×

NEPAL TIMES UPDATES

Playing
बिक्रम पाण्डेसहित २२ जनाविरुद्ध मुद्दा दायर, बयानमा के छ ?|| Nepal Times
May 10, 2026
Playing
लोकतन्त्र धारणा सूचकांकमा खस्कियो अमेरिका, उक्लियो चीन|| Nepal Times
May 10, 2026
Playing
सगरमाथा आधार शिविरमा अनाधिकृत गतिविधि|| Nepal Times
May 10, 2026
Playing
जोगबनी नाका पार गर्न किन अनिवार्य भयो परिचयपत्र ?|| Nepal Times
May 10, 2026
Playing
कतार नजिक मालवाहक जहाजमा प्रोजेक्टाइल हम*ला, उर्जा संकट थप बढ्ने || Nepal Times
May 10, 2026
Playing
बालेनसँगको सम्बन्धदेखि सुकुम्बासीका प्रश्नसम्म रविले दिए सबैको जवाफ|| Nepal Times
May 10, 2026
Playing
संसारका समुद्र फेरि उम्लिन थाले, नयाँ रेकर्डको खतरा || Nepal Times
May 10, 2026
Playing
क्यानलाई कारवाही गर्न राखेपलाई मन्त्रालयको पत्र, कहाँ भयो गल्ती ? || Nepal Times
May 10, 2026
Playing
World News:गो*लीका*ण्डले अमेरिकामा ४४ हजारबढीको मृ*त्यु, दिल्लीमा आ*तंक*बादी ह*म*लाको ध*म्की
May 10, 2026
Playing
हर्कको कन्फिडेन्स, कोशीको मुख्यमन्त्री अहिले नै भागबण्डा || Nepal Times
May 10, 2026

ओली थला पर्दा विष्णु र शंकरको मोर्चाबन्दी

२४ बैशाख २०८३

२४ वैशाख , काठमाण्डौ ।

२१ दिनको लामो उपचारपछि वैशाख ५ मा अस्पतालबाट डिस्चार्ज भएका एमाले अध्यक्ष केपी शर्मा ओली अझै पूर्ण रूपमा निको भइसकेका छैनन्। खासमा जेनजी आन्दोलनमा हेलचक्र्याई गरेको आरोपमा ज्यान मुद्दामा गत चैत १४ मा पक्राउ परेलगत्तै स्वास्थ्य समस्या देखिएपछि ओलीलाई त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा भर्ना गरिएको थियो।

Advertisement
Advertisement

अस्पतालमा रहँदा उनको पत्थरीसम्बन्धी शल्यक्रिया गरिएको थियो। त्यसपछि नियमित फलोअप अनि आराम गर्नको लागि उनलाई डिस्चार्ज गरियो। यस्तोमा ओली डिस्चार्ज भएको १५ दिन भइसकेको छ। तर पनि उनी हिजो एमाले सुदूरका नेताहरुसँग घरमै भएको भेट वाहेक सार्वजनिक रूपमा कहींकतै देखिएका छैनन्।

खासमा ओली सार्वजनिक रूपमा नदेखिनुको कारण स्वास्थ्य हो। केही दिनयता ओलीको शल्यक्रिया गरेको घाउमा संक्रमण बढेको छ। यसले बाह्य भेटघाट बन्द गरिएको छ। परिवारका सदस्यबाहेक पार्टीका नेता–कार्यकर्तालाई पनि भेट्न दिइएको छैन। मिडिया रिपोर्टहरूकाअनुसार घाउमा संक्रमण बढेपछि पत्नी राधिका शाक्यले भेटघाट बन्द गरिदिएकी छन्।

अध्यक्ष ओली नतंग्रिँदा एमालेकै स्वास्थ्य बिग्रिएजस्तो भएको छ। प्रतिनिधिसभा निर्वाचन सकिएको दुई महिना पूरा हुन लाग्दा पनि एमालेले चुनावको समीक्षा गरेको छैन। पार्टीको नियमित बैठक र छलफल ठप्पप्रायः छ। भलै, अध्यक्ष ओलीले सुदूरपश्चिम प्रदेशसभाका सदस्यहरूसँग एक अनौपचारिक छलफल चाहिं गरेका छन्।

भक्तपुरको गुण्डुस्थित ओलीको निवासमा झन्डै चार घण्टा छलफल भएको हो। अनौपचारिक छलफल भएकोले निर्णय केही नभएको बताउँदै फेरि बस्ने गरी छलफल सकिएको सुदूरपश्चिम प्रदेश संसदीय दलका उपनेता सन्तोष शर्मा थापाले बताए। दलका नेता राजेन्द्र रावलको कार्यशैली, पार्टीभित्रको अन्तरविरोध, प्रदेश सरकारको कार्यप्रगति, मन्त्रीको समीक्षा र अबको बजेटका प्राथमिकताका विषयमा छलफल भएको बताइन्छ।

