×

NEPAL TIMES UPDATES

Playing
ओली थला पर्दा विष्णु र शंकरको मोर्चाबन्दी|| Nepal Times
May 07, 2026
Playing
Top 15 Afternoon News || May-07-2026 || Nepal Times
May 07, 2026
Playing
बालेन सरकारका मन्त्रीहरू सिक्दै अगाडि बढ्दै|| Nepal Times
May 07, 2026
Playing
चुनावको नतिजापछि बंगालमा राजनीतिक हिंसा उग्र|| Nepal Times
May 07, 2026
Playing
यु द्ध छिट्टै सकिने Trumpको दाबी, अमेरिकी प्रस्तावलाई Iranले विचार गर्दै || Nepal Times
May 07, 2026
Playing
इरान–रुसलाई ड्रोनका पार्टपुर्जा दिदै चीन, अमेरिकी प्रतिबन्धले छोएन|| Nepal Times
May 07, 2026
Playing
मौसम विभागको पूर्वानुमान क्षमता विस्तार गर्ने विराजभक्तको प्रतिवद्धता|| Nepal Times
May 07, 2026
Playing
दोहोरो सेवासुविधामाथि सरकारको निगरानी, उच्च पदाधिकारीको सुविधा जाँच हुँदै|| Nepal Times
May 07, 2026
Playing
प्रिमियर कपका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीको घोषणा || Nepal Times
May 07, 2026
Playing
सुगौली सन्धिको धारा ५को रहस्य, जुन भारतले कहिल्यै भन्न चाहँदैन|| Nepal Times
May 07, 2026

नेपाली फिल्म क्षेत्रमा मौलाउँदैछ खतरनाक ट्रेन्ड

२४ बैशाख २०८३

२४ वैशाख , काठमाण्डौ ।

बुधबार फिल्म मालती मंगले’को प्रिमियर शो हेर्न पुगेका रास्वपा सभापति रवि लामिछाने भने, ’रामकृष्ण ढकाल एक घामले सुक्ने तलाउ होइनन्।’ सुन्दा सामान्य तारिफ सुनिएपनि यसको अर्थ चाहिं असामान्य छ। किनकी अहिले गायक रामकृष्ण ढकाल रविकै कारण चर्चामा छन्। ढकालले एक टेलिभिजन कार्यक्रममा रास्वपा सभापति रविसँगको सम्बन्धबारे दिएको एक अभिव्यक्तिले अहिले उनी विवादमा फसेका हुन्।

Advertisement
Advertisement

खासमा भाद्र २४ को जेनजी विध्वंशका बेला नक्खु कारागारबाट बाहिरिने क्रममा रविले चढेको गाडी रामकृष्ण स्वयम्ले चलाएका थिए। त्यो कुरा रामकृष्ण आफैंले खुलासा गरेका हुन्। उनले आफूहरू मिल्ने साथी रहेको सुनाउँदै त्यसबेला रवि चढेको गाडी आफूले नै हाँकेको बताएका थिए।

हुन त गायक रामकृष्ण ढकालको गाडीले रविलाई चढाएर लगेको व्यापक हल्ला त्यहीबेला चलेको थियो। तर ड्राइभरको कुरा बाहिर आएको थिएन। त्यतिबेला सार्वजनिक भिडियोहरूमा ड्राइभरको अनुहार देखाइएको थिएन। तर अहिले रामकृष्ण आफैले उक्त कुरा बाहिर ल्याए।

आफू भैँसीपाटीमा बस्ने भएकोले जेनजी आन्दोलनको क्रममा घुम्दै जाँदा जेल नजिक पुगेको र जेल बाहिर रेस्टुरेन्टमा रविले हात हल्लाएको अवस्थामा भेटेपछि उनलाई पु¥याउनका लागि आफूले जोखिम मोलेको उनले बताए।हो, त्यही कुराले यतिखेर रामकृष्ण ढकाल सामाजिक सञ्जाल प्रयोगकर्ताको निसानामा परेका छन्।

