सैनिक श्रीमती संघद्वारा कम्बल वितरण

सैनिक श्रीमती संघद्वारा कम्बल वितरण

राजविराज, पुस २८
बढ्दो शीतलहरले जनजीवन कष्टकर बन्दै गइरहेको अवस्थामा सैनिक श्रीमती संघद्वारा सप्तरीको महादेवा गाउँपालिका–६ ढिकुलीमा १५० परिवारलाई बिहीबार कम्बल वितरण गरिएको छ ।

पूर्वी पृतनाका पृतनापति उपरथी ईश्वर हमाल, २७ वाहिनी अड्डाका वाहिनीपति अशोक सिग्देल, महदेवा गाउँपालिकाका अध्यक्ष दीपककुमार यादवको उपस्थितिमा सो कम्बल वितरण गरिएको हो ।

त्यस्तै संघकी सदस्य रोशनी हमाल र निता सिग्देलको सक्रियतामा तथा नेपाली सेनाका डा. विनिता महतको सहयोगमा सो गाउँपालिकाका ३५० जनालाई निःशुल्क स्वास्थ्य जाँच गरी औषधिसमेत वितरण गरेको निमित्त गणपति सेनानी चन्द्रबहादुर थापाले जानकारी दिए । जाँच गरिएकामध्ये करिब ८० प्रतिशतमा चिसोसम्बन्धी समस्या देखिएको उनले बताए ।
रासस

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.