एकातिर अध्यक्ष ओली पूर्ण रूपमा ठिक भइनसकेकाले बैठक बस्न ढिलाइ भइरहेको छ। सँगैमा उनी तत्काल पार्टीको नियमित काममा फर्किहाल्न सक्ने परिस्थिति छैन। ओलीका स्वकीय सचिव राजेश बज्राचार्यले ओलीको शल्यक्रिया गरेको घाउ पूणरुपमा निको नभएकाले बाक्लो राजनीतिक भेटघाट बन्द गरिएको बताए।

आफू पक्राउ परेपछि ओलीले कार्यवहाक अध्यक्षको जिम्मेवारी उपाध्यक्ष रामबहादुर थापा बादललाई दिएका थिए। बादलको अध्यक्षमा बसेको बैठकले संसदीय दलको नेता चयन गर्यो। दलको नेतामा थापा आफैँ निर्विरोध भएका थिए। उनले प्रमुख सचेतकमा ऐनबहादुर महर र सचेतकमा नीता घतानीलाई नियुक्त गरिसकेका छन्

हिरासतबाट रिहा हुनासाथ पार्टीको गतिविधिमा सक्रिय हुन चाहेका ओली लगत्तै अस्पताल भर्ना भए। शल्यक्रियापछि झन् पार्टीको नियमित काममा लाग्न पाएनन्। यस्तोमा ओली पूर्ण स्वास्थ्य हुन अझै केही दिन लाग्ने उनको सचिवालयले बतायो। ओलीका निजी चिकित्सक डा. दिव्या सिंहले पनि उनको समग्र स्वास्थ्य ठिकै भएको बताएकी छन् ।

यसबीचमा कार्यवहाक अध्यक्ष बादलको अध्यक्षतामा दुई पटक मात्र केन्द्रीय सचिवालय बैठक बसेको थियो। बादलको अध्यक्षतामा पार्टी संसदीय दल नेताको चयन गर्न र ओली पक्राउबारे आन्दोलनका कार्यक्रम घोषणा गर्न बैठक बस्यो। त्यसपछि एमालेका पदाधिकारी, केन्द्रीय कमिटीको बैठक बस्न सकेको छैन।

एमालेभित्र सचिवालय र केन्द्रीय कमिटी बोलाउन माग भएपनि ओलीको स्वास्थ्यको कारण देखाउँदै आह्वान गरिएको छैन। पुस पहिलो साता एमालेको ११औं महाधिवेशनपछि नेताहरु जिम्मेवारीविहीन छन्। त्यसैले अध्यक्षको स्वास्थ्यलाई देखाएर पार्टी ठप्प नबनाउन एमालेभित्र माग उठ्न थालेको छ।

नेताहरूले एमाले सामूहिक नेतृत्वमा विश्वास गर्ने पार्टी भएकाले अध्यक्ष एकजना बिरामी हुँदा सिंगो पार्टी बन्धक जस्तो बनाउन नहुने भन्न थालिसकेका छन्। सचिव भानुभक्त ढकालले अध्यक्ष ओली स्वस्थ भएपछि केन्द्रीय सचिवालयलगायत बैठक बसेर पार्टी कार्यक्रम तय गर्ने बताए।

‘अध्यक्षको स्वास्थ्यमा सुधार भइरहेको छ। पूर्ण निको भएपछि सचिवालय, केन्द्रीय कमिटीले कार्यक्रम तय गर्नेछ’ उनले भने। ओलीको स्वास्थ्यमा देखिएको समस्याले अहिले सबैभन्दा बढी पार्टीभित्र नेतृत्वको पुनर्गठन गर्न लाग्नेहरूलाई परेको देखिन्छ। त्यसमा पनि विशेष महाधिवेशन पक्षधरको मुद्दा त ओझेल नै परिसकेको छ।

त्यसो त ओलीको स्वास्थ्य मात्र हैन, राजनीति पनि उस्तै प्रतिकूल भइरहेको छ। अहिले एमाले कार्यकर्ता पंक्तिमा विशेष महाधिवेशनको माग भुसको आगो बनिरहेको देखिन्छ। बुद्धिजीवी परिषदका अध्यक्ष गजेन्द्र थपलिया, अनेरास्ववियुका उपमहासचिव कमल जोशी, राष्ट्रिय युवा संघका उपमहासचिव उपेन्द्र कार्की लगायतले विशेष महाधिवेशन माग गर्दै राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद सदस्यहरूको हस्ताक्षर गराइरहेका छन्।

