूमाथि आन्तरिक छलफल र विचार गरिरहेको जनाएको छ ।

दुई पक्ष सम्झौताको नजिक पुगेको रिपोर्टहरू सार्वजनिक भइरहेका बेला इरानले प्रस्ताव अझै विचाराधीन रहेको स्पष्ट पारेको हो । अमेरिकी सञ्चारमाध्यम एक्सिओसले ह्वाइट हाउसले इरानसँग १४ बुँदे समझदारी पत्रमा हस्ताक्षर गर्ने तयारी गरिरहेको दाबी गरेपछि यो विषय चर्चामा आएको छ ।

तर इरानी संसद्का एक वरिष्ठ सदस्यले यसलाई अमेरिकाको ‘इच्छाको सूची’ मात्र भन्दै खारेज गरिदिएका छन् भने विदेश मन्त्रालयका प्रवक्ताले तेहरानले अमेरिकी प्रस्तावबारे आफ्नो धारणा मध्यस्थकर्ता पाकिस्तानसँग साझा गर्ने बताएका हुन् । पाकिस्तानका विदेशमन्त्रीले आफ्नो देश यो युद्धविरामलाई स्थायी शान्तिमा परिणत गर्न प्रयासरत रहेको उल्लेख गरेका छन् ।

यसैबिच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विगत २४ घण्टामा इरानसँग निकै राम्रो कुराकानी भएको र सम्झौता हुनसक्ने सम्भावना बलियो रहेको दाबी गरेका छन् । सञ्चारमाध्यमका अनुसार अमेरिकी अधिकारीहरूले गोप्य राखेको उक्त एक पृष्ठको १४ बुँदे प्रस्तावले विस्तृत आणविक वार्ताका लागि एउटा ढाँचा तय गर्नेछ ।

यस प्रस्तावमा इरानी आणविक संवर्धनमा प्रतिबन्ध लगाउने, इरानमाथिका प्रतिबन्धहरू हटाउने र स्ट्रेट अफ होर्मुजमा स्वतन्त्र पारवहन पुनः सुरु गर्ने जस्ता बुँदाहरू समावेश छन् । तर यी सबै सर्तहरू अन्तिम सम्झौता भएपछि मात्र लागू हुने स्रोतहरूले बताएका छन् ।

समाचार एजेन्सी रोयटर्सले पनि यस प्रस्तावको पुष्टि गरे तापनि यसलाई आधिकारिक रूपमा सार्वजनिक गरिएको छैन । यता इरानी संसद्को राष्ट्रिय सुरक्षा तथा विदेश नीति आयोगका प्रवक्ता इब्राहिम रेजाईले भने सामाजिक सञ्जालमा अमेरिकाले हार्दै गरेको युद्धमा वार्ताबाट केही पनि हासिल गर्न नसक्ने टिप्पणी गरेका छन् ।

उनले इरानको औँला ट्रिगरमै रहेको र अमेरिकाले आत्मसमर्पण गरी आवश्यक सहुलियत नदिएमा कडा जवाफ फर्काइने चेतावनी दिएका छन् । ट्रम्पले पनि सम्झौता नभए फेरि आक्रमण सुरु गर्ने धम्की दिएका छन्। उनले इरान सम्झौतामा सहमत नभए ‘बमबारी सुरु हुनेछ र त्यो यसअघिको भन्दा धेरै उच्च स्तर र तीव्रताको हुनेछ’ भन्दै चेतावनी दिएका छन् ।

अमेरिकी विदेशमन्त्री मार्को रुवियोले अमेरिकी–इजरायली सैन्य अभियान ‘अपरेशन एपिक फ्युरी’ ले आफ्नो उद्देश्य पूरा गरेपछि अन्त्य भएको बताएका थिए । ट्रम्पले इरानले कहिल्यै आणविक हतियार नबनाउने कुरामा सहमति जनाएको दाबी गरे पनि तेहरानले यसको पुष्टि गरेको छैन ।

तेलको प्रवाह सहज बनाउन र विश्व अर्थतन्त्रलाई पुरानै लयमा फर्काउन भन्दै अमेरिकाले सञ्चालन गरेको ‘प्रोजेक्ट फ्रिडम’ लाई ट्रम्पले हालै स्थगित गरेका छन् । यस विषयमा इरानले औपचारिक प्रतिक्रिया नदिए पनि इरानी रेभुलुसनरी गाड्र्स (आईआरजीसी) ले आक्रमणको धम्की अन्त्य भएमा मात्र स्ट्रेट अफ होर्मुज खुल्ने संकेत गरेको छ ।

संसारको २० प्रतिशत तेल ढुवानी हुने यस जलमार्गमा फेब्रुअरीदेखि नै अवरोध सिर्जना भएको छ। अप्रिलको सुरुमा युद्धविराम भए पनि अझैसम्म जहाजहरूको सहज आवतजावत हुनसकेको छैन ।यसैबिच इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले इरान मामिलामा ट्रम्प र आफूबिच पूर्ण समन्वय रहेको बताएका छन् ।

उनले इरानबाट सबै संवर्धित आणविक सामग्री हटाउनु र उसको आणविक क्षमता नष्ट गर्नु नै आफूहरूको मुख्य उद्देश्य रहेको स्पष्ट पारेका छन् । यो भनाइ आइरहँदा इजरायलले अप्रिलको युद्धविरामपछि पहिलोपटक लेबनानको राजधानी बेरुतमा हवाई आक्रमण गरेको छ ।

Advertisement
Advertisement

नेतन्याहुले इजरायली सेनामाथि आक्रमण गर्ने हिजबुल्लाहका कमाण्डरलाई निसाना बनाइएको बताएका छन्। युद्धविरामका बावजुद इजरायल र हिजबुल्लाहबिच एकअर्कालाई उल्लंघनको आरोप लगाउँदै आक्रमणहरू जारी रहेका छन्।

भर्खरको समाचार

भुक्तानी विवादले रोकियो राष्ट्रिय सपना गौतमबुद्ध रंगशालाको काम

GautamBuddhacricketstadium_20211223141704 (1)

लिपुलेकबारे बालेन सरकारले अब भारतसँग वार्ता गर्ने

MixCollage-08-May-2026-03-47-PM-2837

नेपालको पासपोर्ट विश्वका सबैभन्दा कमजोर देशहरूको सूचीमा

Passports-1024x672

हर्कको राजनीतिःआफ्नै दलको उपसभामुखविरुद्ध खेद जनाए

Screenshot 2026-05-08 152545

युएईमा क्षेप्यास्त्र र ड्रोन खतरा, नागरिकलाई गराइयो अलर्ट

UAE-FLAG-ILOE-scheme-1

संघीयताको जननी मधेशमै संघीयता धरापमा, जनमतको फोहोरी खेल

ck-raut_nwdI37ZBNo

चीनका दुई पूर्वरक्षामन्त्रीलाई सुनाइयो मृत्युदण्ड

Screenshot 2026-05-08 144358

सूर्यमुखी तेल उत्पादक कम्पनीका सञ्चालक पक्राउ

Screenshot 2026-05-08 143549

स्ट्रेट अफ होर्मुजमा अमेरिका र इरानबीच भिषण भिडन्त

HORMUZ

प्रधानन्यायाधीश सिफारिसमा प्रश्न उठाउनेलाई बालेनले दिए जवाफ

manoj_sharma-750x375@2x

सम्बन्धित खबरहरु

Scroll to Top