कतिसम्म भने, रामकृष्णले निर्माण गरेको डेब्यु फिल्म ‘मालती मंगले’ लाई बहिष्कार गर्ने अभियान नै चलाइएको छ। फिल्मको प्रोमोसनका लागि गरिएको भनिएको त्यो खुलासाले सकारात्मक चर्चा भन्दा बढी नकारात्मक विवाद निम्त्याएपछि रामकृष्ण थप तनावमा देखिन्छन्। यो फिल्म यही वैशाख २५ देखि रिलिज हुँदैछ।

जसको प्रिमियर शो हेर्न गएका रविले आफ्ना साथी रामकृष्णको बचाउ गरे । रविले भनेका छन्, ‘कसैलाई के भनेर रमाइलो लाग्छ, कसैलाई के भनेर रमाइलो लाग्छ। त्यसो भनेर रमाइलो मान्नेहरूलाई रमाइलो मान्न दिनुहोस्, केही फरक पर्दैन।’तर नेपाली चलचित्र क्षेत्रमा राजनीति दलमा झुकाव राख्नेहरुप्रति पछिल्लो समय अस्वीकार्यको गलत ट्रेन्ड सुरु भएको छ ।

त्यसको चर्चित उदाहरण हुन् कलाकार प्रकाश सपुत। एमाले अध्यक्ष केपी शर्माको ओलीको प्रशंसा गरेपछि उनीमाथि ठूलै साइबर आक्रमण भयो। सामाजिक सञ्जालमा उनलाई ‘एमालेको कार्यकर्ता’कै रुपमा बिम्बित गरियो। त्यतिसम्म कि प्रकाशको डेब्यु निर्देशकीय फिल्म ‘वसन्त’ बहिष्कार गरियो। फिल्मले बक्सअफिसमा पानी सम्म भन्न पाएन।

त्यसपछिको केही समय पनि प्रकाशको लागि उस्तै सकसपूर्ण रह्यो। ’फलाम छुँदा पनि हीरा’ बनाउनसक्ने क्षमता गायकको उपमा पाएका प्रकाशको तीन गीत ’बदला बारी लै–२’ ले दर्शकको उपेक्षा पायो। रामकृष्ण र रवि पुराना साथीहरू हुन्। रवि संचारकर्ममै हुँदाताका ‘सिधा कुरा जनता’ सँग टेलिभिजन कार्यक्रममा रविले रामकृष्ण सहकारी ठगीमा परेको परेको रिपोर्ट बजाएका थिए।

पछि रवि पत्रकार शालिकराम पुडासैनीको आत्महत्याको केसमा प्रहरीको हिरासतमा पुग्दा पनि रामकृष्ण भेट्न चितवन पुगे। त्यसबेला राकृष्णले भनेका थिए, ‘साथी समस्यामा छ। आत्मविश्वास बढाउन आएको हुँ।’ त्यसपछि पनि उनीहरू निरन्तर एकअर्काको पीरमर्कामा सँगै छन्।

लेखक घिमिरे युवराजले अहिलेको बहिष्कारको ट्रेन्डलाई विपक्षी खेमाको अस्त्र भनेका छन्। उनी भन्छन्, ‘अहिले जो–जो बहिष्कारको ट्रेन्डमा छन्, उनीहरू विपक्षी समूहको आक्रमणमा परेका हुन्। पछिल्लो समय यो चलन बढेको छ। सर्जकनिकट भएको विचार वा दल विपक्षी खेमाले बहिष्कार अभियान चलाएका हुन्।’

कलाकारले झुकाव राखेको पार्टीको विचार सिर्जनामा देखिनु गम्भीर विषय हुने उनको तर्क छ। ‘कुनै सर्जकले राजनीतिक झुकाव राख्दा फरक पर्दैन। तर, राजनीतिक झुकावकै कारण बहिष्कारमा पर्नु लोकतान्त्रिक चरित्र होइन। उसका सर्जनामा झुकाव रहेको दलको विचार बिम्बित हुन्छ भने बहस जरुरी छ ।आवद्धता वा निकटताले सिर्जना बहिष्कार लोकतान्त्रिक देशले कल्पना गर्दैन,’ उनले भने ।

