NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
जेनजी आ न्दो ल न भ ड्का उन टिओबीको हात रहेको प्रहरीको प्रारम्भीक अनुसन्धान बिहिबार अशोज ३० , २०८२
नेकपा एमालेको बैठक आज बिहानै बाट सुरु बिहिबार अशोज ३० , २०८२
बढेर आएपनि पेट्रोलको भाउ घट्यो बिहिबार अशोज ३० , २०८२
आज ३ प्रदेशको पहाडमा वर्षा बिहिबार अशोज ३० , २०८२
विश्वकप छनोटको च्याम्पियन बन्न अब नेपाललाई कसैले रोक्न नसक्ने बिहिबार अशोज ३० , २०८२
Next
Prev

समाचार

गोरस – क्यान्सरलगायत १४८ प्रकारका रोगको औषधि

मङ्लबार कार्तिक २० , २०७५
Reading Time: 1 min read
A A
गोरस – क्यान्सरलगायत १४८ प्रकारका रोगको औषधि
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

काठमाडौँ,कात्तिक २०

स्थानीय गाईको गहुँतबाट १४८ प्रकारका रोग निको हुने वैज्ञानिक अनुसन्धानले प्रमाणित गरिसकेको छ । स्थानीय गाईको घ्यूले बढेको कोलेस्टेरोल (रगतमा हुने बोसो) ले सन्तुलन गराउनुका साथै मुटुरोगका लागिसमेत लाभदायक हुने तथ्य सार्वजनिक भएको छ ।

रुसी वैज्ञानिक शिरोबीचले मानिसमा हुने रेडियोधर्मी कणको प्रभाव नष्ट गर्ने क्षमता गाईको दूध, दही, घ्यू, गहुँत र गोबरमा हुने अनुसन्धानबाट पत्ता लगाएका छन् ।

LS Auto

सन् २०१२ मा अमेरिकन हर्ट एशोसिएशनले स्थानीय गाईको दही सेवन गर्नाले उच्च रक्तचाप ३१ प्रतिशतले न्यूनीकरण भएको एक शोधपत्रमा उल्लेख गरेको छ । इन्टरनेशनल कार्डियोलोजी भारतका अध्यक्ष डा.शान्तिलाल साहले पनि भैँसीको दूधमा लोङ्चन नामक चिल्लो पदार्थ बढी हुने र उक्त चिल्लो नसामा जम्ने भएकाले हृदयाघातको समस्या देखार्ने तथ्य सिद्ध गरेका छन् ।

‘गाईको दूध छातीका रोगीका लागि बरदान सावित भएको छ । गाईको गहुँतमा पनि अमेरिकाले अनुसन्धान गरी पाँच प्रकारका औषधिको ‘पेटेन्ट राइट’ लिएको र भारतले पनि गाईको गोबरमा अनुसन्धान गरी ४८ वटा औषधिका लागि ‘पेटेन्ट राइट’ लिएको गोब्रती योगी सोमराज बताउँछन् ।

गाईको घ्यूमा पनि उत्तिकै औषधीजन्य गुण छ । यस्तो घ्यूले हबन गर्दा ‘प्रोपिलिन अक्साइड’, ‘इथिलिन अक्साइड’, ‘फारमेलडी हाइड ग्यास’ निस्किन्छ । ‘प्रोपिलिन अक्साइड’ ले वर्षा गर्न सहयोग पु¥याउँछ । ‘इथिलिन अक्साइड’ र ‘फारमेलडी हाइड’ ग्यासले पर्यावरणमा नकारात्मक असर पुर्याउने जीवाणुलाई मारी शुद्धीकरण गर्ने भएकाले गाईको घ्यूको महत्व बढेको हो ।

राष्ट्रिय जनावर भएर पनि गाईको बिनासको क्रम बढेकाले अहिले नेपालमा वृहत् अभियान नै शुरु गरिएको छ । नागरिकस्तरबाट शुरु गरिएको यो अभियानमा दिन प्रतिदिन सहभागिता बढ्न थालेको छ ।

सरकारले जर्सी गाईलाई सहुलियत दिएर स्थानीय जातका गाईलाई बेवास्ता गरेको भन्दै अभियानकर्ता यसमा जुटेका हुन् । जर्सी गाईबाट आउने दूध, दही, घ्यू स्वास्थ्यका लागि राम्रो नभएको वैज्ञानिक अनुसन्धानबाट समेत प्रमाणित भइसकेको अभियानकर्ताले बताएका छन् ।