एमाले विधानको धारा ७३ ले विशेष महधिवेशनको व्यवस्था गरेको छ। बहुमत प्रतिनिधि अथवा दुई तिहाइ जिल्ला कमिटीको माग भएमा केन्द्रीय कमिटीले ६ महिनाभित्र विशेष महाधिवेशन बोलाउनुपर्ने व्यवस्था उक्त धारामा उल्लेख छ। र, त्यस्तो विशेष महाधिवेशनले गरेको निर्णयले वैधानिकता पाउने व्यवस्था पनि एमाले विधानमा छ।

‘विशेष महाधिवेशन÷अधिवेशनले महाधिवेशन÷अधिवेशनका लागि यस निर्वाचनका विभिन्न धारामा तोकिएको सम्पूर्ण अधिकार र कर्तव्य पालना गर्न सक्नेछ,’ विधानको धारा ७३ (घ) मा लेखिएको छ। नेताहरूका अनुसार नेतृत्व पुनर्गठनका निम्ति जुटेका युवा नेताहरू पनि विशेष महाधिवेशनको मागमा हस्ताक्षर संकलन गर्न अब जुट्नेछन्।

’पूर्व केन्द्रीय सदस्य रमेश पौडेल भन्छन्, ‘चुनावी नतिजाको हारजित लोकतन्त्रमा नियमित प्रक्रिया हो। तर अहिले एमाले सामान्य हारजितको स्थितिमा छैन। एमालेप्रति नयाँ पुस्तामा घृणा देखिन्छ। त्यो घृणा बदल्न पनि पार्टी सच्चिनुपर्छ। सच्याउने अभियानमा युवाहरू जु्ट्छौं।’ विगतमा ओलीकै पक्षमा रहेका उपाध्यक्ष विष्णु पौडेल, पृथ्वीसुब्बा गुरूङ, महासचिव शंकर पोखरेल समेत अब अध्यक्ष ओलीबाट पार्टी आन्दोलन अघि बढ्न सक्दैन भन्ने निष्कर्षमा पुगिसकेका छन्।

उनीहरू ओलीको सम्मानजनक बहिर्गमनको पक्षमा छन्। त्यसको पर्दापछाडी पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी उभिएको बताइन्छ। फागुन २१ को चुनावमा शर्मनाक हार व्यहोर्नु परेपछिको धक्का, नेतृत्वको धूमिल छवि र बदलिँदै गरेको आन्तरिक शक्ति सन्तुलनले एमालेभित्र नेतृत्व हस्तान्तरण र पार्टी पुनर्गठन बहस निर्णायक मोडतिर पुग्न थालेको देखिन्छ।

अध्यक्ष ओलीनिकट मानिएका उपाध्यक्ष पौडेल र महासचिव पोखरेल नै ओलीको ‘सम्मानजनक बहिर्गमन’ हुनुपर्ने मागसहित सक्रिय भइरहेका देखिन्छन्। निर्वाचनमा अकल्पनीय पराजयको जिम्मेवारी लिँदै पद छोडेर पार्टीको समग्र पुनर्गठनका लागि ढोका खोल्न अध्यक्ष ओलीमाथि इतर समूहको दबाब छ।

नेताहरूका अनुसार अबको केन्द्रीय कमिटी बैठकमा पौडेल र पोखरेल नेतृत्व परिवर्तनको औपचारिक प्रस्ताव लैजाने तयारीमा छन्। पछिल्लो समय उपाध्यक्ष पौडेलले सार्वजनिक कार्यक्रम र सामाजिक सञ्जालमार्फत नेतृत्वको विकल्प खोज्नुपर्ने भनिरहेका देखिन्छन्।

‘पराजयको जिम्मेवारी नेतृत्व, कार्यशैली वा राष्ट्रिय–अन्तर्राष्ट्रिय परिस्थितिमध्ये कसमा छ भन्नेबारे व्यापक समीक्षा गरौँला। हाम्रा कमजोरीप्रति देशवासीसँग क्षमायाचना गर्दै आन्दोलनलाई पुनर्गठित गर्छौँ। बदलिँदो सन्दर्भअनुसार नीतिगत, व्यावहारिक र नेतृत्वगत सुधार अपरिहार्य छ,’ उनी भन्छन्।

अध्यक्ष ओलीले हिरासतबाटै निर्देशन दिएपछि चैत १९ को पहिलो संसदमा दलका नेता बादलले भाद्र २३ र २४ को जेनजी आन्दोलनदेखि रास्वपाको उभारसम्म नेपाली सेना, बारबरा फाउन्डेसन, शुशीला कार्कीको सरकार, कर्मचारीतन्त्र, अल्गोरिदमलगायतको भूमिका रहेको बताए।

त्यसपछि उपाध्यक्ष पौडेलकै अग्रसरतामा आकस्मिक सचिवालय बैठक बसेर उक्त अभिव्यक्ति सच्याइयो। जबकि बादलले एक कार्यक्रममा आफूले ओली पक्षले लेखेर दिएको भाषण जस्ताको त्यस्तै पढेको बताएका थिए। त्यही अभिब्यक्तिको सचिव महेश बस्नेतले प्रशंसा गरेका थिए ।