सामाजिक संजालमा बहिष्कारको सिकार बनेका रामकृष्ण मात्र हैनन्, पछिल्लो समय निर्देशक निश्चल बस्नेत पनि यो सूचीमा छन्। प्रयोगकर्ताहरूले उनका फिल्म नहेर्न आह्वान गर्दै ‘बहिष्कार ट्रेन्ड’ चलाएका देखिन्छन्। बस्नेतमाथि विगतमा भएको ‘जेनजी विध्वंशका क्रममा संसद् भवन, सिंहदरबार र सर्वोच्च अदालतमा आगजनी भएको घटनासँग जोडिएको आरोप अहिले फेरि चर्चामा आएको हो।

खासमा यो घटना फिल्म ’लालीबजार’ सँग जोडिएको छ। उच्च अदालत पाटनले यो फिल्मको प्रदर्शन रोक्न दिएको आदेशमा असन्तुष्ट लालीबजार टिमको प्रदर्शनमा निश्चल बस्नेत सहभागी थिए। फिल्मको विभिन्न स्थानमा कुनै समुदाय लक्षित गरेर नकारात्मक भुमिकामा प्रयोग भएको, ’वादी’ शब्द साथै होच्याएर प्रयोग गरिएका ’राजा साहबको चढाउने प्रसाद’,’राजाको सामान’ लगायतका शब्दहरूमाथि अदालतले प्रश्न गरेको थियो ।

यही झोकमा निश्चल माइतीघरमा प्रदर्शन गर्न पुगे । अदालतको आदेशप्रति असन्तुष्टि राखेर उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ’एकतर्फी रूपमा मात्रै हेरेर यसरी नै रिलिजको मुखैमा मुद्दा पर्दै अदालतले निर्णय गर्दै जाने हो भने चलचित्रकर्मीको मनोबल त गिर्छ नै, एकचोटि हैन बारम्बार। अबदेखि फिल्म अदालतमा नै रजिस्टर गरौँ, त्यही सेन्सर गरौँ। खारेज गरौँ विकास बोर्ड, सेन्सर बोर्ड।

फिल्म ’लालीबजार’ मा उनकी श्रीमती स्वतस्तिमा खड्का मुख्य अभिनेत्री छिन् । अहिले उक्त फिल्मको प्रदर्शनलाई अदालतले बाटो खोलिदिएको छ। फिल्म वैशाख २५ बाट प्रदर्शन हुँदैछ। वादी समुदायले भने आफ्नो समुदायको छवी धुमिल बनाउने गरी प्रस्तुत गरिएको दाबी गर्दै कानुनी लडाइमा गएको थियो।

त्यसमा प्रारम्भमा अन्तरिम आदेश आएपछि कलाकारहरु अभिब्यक्ती स्वतन्त्रताको माग गर्दै माइतीघरमा प्रदर्शनमा उत्रिएका थिए। वादी समुदाय भने अहिले पनि यो फिल्मको विपक्षमा देखिएको छ। तर उनीहरूले व्यक्तिलक्षित बहिष्कार गरेका छैनन्। किनभने यसमा एमाले नेताहरू नै खुलेर आलोचना गरिरहेका देखिए।

एमालेका नेता सूर्य थापाले भदौ २३, २४ र फागुन २१ सम्मका घटनामा थुप्रै कलाकारहरू दुरुपयोग भएको भन्दै, त्यसको उचित हिसाबकिताब हुने बताए। तरपनि उनीहरूको फिल्म टिकट काटेरै हेर्ने थापाको भनाइ छ। उनले लेखेका छन्, ‘निश्चल बस्नेत, स्वस्तिमा खड्का,अर्जुन घिमिरेलगायत थुप्रै कलाकारहरू ‘भदौ २३, २४ र फागुन २१’ सम्मका घटना÷परिघटनामा जसरी दुरूपयोग भए, त्यसको उचित हिसाबकिताब समयक्रममा हुने नै छ। तर, तिनका चलचित्र बहिष्कार गरेर वा गर्न भनेर होइन, फुर्सद मिल्दा टिकट काटेर हेरी सहयोग गर्न चाहन्छु।’

