NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
आमाको मिर्गौला र अस्पताल तयार,तर अल्झियो कैलाशको सास मङ्लबार असार १७ , २०८२
पाकिस्तान बन्यो संयुक्त राष्ट्र सुरक्षा परिषदको अध्यक्ष, भारत आगो मङ्लबार असार १७ , २०८२
रामहरिको चालबाट मन्त्री पनि रुष्ट, थाहै नदिइ विधेयक दर्ता मङ्लबार असार १७ , २०८२
विद्याको लक्ष्य देशको पहिलो महिला प्रधानमन्त्री, के संभव छ ? मङ्लबार असार १७ , २०८२
युक्रेन जित्न रुसले सुरु गर्यो अन्तिम लडाई, सुमीमा पठायो ५० हजार सेना  मङ्लबार असार १७ , २०८२
Next
Prev

समाचार

राजपा नेपालले मधेश सरकार गठनबारे गर्यो यस्तो निर्णय, फोरम नेपालले के गर्ला ?

बिहिबार पुस १३ , २०७४
Reading Time: 1 min read
A A
Advertisement
राजपा नेपालले मधेश सरकार गठनबारे गर्यो यस्तो निर्णय, फोरम नेपालले के गर्ला ?
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

काठमाडौँ । प्रदेश दुईमा मधेशवादी दलले बहुमत ल्याएको छ । दुई दलले नै मधेश सरकार बनाउने घोषणा पनि गरेको छ ।

तर, कसको नेतृत्वमा बन्ने अझै टुङ्गो लागेको छैन । उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम नेपालले प्रदेशसभामा समानुपातिक सहित २९ सीट ल्याएको छ भने महन्थ ठाकुर संयोजक रहेको राष्ट्रिय जनता पार्टी नेपालले समानुपातिकसहित २५ सीट ल्याएको छ ।

मतको हिसाबले फोरम नेपालले नै सरकारको नेतृत्व गर्ने देखिन्छ । र, फोरम नेपालको अध्यक्ष यादवले आफ्नो पार्टीको नेतृत्वमा सरकार बन्ने घोषणा पनि गरिसकेका छन् । तर, राजपा नेपालले पनि त्यसमा आफ्नो दावी छाडेको छैन ।

Advertisement

बुधबार राजपा नेपालको राजनीतिक समितिको बैठक बसेको थियो । सो बैठकमा यस विषयमा निकै छलफल भयो । ‘दुई नम्बर प्रदेशमा फोरम नेपालले एक्लैले सरकार बनाउन सक्ने अवस्था छैन । राजपा नेपालको सहयोग आवश्यक छ । संयुक्त सरकार भएकाले सरकार नेतृत्वको दावी छाड्न हुँदैन,’ बैठकले निष्कर्ष निकालेको छ ।

प्रतिनिधिसभाको समानुपातिकको टुङ्गो लाग्न बाँकी छ । केन्द्रमा प्रधानमन्त्री शेरबहादुर देउवाले पदबाट राजीनामा दिएका छैनन् । वाम गठबन्धनको सरकार बन्ने निश्चित भएको छैन । यस अवस्थामा राजपा नेपालले मात्र किन हतार गरेर फोरम नेपालको नेतृत्वमा नै दुई नम्बर प्रदेशमा सरकार बन्छ भन्ने घोषणा गर्ने भनि निष्कर्ष निकालेको बैठकमा सहभागि एक नेताले रातोपाटीलाई बताए ।

‘फोरम नेपालले बढी सीट ल्याएको छ । उसले दावी गर्नु स्वभाविक हो । तर, संयुक्त सरकार निर्माण हुने भएकाले दावी छाड्न नहुने भन्दै दुई नम्बर प्रदेशमा फोरम नेपाल र राजपा नेपालको संयुक्त सरकार बन्ने मात्र निर्णय गरेको छ,’ ती नेताले  बताए ।

यस विषयमा जान्नका लागि हामीले राजपा नेपालका अध्यक्ष मण्डलका सदस्य महेन्द्र राय यादवलाई सम्पर्क गरेका थियौं । उनले भने, ‘मधेशमा मधेशी दलको नेतृत्वमा सरकार बन्छ, त्यसमा हामीले सहमति गरेका छौँ तर कसको नेतृत्वमा बन्छ त्यसको टुगों लगाएका छैनौँ ।’

जसले बढी सीट ल्याएको छ, त्यसले दावी गर्नु स्वभाविक भएको तर संयुक्त सरकार बन्ने भएकाले त्यसमा छलफल हुने उनले बताए । वरिष्ठ उपाध्यक्ष रामनरेश राय यादवको भनाई पनि त्यस्तै रहेको छ । उनले पनि सरकार कसको नेतृत्वमा बन्छ, त्यसको कुनै निर्णय भएको नभएको बताए । ‘यसमा कसैले दावी पनि गरेको छैन । दुई दल बसेर यसको टुगों लगाउँछौ,’ उनले भने ।

बैठकमा सहभागि अर्का उपाध्यक्ष गोविन्द चौधरीको धारणा पनि त्यस्तै रहेको छ । उनले पनि भने, ‘फोरम नेपालले बढी सीट ल्याएको कारण उसैले सरकार बनाउन पाउनुपर्छ । यो मेरो व्यक्तिगत धारणा हो । तर, पार्टीले यसको बारेमा कुनै निर्णय गरेको छैन ।’

राजपा नेपालको यस्तो धारणा आइसकेपछि फोरम नेपालले पनि आफ्नो धारणा बनाउनका लागि आज पदाधिकारीको बैठक बोलाएको छ । तीनकुनेस्थित पार्टी कार्यालयमा बसिरहेको पदाधिकारीको बैठकमा दुई नम्बर प्रदेशमा सरकार गठन गर्ने विषय मुख्य विषय हुने बताइएको छ ।

