×

NEPAL TIMES UPDATES

Playing
गृहमन्त्रीले भने, ३६ वर्षदेखि ’हतकडी’ सुरक्षाकर्मीलाई लगाइएको रहेछ || NepalTimes
Apr 05, 2026
Playing
Trumpका लागि दीर्घ रोग बन्यो इ*रानयु*द्ध,४८ घण्टा निर्णायक|| Nepal Times
Apr 05, 2026
Playing
गुण्डा*गर्दी र या*त्रुलाई दुःख दिने बि*चौलियाको देशभर भागाभाग#NEPAL #POLICE|| Nepal Times
Apr 05, 2026
Playing
Watch Top15 News Of The Day in 5 Minutes || Nepal Times
Apr 04, 2026
Playing
रास्वपा र राप्रपाबीच केमा सहमति हुन लागेको हो ? || Nepal Times
Apr 04, 2026
Playing
ट्राफिक लाइट पा ल ना नगर्ने लाई कारबा ही, मापसे गरेर गाडी चला उने ९ चालक प क्राउ|| Nepal Times
Apr 04, 2026
Playing
बालेन सरकारले ठुला माछा समाउन किन गर्यो ढिलो ? #nepal #scandal || Nepal Times
Apr 04, 2026
Playing
अमेरिकामा २४ घण्टामा सेना प्रमुख र महान्यायाधिवक्ता बर्खास्त || Nepal Times
Apr 04, 2026
Playing
World News : ठूलो हमलामा पनि इरानले हजारौँ ड्रोन जोगायो, अमेरिकी दुई फाइटर जेट इरानले खसायो
Apr 04, 2026
Playing
किन पक्रा उ परे शंकर अग्रवालका बाबुछोरा ? हाइप्रोफाइलको भागभाग#nepaltimes #trending #nepal
Apr 04, 2026

जाडोमा बाढिपीडितको जनजिवन थप कष्टकर बन्दै

ईटहरी, पुष १२
गत साउन अन्तिा साता आएको बाढिले विस्थापित बनाएका सुनसरी इटहरीको सुनौलो वस्तीका बाढिपीडितहरु जाडोको समयमा पनि बुढि खोला किनारामा त्रिपाल मुनी वस्न वाध्य हुदै आएका छन ।

पुसको चिसो मौषममा पनि स–साना बालवालिका देखि वृद्धवृद्धाहरु समेत सम्वन्धीत निकायको वेवास्ताकाकारण त्रिपाल मुनी वस्न बाध्य हुदै आएका हुन । गत साउन अन्तिम साता आएको बाढिले इटहरीको वुढि खोला आसपासका सुकुम्वासी वस्तीमा ९ जनाको ज्यान लिएको थियो भने धेरैलाई घरवार विहिन वनाएको थियो ।

Advertisement

त्यस मध्ये धेरैको पुनस्र्थापना भई सकेको छ भने ३१ परिवार अहिले पनि घरवार विहीन अवस्थामा बुढिखोला किनारामै त्रिपाल मुनी वस्दै आएका छन । गत साउन अन्तीम साता आएको वाढीका कारण इटहरीका वाढीपिडीतहरु घरबार विहीन बन्न पुगेका थिए । उनीहरुको हालसम्म पनी व्यवस्थीत व्यवस्थापन हुन सकेको छैन ।

केहीदिन यता बाक्लो हुस्सु तथा शीतलहर चलेका कारण जनजीवन उनीहरुको थप जनजिवन प्रभावित बनेको छ । वर्षायाममा बाढीले घरबारविहीन बनेका पीडितलाई शीतलहरले नराम्ररी सताउन थालेपछी आफुहरुलाई सामस्या भएको बाढिपीडित गंगा थपलियाले बताइन् ।

त्रिपाल तथा जस्ताले छाएको सानो टहरामा वस्दा चिसोको कारण बालवालिका ,वृद्धवृद्धा, महिला तथा अशक्तहरुमा स्वास्थ्य समस्या देखिन थालेको उनले बताइन् । बाढि आएको केही समयसम्म इटहरी उपमहानगरपालिकाले चासो दिएर सुरक्षित ठाँउमा ऐलानी जग्गा खोजेर बसोवासको व्यवस्था गरिदिने बताएको भएपनि अहिलेसम्म कसैले पनि सुरक्षित वसोवासको लागि व्यवस्था नमिलाई दिएको कारण बाध्य भएर त्रिपाल मुनी वस्नु परिरहेको बाढि पिडितको गुनासो छ ।