शास्त्रमा भनिएको छ, ‘शास्नादि मत्वंगोत्वं ककुद् वत्वं गोत्वं’ अर्थात् जसमा माला र जुरो हुन्छ त्यो नै गाई हो । स्थानीय गाई गोरुमा जुरो हुन्छ । स्थानीय गाई गोरु प्राकृतिक हुन् भने जर्सी गाई गोरु विकासे हुन् ।

स्थानीय गाई गोरुमा हुने जुरोले सूर्य र चन्द्रमाबाट आउने किरणलाई तान्छ । यो जुरोलाई सूर्यकेतु नाडी भनिन्छ । सूर्यकेतु नाडीले सूर्य र चन्द्रमाबाट लिएको किरण शक्तिका रुपमा गाईको दूध, गहुँत र गोबरमा प्रकट हुन्छ । यसरी प्रकट भएका शक्ति र ऊर्जाले नै मानिसलाई विभिन्न भिटामिनयुक्त तत्व प्रदान गर्ने भएकाले गाईको दूध, दही, घ्यू, गहुँत र गोबर पवित्र मानिएको स्थानीय गाईको अध्ययन अनुसन्धानमा लाग्नुभएका सोमराज बताउँछन् ।

स्थानीय गाईको दूधमा ‘ओमेगा ३’ नामक तत्व पाइन्छ । यसले स्मरण शक्ति बढाउने र ‘सेरी ब्रोसाइड’ नामक तत्वले कुनै पनि खालका क्यान्सर हुन दिँदैन । गाईको गहुँतमा ‘कक्र्युमिन’ नामक तत्व पाइन्छ जुन ‘एण्टी क्यान्सर ड्रग’ हो । यसले क्यान्सर रोग लाग्नबाट समेत बचाउँछ । गहुँतमा अन्य २४ तत्व पाइने र यसले मानव शरीरका सम्पूर्ण आवश्यक्ता पूर्ति गरी निरोगी बन्न सहयोग पुर्याउँछ ।

इटालीमा प्रा जि ई विङ्गेडले गाईको गोबरमाथि अनुसन्धान गरी क्षयरोग र मलेरियाका किटाणुलाई मार्ने क्षमता हुन्छ, भन्ने प्रमाणित गरेका छन् । नपुङ्सकता, चिडचिडापन, मधुमेह, उच्च रक्तचाप, बाथ, मिर्गौलाले काम नगर्नेजस्ता समस्या आधुनिक कृषि प्रणालीका उपज हुन् ।

गाईको गहुँत र गोबरबाट बनेको प्राङ्गारिक मल हाली गरिएको खेतीबाट यस्ता रोग नलाग्ने भएकाले पछिल्लो समय युरोप र अमेरिकालगायत अन्य शहरमा अग्र्यानिक खेती गर्ने क्रम बढ्न थालेको छ ।

वैदिक सनातन धर्मावलम्बीले किन गाईको पूजा गरेर गाईको गहुँत, गोबर र दूधलाई पवित्र मानेका रहेछन् भन्ने कुरा अहिले वैज्ञानिकले अनुसन्धान गर्न थालेको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्राडा रामचन्द्र गौतम बताउँछन् ।

‘हाम्रा ऋषिमुनिले अध्ययन अनुसन्धानबाट प्रमाणित गरेर नै यी कुरालाई पवित्र मानेका थिए यस विषयमा वैज्ञानिकले अहिलेमात्र अध्ययन तथा अनुसन्धान गर्दैछन्, यस्ता गुणले भरिएको गाई दान गर्नाले दान गर्ने मानिस पनि पवित्र हुने भएकाले हाम्रा धार्मिक कार्यक्रममा गोदान अर्थात् गाई दानको विधि रहेको हो’ उनी भन्छन् ।

यस किसिमको महत्व भएको राष्ट्रिय जनावर गाईलाई कसैले खान्छन् भनेकै तर्कका आधारमा राष्ट्रिय जनावरबाट हटाउन अनेक प्रयास हुँदै आएकाले यसविरुद्धको अभियानमा आफु पनि लागेको पूर्व सांसद शङ्कर पाण्डे बताउँछन् ।

‘के बाघ र डाँफे कसैले खाँदैनन् र ? अनि खागकै लागि कति गैँडाको हत्या गरिन्छ, के अब यी सब हुन दिइरहने ?’ –उनी जोड दिन्छन् ।

