पुस २९ गतेदेखी विराटनगरमा इन्टर स्कुल मेयर कप क्रिकेट सञ्चालन हुने

पुस २९ गतेदेखी विराटनगरमा इन्टर स्कुल मेयर कप क्रिकेट सञ्चालन हुने

किशोर विश्वकर्मा
विराटनगर, पुस १९
विराटनगरमा पहिलो पल्ट अन्तर विद्यालय टि–२० मेयर कप क्रिकेट प्रतियोगिता हुने भएको छ । विराटनगर–५ स्थित दिल्ली पब्लिक स्कुलको खेलमैदानमा विराट क्रिकेट सोसाइटीको आयोजनामा आगामी पुष २९ गतेदेखी अन्तर विद्यालय टि–२० मेयरकप क्रिकेट प्रतियोगिता हुने भएको हो ।

प्रतियोगितामा विराटनगरका १६ विद्यालयको सहभागिता रहने कार्यक्रम संयोजक मनोज मण्डलले बताए । आगामी माघ ७ गते सम्म सञ्चालन हुने प्रतियोगिताका विजेता र उपविजेताले ट्रफि र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

यसै वर्षदेखी सुरु हुने उक्त प्रतियोगिता अब हरेक वर्ष सञ्चालन हुने आयोजक क्लबका संयोजक मण्डलले जानकारी दिए ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.