फोरम नेपालले सरकार गठनका लागि आफ्नो दावी कुनै पनि हालतमा नछाड्ने बताइएको छ । सविधान अनुसार जुन दलले बढी सीट ल्याएको छ त्यो दलले सरकारको नेतृत्व गर्नुपर्ने प्रावधान रहेको छ । त्यसैले फोरम नेपालले नै सरकारको नेतृत्व गर्ने गरि तयारीमा जुटेको छ ।

यता, राजपा नेपालको पनि अध्यक्ष मण्डलको बैठक बबरमहिलस्थित पार्टी कार्यालयमा बसिरहेको छ ।

लोकप्रीय

आमाको मिर्गौला र अस्पताल तयार,तर अल्झियो कैलाशको सास

आमाको मिर्गौला र अस्पताल तयार,तर अल्झियो कैलाशको सास

मङ्लबार असार १७ , २०८२
पाकिस्तान बन्यो संयुक्त राष्ट्र सुरक्षा परिषदको अध्यक्ष, भारत आगो

पाकिस्तान बन्यो संयुक्त राष्ट्र सुरक्षा परिषदको अध्यक्ष, भारत आगो

मङ्लबार असार १७ , २०८२
रामहरिको चालबाट मन्त्री पनि रुष्ट, थाहै नदिइ विधेयक दर्ता

रामहरिको चालबाट मन्त्री पनि रुष्ट, थाहै नदिइ विधेयक दर्ता

मङ्लबार असार १७ , २०८२

विचार

थप समाचार

आमाको मिर्गौला र अस्पताल तयार,तर अल्झियो कैलाशको सास
ताजा समाचार

आमाको मिर्गौला र अस्पताल तयार,तर अल्झियो कैलाशको सास

मङ्लबार असार १७ , २०८२
पाकिस्तान बन्यो संयुक्त राष्ट्र सुरक्षा परिषदको अध्यक्ष, भारत आगो
अन्तर्राष्ट्रिय

पाकिस्तान बन्यो संयुक्त राष्ट्र सुरक्षा परिषदको अध्यक्ष, भारत आगो

मङ्लबार असार १७ , २०८२
रामहरिको चालबाट मन्त्री पनि रुष्ट, थाहै नदिइ विधेयक दर्ता
ताजा समाचार

रामहरिको चालबाट मन्त्री पनि रुष्ट, थाहै नदिइ विधेयक दर्ता

मङ्लबार असार १७ , २०८२
के अब एमालेमा ‘मदनको नीति, विद्याको नेतृत्व’ आउने हो ?
राजनीति

विद्याको लक्ष्य देशको पहिलो महिला प्रधानमन्त्री, के संभव छ ?

मङ्लबार असार १७ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42

Nepal का नयाँ नायक Balen: काठमाडौंका मेयर र जनताका साथी|| Nepal Times #balen #shah #kathmandu

00:12:14

भ्रष्ट नेता: नेपालको पीडा || Corrupt Leaders: The Pain of Nepal || Nepal Times

00:09:14
Currently Playing

World News: सहयोग नपाए Ukraineले ६ महिना मात्र यु*द्ध थेग्ने, फोर्डोमा फेरि निर्माणकार्य सुरु

World News: सहयोग नपाए Ukraineले ६ महिना मात्र यु*द्ध थेग्ने, फोर्डोमा फेरि निर्माणकार्य सुरु

00:17:11

World News: ट्रम्प–नेतन्याहुविरुद्ध ‘फतवा’ जारी, थप आक्रमण नगर्ने भए इरानले वार्ता गर्ने

00:18:28

World News: Iranमा Americaले ब*म नखसालेको खुलासा,भोकले ६६ जनाको मृ*त्यु || Nepal Times

00:16:54

अमेरिका–चीनबीच व्यापार सम्झौता, क्यानडासँग वार्ता तोडियो || Nepal Times

00:17:45

World News: इरानी बैंक ‘आ*त*ङ्कवादी सङ्गठन’ घोषणा, Putin पनि यु*द्ध रोक्न इच्छुक || Nepal Times

00:16:37

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

पुटिन र सी बीच भेट, के भयो कुरा ?

पुटिन र सीको दबदबा बढ्ने, चीनको नयाँ ब्लाकआउट बम

सोमवार असार १६ , २०८२
७ महिना वित्यो, कति छ प्रधानमन्त्री र मन्त्रीहरुको सम्पत्ति ?

विराटनगरमा डेढ अर्बको कर काण्डःप्रतिष्ठित व्यापारी जेलको छिँडीमा

मङ्लबार असार १७ , २०८२
राष्ट्रपतिले गरिन २ विधेयक प्रमाणीकरण

विद्या भण्डारीले पूर्वराष्ट्रपतिका सबै सुविधा त्याग्ने

सोमवार असार १६ , २०८२

हालका पोस्टहरू

आमाको मिर्गौला र अस्पताल तयार,तर अल्झियो कैलाशको सास

आमाको मिर्गौला र अस्पताल तयार,तर अल्झियो कैलाशको सास

मङ्लबार असार १७ , २०८२
पाकिस्तान बन्यो संयुक्त राष्ट्र सुरक्षा परिषदको अध्यक्ष, भारत आगो

पाकिस्तान बन्यो संयुक्त राष्ट्र सुरक्षा परिषदको अध्यक्ष, भारत आगो

मङ्लबार असार १७ , २०८२
रामहरिको चालबाट मन्त्री पनि रुष्ट, थाहै नदिइ विधेयक दर्ता

रामहरिको चालबाट मन्त्री पनि रुष्ट, थाहै नदिइ विधेयक दर्ता

मङ्लबार असार १७ , २०८२
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.