गोरखनाथ र पशुपतिनाथको देशमा गाई एउटा राष्ट्रिय धरोहरका रुपमा रहँदै आएको छ । धेरै गाई पालेकैले शिवजीलाई पशुका पति अर्थात् पशुपति भनिन्छ । यसैकारण शिवजीको बाहन नै साँढे अर्थात् गोरु रहन गएको र धेरै गाईको रक्षा गरेकाले गोरक्षनाथबाट अपभ्रंश भई गोरखनाथ हुन गाएको बताइन्छ

यही भूमिमा गाई गोठालाबाट द्रव्य शाह राष्ट्रनायक बने । धेरै गाई पाल्ने गोपालवंशी राजाहरुले समेत यही भूमिमा शासन चलाएका थिए । आधुनिक नेपालको गोरखा जिल्लाको नामाकरण पनि गोरखानाथ जन्मिएको र गाईको रक्षा गरेकैले हुन गएको र गोरक्षाबाट अपभ्रंश भई गोरखा शब्द बनेको हो ।

यसैले शास्त्रमा भनिएको छ –
‘यदा देवेषु वेदेषु गोषु विप्रेसु साधुषु ।
धर्म मयि च विद्वेष सवा आसु विनश्यति ।।’

अर्थात् जसले गाई, देवता, वेद, साधु र धर्ममा विद्वेष गर्छ त्यो यो देशमा टिक्दैन । पशुपतिनाथ र गोरखनाथको तपस्याको अगाडि कोही टिक्न सक्दैन ।

पञ्चगव्य उपचार पद्धति

स्थानीय गाईको पञ्चगव्य (दूध, दही, घिउ, गहुँत र गोबर) का माध्यमबाट हुने चिकित्साको तुलना विश्वका कुनै पनि चिकित्सा प्रणालीसित हुन नसक्ने वैज्ञानिक अध्ययन अनुसन्धानबाटै प्रमाणित भएको छ । यस चिकित्साले मधुमेह, उच्च रक्तचाप, बाथ, दम, युरिक एसिड, चर्म रोग र अर्थराइटिस जस्ता रोगमा समेत लाभ हुन्छ ।

‘मास्टर डिप्लोमा इन पञ्चगव्य थेरोपी’मा चेन्नई दक्षिण भारतबाट पञ्चगव्य चिकित्सा अध्ययन गर्नुभएका गोव्रती योगी यस्ता रोगमा पञ्चगव्य चिकित्सा बरदान सावित भएको बताउँछन् । यसैले देशभरका गौशालामा पञ्चगव्य चिकित्सा पद्धति पुनःस्थापना गर्न लागिएको उनको भनाइ छ ।

पञ्चगव्य चिकित्साको दक्षिण भारतको चेन्नईमा प्राज्ञिक अध्ययन अध्यापन हुने तर अन्यत्र भने प्रशिक्षण मात्र दिने गरिएको छ । नेपालमा अध्ययन अध्यापन त परै जावस् अहिलेसम्म प्रशिक्षण समेत भएको छैन । पञ्चगव्य चिकित्साको उपचार भने काठमाडौँस्थित नयाँसडकमा रहेको कल्याण आयुर्वेद केन्द्रमा शुरु भएको छ ।

भारतबाटै अध्ययन गरी आएकाले अहिले यस केन्द्रमा पञ्चगव्य चिकित्साबाट उपचार गरिरहेको केन्द्रका सञ्चालक महेश मोदी बताउँछन् ।

–पूर्णप्रसाद मिश्र/रासस

लोकप्रीय

जेनजी आ न्दो ल न  भ ड्का उन टिओबीको हात रहेको प्रहरीको प्रारम्भीक अनुसन्धान

जेनजी आ न्दो ल न भ ड्का उन टिओबीको हात रहेको प्रहरीको प्रारम्भीक अनुसन्धान

बिहिबार अशोज ३० , २०८२
पतनको बाटोमा ओली,प्रधानमन्त्री र गृहमन्त्रीलाई दिए धम्की, नेताले दिएनन् साथ

नेकपा एमालेको बैठक आज बिहानै बाट सुरु

बिहिबार अशोज ३० , २०८२
बढेर आएपनि पेट्रोलको भाउ घट्यो

बढेर आएपनि पेट्रोलको भाउ घट्यो

बिहिबार अशोज ३० , २०८२

विचार

जेनजी आ न्दो ल न  भ ड्का उन टिओबीको हात रहेको प्रहरीको प्रारम्भीक अनुसन्धान

जेनजी आ न्दो ल न भ ड्का उन टिओबीको हात रहेको प्रहरीको प्रारम्भीक अनुसन्धान

बिहिबार अशोज ३० , २०८२
पतनको बाटोमा ओली,प्रधानमन्त्री र गृहमन्त्रीलाई दिए धम्की, नेताले दिएनन् साथ

