×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

फस्टाउँदैछ कुकुरको व्यवसाय, ५ हजारदेखी १० लाख रुपैयाँसम्ममा खरिद-बिक्री

२९ फाल्गुन २०७५

काठमाडौं ,फागुन २९

खराब काम गर्ने मानिसलाई कुकुरसँग तुलना गर्ने गरिन्छ । तर, त्यही कुकुरको व्यापार गरेर आर्थिक अवस्था सुधार गर्ने र जीवन धान्नेको जमात नेपालमा ठूलो छ । नेपालमा सामान्यतया एउटा कुकुर ५ हजार रुपैयाँदेखी १० लाख रुपैयाँसम्ममा खरिद-बिक्री हुने गर्छ । तिहारमा भगवानको स्वरुप मानेर पूजा गरिने कुकुरलाई अन्य बेलामा घर भित्र छिर्न लाग्यो भनेर धपाउने समेत गरिन्छ । घरकोे सुरक्षा गर्न र अपराधिक गतिविधि पत्ता लगाउन कुकुर प्रयोगमा ल्याइन्छ । नेपालमा शोखले कुकुर पाल्ने जमातपति बढ्दो छ ।

कस्तो छ कुकुरको बिक्री ?
नेपालमा एउटा कुकुर सस्तोमा ५ हजार रुपैयाँदेखी महङ्गोमा १० लाख रुपैयाँसम्म पर्छ । मूल्य निर्धारणमा कुकुरको प्रजातिले फरक पार्छ । जोले प्रजातीको कुकुरको मूल्य ८ देखी १० लाख रुपैयाँसम्म पर्ने एक कुकुर व्यवसायीले जानकारी दिए । यस्तै, जापनिज किड्स नामक प्रजातिको कुकुर भने ५ हजार रुपैयाँको हाराहारीमा खरिद गर्न सकिन्छ ।

कुकुर पाल्न कुनैपनि लाईसेन्स चाहिदैन, इच्छा छ भने पाल्न सकिन्छ । विदेशबाट कुकुर भित्र्याउँदा भन्सार शुल्क भने तिर्नुपर्छ । यसरी भन्सार शुल्क तिरेर पोल्याण्ड, यूरोप लगायतका देशबाट पनि नेपालमा कुकुर भित्र्याइदै आएको छ । विदेशबाट नेपाल भित्रिएका कुकुर पुनः अर्को देशमा पनि बिक्री हुने गरेका छन् । नेपाली उत्पादनको रुपमा प्रचलित हप्की नामक छाउराको ६० हजार रुपैयाँ सम्म पर्ने गरेको पाईन्छ । यस्तै, भोटे कुकुरको छाउराको ३० हजार रुपैयाँसम्म पर्ने गर्छ ।

नेपालमा उपलब्ध हुने कुकुर मध्येमा जापनिज किड्स नामक कुकुर निकै छ । सो कुकुरको मूल्य जम्मा ५ हजार रुपैयाँ पर्ने गरेको छ । आर्थिक हैसियत कम भएका, तर राम्रो प्रजातीको कुकुर पाल्न चाहने ग्राहकले यस्ता कुकुर लाने गरेको पाइन्छ ।

राजधानीको माईतीघरमा रहेको रोयल केन्नेल क्लब प्राईभेट लिमिटेड मार्फत कुकुर व्यावसाय गर्दै आएका केशरसिंह केसी भन्छन्अ-हिले नेपालमा नै कुकुरको ब्रिडीङ गराउने क्रम बढ्न थालेकाले विदेशबाट आयात गरिने कुुकुरको संख्या घट्दै गएको छ । यसरी स्वदेशमा नै माग अनुसारको कुकुरको उत्पादन हुनु राम्रो कुरा हो । केसीले पैसाको मुख हेरेर भन्दापनि कुकुरको गुणस्तरमा ग्राहकले ध्यान दिन आवश्यक रहेने बताए ।

केसी २६ वर्षदेखि कुकुरको व्यवसाय आवद्ध रहेका छन् । काठमाडौँ उपत्यका भित्र ४० वटा डग हाउ सञ्चालन भईरहेको केसीले जानकरी दिए । काठमाडौँ उपत्यका बाहिरपनि पोखरा, बुटवल, नेपालगञ्ज, विराटनगर, धरान लगायतका स्थानहरुमा कुकुर व्यवसाय सञ्चालन हुँदै आएका छन् ।

नेपालमा विभिन्न ४० जातका कुकुरहरु उपलब्ध छन् । विशेष गरेर बुल डग नामको कुकुर अन्यको तुलनामा धेरै माग हुने गरेको व्यवसायीले जानकारी दिए । सो कुकुर ३ लाख रुपैयाँमा खरिद बिक्री हुने गरेको पाईन्छ । कुकुरको व्यवसाय अन्यभन्दा फरक किसिमको भएकाले ठयाक्कै कति लगानी गरेर व्यवसाय सुरु गर्ने भन्ने कुरा निर्धारण गर्न कठिन हुने व्यवसायीले बताउँछन् ।

