हिसान स्पोर्टस् मिटमा विभिन्न कलेजहरु विजयी

हिसान स्पोर्टस् मिटमा विभिन्न कलेजहरु विजयी

विराटनगर, माघ ११
विराटनगरमा जारी ८ औं हिसान स्पोर्टस मिटमा विभिन्न कलेजहरुले विजयी भएका छन् । क्रिकेटमा अरनिको तथा फुटबलतर्फ मोर्डनएरा, भानु र रेडस्टार तथा छात्रा भलिबलमा रेडस्टार, मोर्डनएरा, कोसी र शिक्षादीप कलेज विजयी भएका छन् ।

हिसान मोरङले आयोजना गरेको प्रतियोगिताअन्तर्गत आज भएको क्रिकेटमा अरनिको कलेजले भानु मेमोरियल कलेजलाई पराजित गर्दै क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

त्यसैगरी छात्रा भलिबलतर्फ पथरीको रेडस्टार कलेजले पथरीकै एभरेष्ट कलेजलाई पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको छ । दोस्रो खेलमा मोर्डनएरा कलेजले अरनिको कलेजलाई पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको छ । तेस्रो खेलमा कोसी कलेजले कान्तिपुर कलेजलाई पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको छ ।

चौथो खेलमा शिक्षादीप कलेजले लर्डबुद्ध कलेजलाई हराउँदै सेमिफाइनलमा प्रवेश गरेको छ । यस्तै फुटबलको पहिलो खेलमा भानु मेमोरिलय कलेज सेन्टजोसेफ स्कुललाई टाइब्रेकरमा पराजित गर्दै क्वार्टरफाइनलमा पुगेको छ ।

दोस्रो खेलमा मोर्डनएरा कलेजले एभरेष्ट कलेजलाई हराउँदै क्वार्टरफाइनलमा प्रवेश गरेको छ । तेस्रो खेलमा रेडस्टार कलेजले सिटी कलेजलाई हराउँदै सेमिफाइनलमा प्रवेश गरेको छ ।

 

प्रतियोगिताअन्तर्गत भोलि क्रिकेटको पहिलो खेल शिक्षादीप र एभरेष्ट, दोस्रो खेल अर्किड र पथरीको एभरेष्ट कलेजबीच हुनेछ । छात्रा भलिबलतर्फ रेडस्टार र कोसी तथा दोस्रो खेल मोर्डनएरा र शिक्षादीप कलेजबीच हुनेछ । फुटबलको पहिलो खेल ग्रिनल्याण्ड र भानु तथा दोस्रो खेल अर्किड र मोर्डनएराबीच हुनेछ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.