नेकपा एमालेको बैठक आज बिहानै बाट सुरु

बिहिबार अशोज ३० , २०८२
बढेर आएपनि पेट्रोलको भाउ घट्यो

बढेर आएपनि पेट्रोलको भाउ घट्यो

बिहिबार अशोज ३० , २०८२

थप समाचार

जेनजी आ न्दो ल न  भ ड्का उन टिओबीको हात रहेको प्रहरीको प्रारम्भीक अनुसन्धान
ताजा समाचार

जेनजी आ न्दो ल न भ ड्का उन टिओबीको हात रहेको प्रहरीको प्रारम्भीक अनुसन्धान

बिहिबार अशोज ३० , २०८२
पतनको बाटोमा ओली,प्रधानमन्त्री र गृहमन्त्रीलाई दिए धम्की, नेताले दिएनन् साथ
ताजा समाचार

नेकपा एमालेको बैठक आज बिहानै बाट सुरु

बिहिबार अशोज ३० , २०८२
बढेर आएपनि पेट्रोलको भाउ घट्यो
ताजा समाचार

बढेर आएपनि पेट्रोलको भाउ घट्यो

बिहिबार अशोज ३० , २०८२
देशभर छैन् कुनै पनि मौसम प्रणालीको प्र भाव
ताजा समाचार

आज ३ प्रदेशको पहाडमा वर्षा

बिहिबार अशोज ३० , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News:Iranमाथि प्रतिबन्ध रुसद्वारा अस्वीकार, आफ्नै फोटोमा भड्किए ट्रम्प|| Nepal Times

World News:Iranमाथि प्रतिबन्ध रुसद्वारा अस्वीकार, आफ्नै फोटोमा भड्किए ट्रम्प|| Nepal Times

00:19:54

स्टारशिपको ११औँ परीक्षण सफल, भारतमा गुगलको १५ अर्ब डलर लगानी|| Nepal Times

00:14:27

World News:फिलिपिनी जहाजमा चिनियाँ जहाजको ठक्कर, बग्राम एयरबेसको तनाव|| Nepal Times

00:12:46

World News:XIसंग भेट्न Trump अझै इच्छुक, पाकिस्तानका तीन पोस्टमा तालि बानको क ब्जा|| Nepal Times

00:17:13

World News: गाजामा उत्सव,विपिन बेखबर,चीनमा सामाजिक सञ्जालमा कडाइ || Nepal Times

00:19:45

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

जेन–जीसंग एमालेको पौंठेजोरी किन ?

ओलीलाई सुशीलाको काउन्टरः जेनजी आन्दोलन स्वीकार्नु अनि सुध्रिनु

शुक्रबार अशोज २४ , २०८२
जेनजीले राष्ट्रपतिसँग मागे सुरक्षा, बुझाए ८ बुँदे माग 

जेनजीले राष्ट्रपतिसँग मागे सुरक्षा, बुझाए ८ बुँदे माग 

शुक्रबार अशोज २४ , २०८२
४ जेनजी मन्त्री बन्दै, कसलाई कुन मन्त्रालय ?

४ जेनजी मन्त्री बन्दै, कसलाई कुन मन्त्रालय ?

शनिबार अशोज २५ , २०८२

हालका पोस्टहरू

जेनजी आ न्दो ल न  भ ड्का उन टिओबीको हात रहेको प्रहरीको प्रारम्भीक अनुसन्धान

जेनजी आ न्दो ल न भ ड्का उन टिओबीको हात रहेको प्रहरीको प्रारम्भीक अनुसन्धान

बिहिबार अशोज ३० , २०८२
पतनको बाटोमा ओली,प्रधानमन्त्री र गृहमन्त्रीलाई दिए धम्की, नेताले दिएनन् साथ

नेकपा एमालेको बैठक आज बिहानै बाट सुरु

बिहिबार अशोज ३० , २०८२
बढेर आएपनि पेट्रोलको भाउ घट्यो

बढेर आएपनि पेट्रोलको भाउ घट्यो

बिहिबार अशोज ३० , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.