मिडिया रिपोर्टहरूका अनुसार पूर्वराष्ट्रपति भण्डारी र नेता ईश्वर पोखरेलनिकट समूहले पार्टी पुनर्गठनका लागि अध्यक्ष ओलीको सम्मानजनक बहिर्गमनलाई प्रमुख सर्त बनाएको छ। ओली स्वयंले पद छोडेर पुनर्गठनको प्रस्ताव अघि नबढाए पदाधिकारी र केन्द्रीय कमिटीको बहुमतबाट उनलाई हटाउने पहिलो रणनीति तयार गरिएको मिडिया रिपोर्टहरूको दाबी छ ।

३०० सदस्यीय केन्द्रीय कमिटीमा एक दर्जनभन्दा बढीको अनुपस्थिति रहेका कारण उपाध्यक्ष पौडेल र महासचिव पोखरेललाई साथ लिएर नयाँ ध्रुवीकरणमार्फत बहुमत जुटाउने प्रयास भइरहेको बताइन्छ। त्यसमा सफलता नपाए विशेष महाधिवेशनका लागि हस्ताक्षर अभियान चलाउने वैकल्पिक रणनीति पनि तयार गरिएको छ। तर, भण्डारी पक्ष हाल सार्वजनिक रूपमा आक्रामक देखिएको छैन।

एमालेमा युवा नेताहरूले पनि नीति र नेतृत्व पुनर्गठनको प्रस्ताव अगाडि बढाएर नेतृत्वसँग दबाब अभियान थालेका छन्। पार्टी पुनर्गठनको दबाब दिने उद्देश्यले शुरु भएको एक अभियानमा युवा नेताहरू झपट रावल, समिक बडाल, नरेश रोकाया, रमेश पौडेल, गजेन्द्र थपलिया, रोशन बस्नेत लगायत छन्।

यस्तोमा युवा नेतृ नविना लामा भन्छिन्, ‘निर्वाचन पछिको अवस्थालाई मूल्याकंन गर्दा अब पुनर्गठन विकल्प हो भन्नेमा हामी छौं। अरु युवाहरू पनि यही तरिकाले एमाले बन्दैन भन्नेमा सहमत हुनुहुन्छ।’ एमाले उपाध्यक्ष पौडेलले संयोजन गरिरहेको भनिएको एमाले पुनर्गठन अभियानलाई महासचिव पोखरेलले पनि साथ दिएको पार्टीपंक्ति बताउँछ।

Advertisement

भलै, उनीहरूले भने खुलेर अभिव्यक्ति दिएका छैनन्। युवा संघका पूर्व अध्यक्ष रमेश पौडेल भन्छन्, ‘नेतृत्व हस्तान्तरण, पुस्तान्तरण र रुपान्तरण नगर्ने हो भने गुमेको जनमत फर्काउन सकिने स्थिति छैन। तर पार्टीभित्र आवश्यक समीक्षा भएको देखिएको छैन, त्यसका निम्ति हाम्रो दबाव अभियान जारी रहन्छ।’

Advertisement

भर्खरको समाचार

भुक्तानी विवादले रोकियो राष्ट्रिय सपना गौतमबुद्ध रंगशालाको काम

GautamBuddhacricketstadium_20211223141704 (1)

लिपुलेकबारे बालेन सरकारले अब भारतसँग वार्ता गर्ने

MixCollage-08-May-2026-03-47-PM-2837

नेपालको पासपोर्ट विश्वका सबैभन्दा कमजोर देशहरूको सूचीमा

Passports-1024x672

हर्कको राजनीतिःआफ्नै दलको उपसभामुखविरुद्ध खेद जनाए

Screenshot 2026-05-08 152545

युएईमा क्षेप्यास्त्र र ड्रोन खतरा, नागरिकलाई गराइयो अलर्ट

UAE-FLAG-ILOE-scheme-1

संघीयताको जननी मधेशमै संघीयता धरापमा, जनमतको फोहोरी खेल

ck-raut_nwdI37ZBNo

चीनका दुई पूर्वरक्षामन्त्रीलाई सुनाइयो मृत्युदण्ड

Screenshot 2026-05-08 144358

सूर्यमुखी तेल उत्पादक कम्पनीका सञ्चालक पक्राउ

Screenshot 2026-05-08 143549

स्ट्रेट अफ होर्मुजमा अमेरिका र इरानबीच भिषण भिडन्त

HORMUZ

प्रधानन्यायाधीश सिफारिसमा प्रश्न उठाउनेलाई बालेनले दिए जवाफ

manoj_sharma-750x375@2x

सम्बन्धित खबरहरु

Scroll to Top