गायिका ज्योति मगरले पनि सामाजिक सञ्जालमार्फत घुमाउरो पारामा विरोध जनाइन्। उत्पीडित र शोषित वर्गको कथा बेचेर कुप्रथालाई नै जीवन्त राख्न खोजिएको भन्दै उनले प्रश्न उठाइन्। उनले परिवर्तनको नाममा ’खराने ग्याङ’ सक्रिय रहेको टिप्पणी गरिन्।

उनी लेख्छिन्, ’जातीय भेदभावको अन्त्य खोज्ने, माफी माग्ने, कानुन पनि बन्ने तर उहीँ उत्पीडित र शोषित वर्गको कथा बेचेर हरेकको मानसपटलमा उहीँ कुप्रथा लाई बर्करार राख्नु कतिको उचित? परिवर्तनको लागि देशै जलाउने ‘खराने ग्याङ’का नाइकेहरूलाई प्रश्न?’

बालेनलाई काठमाडौं महानगरपालिकाको मेयर बनाउनेदेखि प्रधानमन्त्री बनाउनसम्म बस्नेत लागयताको टिम सक्रिय रहेको चर्चा बेलाबेला हुने गर्छ। उनीहरुले चुनावको बिचमा आएर दिमाग खराब फिल्म युट्युबमा रिलिज गरेका थिए। तर निर्देशक केपी पाठक अहिलेको बहिष्कार ट्रेण्डलाई अराजकतालाई प्रश्रय भएको बताउँछन्।

Advertisement

अहिलेका बहिष्कारको ट्रेन्ड जेनजी आन्दोलन र रास्वपासँगको निकटताको उपज रहेको उनको भनाई छ। उनी भन्छन्, ‘पहिला पनि कला क्षेत्रका व्यक्तिहरू परिवर्तनको पक्षमा, नयाँ विचारसँग उभिए। त्यसबेला बहिष्कारको कुरा भएन। अहिले किन हुनुप¥यो?’ आफ्नो विपक्षी दलको विचारसँग सहमत भएको वा निटक रहेको व्यक्तिको सिर्जना बहिष्कार गर्नुलाई चेतनाको अभाव रहेको उनको भनाई छ।

Advertisement

भर्खरको समाचार

क्यूआर सहितको १७ लाख स्मार्ट लाइसेन्स छपाइ

Security Printing Press_Driving Licence Printing_ (4).jpg

बालेन सरकार मन्त्रीहरू सिक्दै अगाडि बढ्दै

670200642_880540235011019_6960321166116653165_n

ओली थला पर्दा विष्णु र शंकरको मोर्चाबन्दी

kp-oli-sad

ट्रम्पको डिनर पार्टीमा चलेको गोलीको सम्बन्ध इरानसँग !

donald_trump

आज को बन्दैछ प्रधानन्यायाधीश ?को छ चर्चामा ?

sarbochha-balen1682077285

काठमाडौंमा वर्षा, हिमालदेखि तराईसम्म हावाहुरी, मेघगर्जनसहित वर्षा

mausam-2075-12-18-768x388

नेपाल लाइफको २५औं वार्षिकोत्सवमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

PHOTO-2026-05-06-16-50-22_1

चीन पुगेर अराघची भने, दबाबमा परेर अमेरिकासँग सम्झौता गर्दैनौँ

AA-20251130-39852458-39852446-HAKAN_FIDAN_ABBAS_ARAGHCHI_MEETING_IN_TEHRAN

बालेनको ‘मौन शासन’, कस्तो छ मौन नेताहरुको विश्व इतिहास ?

673552990_885176981214011_4752642812789267118_n

ओलीको ’चुच्चे नक्सा’ देखि बालेनको ’नोट’सम्मः सीमा रक्षाको संघर्ष

Kalapani-Lipulekha-Limpiyadhura

सम्बन्धित खबरहरु

Scroll to Top