सुरक्षित ठाउँमा वस्न पाउने आशा संगाल्दा आएपनि कसैले चासो नदिएका कारण आफुहरु पुरानै ठाउँ खोलाको किनारामा वस्नु परिरहेको स्थानिय चन्द्र राईले बताए । चिसोबाट बच्न घर, सिरक तथा अन्य न्याना कपडाहरु अभाबका कारण उनीहरु त्रिपाल र चटाईका भरमा जाडो थेग्न बाध्य छन । बाढी प्रभावित बस्तीहरूमा ओढ्ने–ओछ्याउने नहुँदा धेरैजना चिसोबाट प्रभावित बन्दै आएका हुन ।

बाढिमा सर्वस्व गुमाएर पालको सहारामा रात काट्न बाध्य पिडीतको लागी खानेपानी, बिजुलीबक्ति र सौचालयको अभाव त छँदैछ, त्यो भन्दा ठूलो समस्या, खानपीनको बन्दोबस्ती गर्नु र जाडोबाट बच्नु हो । त्यसैले उनीहरुलाई खानाको जोहो कसरी गर्ने र जाडोबाट कसरी बच्ने भन्ने नै चिन्ताले सताउने गरेको छ ।

सुकुम्वासी वस्तीमा बाढिले क्षति पुर्याएपछि स्थानीयलाई सुरक्षित ठाँउमा बसोवासको व्यवस्था मिलाउन ऐलानी जग्गा खोजेर व्यवस्थापन गर्न खोजिएपनि अहिले सम्म जग्गा पहिचान गरी बाढि पिडितहरुलाई बसोवासको व्यवस्था गर्न नसकिएको इटहरी–३ का वडा अध्यक्ष बालकृष्ण विष्टले बताए ।

Advertisement

कतिपय गरिब परिवारका सदस्य सुकुल (चटाई)का भरमा जाडो थेग्न बाध्य छन् । बाढी र डुबानका कारण झुपडीसमेत गुमाएका पीडित पराल बालेर आगो तापी रात काट्न बाध्य छन् । कुनै पनि निकायले सुरक्षित ठाँउमा वसाउन नसकेपछि आफुहरु फेरी पनि बाढिले क्षति पुर्याउने थाहा पाउदा पाउदै पुरानै ठाँउमा बस्न भएको पिडितको दुखेसो छ ।

भर्खरको समाचार

ट्रम्पका लागि दीर्घ रोग बन्यो इरानयुद्ध,४८ घण्टा निर्णायक

2025-12-18T022330Z_1231483362_RC2QIIA731CX_RTRMADP_3_USA-TRUMP-1766045018

बालेन सरकारको देशभर प्रहरी ‘अप्रेसन’,काठमाडौँमा मात्रै १५० जना पक्राउ

arrest-2-14

नुवाकोट सिन्दूरले रंगियो

35731bbf-67f8-400c-b92a-8544badaba93

यूएईमा ड्रोन आक्रमणः सात नेपाली घाइते, एकको अवस्था गम्भीर

UAE_2

कलाकार सागर लम्साल ‘बले’ पक्राउ

sagar-lamsal_IDZaoJpnLD

पश्चिमी वायुको प्रभाव देशका विभिन्न स्थानमा वर्षा, हिमपात र हावाहुरीको सम्भावना

mausam_badali

सम्पत्ति शुद्धीकरणमा एक पछि अर्को ठुलो माछा जालमा पर्दै

Shankar-Agrawal

राष्ट्रिय सभामा शुन्य हुँदा रास्वपाले कसरी काम गर्न सक्छ ?

9e6006d1-580a-415c-801d-9a03b5128bb8

मजदुरी गर्न काठमाडौं छिरेका डीपीको सभामुखसम्मको यात्रा

ed7235c5-90ef-468b-af6c-235523f8458b

सपनाले जिम्मेवारी लिनासाथ सर्वाेच्चमा ऐतिहासिक घोषणा

af82af17-b06c-485f-b24b-3c8aa65ce714

सम्बन्धित खबरहरु

Scroll to Top