कुकुरको खाना महङ्गो
कुकुरले खान्की महङ्गो छ । जुल्स नामक खानाको एक छाकको नै ३ सय ५० रुपैयाँ पर्ने पर्छ । डग नेपाल पेट सपका व्यवसायी अनुज डंगोलका अनुुसार पछिल्लो समय क्रस गरिएका कुकुर बिक्री गर्ने प्रवृत्ति बढी छ । ढेको डंगोलले भने–‘पैसा भन्दा भन्दा महङ्गो प्रजातीको कुकुरलाई बचाउनु ठूलो कुरा हो ।

कुकुरलाई कस्तो रोग लाग्न सक्छ ?
कुकुरलाई सामान्य रोग देखी निकै जटिल रोग समेत लाग्ने गरेको पाईन्छ । पाग्रो भाईरस कुकुरलाई लाग्ने मध्येको जटिल रोगमा पर्दछ । यो रोग लागेपछि नबाच्ने अवस्थामा पुग्ने गर्छ । यस्तै, डिस्टेम्पर रोग लाग्दा पनि कुकुरलाई बचाउन गाह्रो हुन्छ । यस्ता रोग लाग्दा बाहिरी रुपमा खासै चोटपटक देखिदैन । रोगले कुकुरलाई भित्रभित्रै गाह्रो पार्ने भएकाले कुकुरका लागि निकै खर्च गर्दापनि कुकुर बाच्ने सम्भावना निकै कम हुन्छ ।

लोप हुँदै नेपाली भोटे कुकुर
नेपालमै उत्पादन हुने भोटे कुकुरलाई ग्राहकले १० लाख रुपैयाँसम्ममा किन्ने गरेका छन् । भोटे कुकुर यूरोपबाट माग हुँदा करोडौँमा बिक्री हुने गरेको छ । तर, हाल सो कुकुरको उत्पादनमा भने नेपाल निकै पछाडि छ । भोटे कुकुर लोप हुनु नै भाऊ बढ्नुको एक प्रमुख कारण मानिन्छ । पछिल्लो समय तिब्बतमा नै भोटे कुकुरको उत्पादन हुन थालेपछि नेपाली कुकुरको बजार तिब्बतले लिएको व्यापारीहरुको मत रहेको छ ।

नेपालमा जापनिज किडस्, जर्मन सेफर, पग, ककर स्पाईनल, डबर म्यान लगायतका कुकुरका छाउरा उपलब्ध हुने गरेका छन् । विक्रम सम्वत २०६० साल पछाडी नेपालमा नै कुकुरको व्यवसायिक उत्पादन हुन थालेकाले बाहिरबाट कुकुर मगाउने कार्य केही कम हुन थालेको छ ।

महङ्गा कुकुर किन किनबेच हुन्छ ?
कुकुर किन्न कै लागि भनेर मानिसले निकै खर्चने गरेको पाईन्छ । यसरी खर्च गर्नुका पछाडि मानिसमा जाग्ने सौखले मुख्य भुमिका खेल्ने गर्छ । साथै, कुकुरमा पाईने विषेशताले समेत मूल्य निर्धारणमा फरक पार्ने गर्छ । कतिपय कुकुरमा दौडने क्षमता अत्याधिक हुन्छ भने कुनै शिकारका लागि योग्य मानिन्छन् । यसरी मनोरञ्जन, घरको सुरक्षा, सुँघेर पत्ता लगाउने लगायतका कार्यहरुका लागि कुकुर पाल्ने गरिन्छ ।

कुकुर व्यवसाय हजारलाई रोजगारी
प्रत्येक डग हाउसमा करिब १० जनाले रोजगारीको अवसर पाउने गर्छन् । काठमाडौ उपत्यकामा मात्रै त्यस्ता डग हाउस ४० को संख्यामा छन् । देशका विभिन्न ठाउँमा डग हाउस बढ्दो क्रममा रहेको छ भने हजारौँलाई कुकुरको माध्यमबाट रोजीरोटीको अवसर समेत प्राप्त भएको छ । पोथी कुकुर पालेर छाउरा बेच्नेहरुपनि निकै छन् ।(विकास न्युजबाट)

भर्खरको समाचार

सामूहिक अन्त्येष्टिमा जनसागर, कतारमा IRGC का १० जासुस पक्राउ, इरानमा २००० निशाना ध्वस्त

Screenshot 2026-03-04 105112

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

image

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo

देश बनाउन फर्किएका हुन् बालेन,संसदीय राजनीति होमिनु अघि बोले बालेन

Screenshot 2026-01-12 115501

बालेन झापा जाने भएपछि आत्तिए ओली, भने लुसिफरले धाक नदिनु

d0af0e4e-e87b-4585-9afd-4f644f0e3c5e

अशान्ति मच्चाइरहेका ट्रम्पको हातमा नोबेल शान्ति पुरस्कारको मेडल

maria-corina-machado-donald-trump-101025-ae6e5dd9fc324ce1bdcca7134e2fe0b9

फागुन पछिका संभावित प्रधानमन्त्रीहरु,को,कसरी प्रधानमन्त्री बन्न सक्छन् ?

d5b8dbd0-9973-4173-b623-07238c7850f9

रविको मुद्या फिर्तापछि एमाले रिसायो, अब के हुन्छ ?

rabi

सम्बन्धित खबरहरु

Scroll to Top