×

NEPAL TIMES UPDATES

Playing
२ दिन सरकारी बिदा अल्पकालीन कि दीर्घकालीन ?निगमले भन्यो घुम्न नजानु || Nepal Times
Apr 05, 2026
Playing
ओली र लेखकको रिट हेर्दाहेर्दैमा, दीपक, शुभमसहित बलेलाई म्याद थप || Nepal Times
Apr 05, 2026
Playing
१०० कमान्डर, १२ हेलिकप्टर अनि घातक हतियारः इरानबाट यसरी लग्यो अमेरिकाले आफ्ना पाइलट || Nepal Times
Apr 05, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-22-2082 || Nepal Times
Apr 05, 2026
Playing
एमालेमा ओली हटाउने खेल सुरू भएको हो ?सम्भव छ विशेष महाधिवेशन ? || Nepal Times
Apr 05, 2026
Playing
लेबनानमा ९० हिज्बुल्लाह मा रि ए, आफ्नो विमान आफैंले ध्व स्त पारेको अमेरिकाको दाबी || Nepal Times
Apr 05, 2026
Playing
रविका कानून व्यवसायी अब बालेन सरकारको कानूनी सल्लाहकार || Nepal Times
Apr 05, 2026
Playing
आइतबार पनि बिदाः सेयर बजारमा नयाँ अन्योल,कति दिन कारोबार? || Nepal Times
Apr 05, 2026
Playing
फेसबुक स्टाटसकै आधारमा पक्रा उ परेका हुन् ’बले’ ? लाग्यो हत्कडी || Nepal Times
Apr 05, 2026
Playing
World News: युद्धको नयाँ युगमा महँगा हतियारमाथि सस्ता ड्रोनको दबदबा || Nepal Times
Apr 05, 2026

मेस्सी र रोनाल्डोलाई संगै खेलाउन बेकहमले बुने यस्तो जाल

१४ चैत्र २०७५

एजेन्सी, चैत १४
इंग्ल्यान्डका लिजेन्ड फुटबलर डेभिड बेकह्यामले आगामी २ वर्षपछि पोर्चुगलका क्रिस्टियानो रोनाल्डो र अर्जेन्टिनाका लिआनेल मेस्सीलाई एकै क्लबबाट खेलाउने योजना बुनेका छन् । उनले केही समयअघि मात्रै अमेरिकामा नयाँ क्लब ‘इन्टर मियामी’ स्थापना गरेका छन् ।

बेकह्यामले सोही क्लबमा मेस्सी र रोनाल्डो दुवैलाई भित्र्याउने योजना बुनेका हुन् । यो कुरा बेकह्यामले विभिन्न समयमा बताउँदै आएका पनि छन् ।

Advertisement

यसका लागि बेकह्यामले आफूसँग ‘मास्टर प्लान’ रहेको पनि बताएका छन् । बेकह्यामको टोलीले सन् २०२० बाट नर्थ अमेरिकन लिगमा प्रवेश पाउँदैछ । उक्त लिगमा उनले सुरुबाटै ठूला र स्टार खेलाडी भित्र्याउने योजना बुनिरहेका छन् । त्यसका लागि बेकह्याम अहिले आफ्नो टोलीका लागि घरेलु रंगशाला तयार पार्न जुटिरहेका छन् ।

हालसालै एक मिडियासँग बोल्दै उनले भनेका छन्, ‘म अमेरिकाको सबैभन्दा ठूलो र उत्कृष्ट टोली बनाउन चाहन्छु । र, त्यसका लागि केही उत्कृष्ट खेलाडीलाई मियामीमा भित्र्याइने छ ।’

बेकह्यामको महत्त्वकांक्षी योजनामा रोनाल्डो र मेस्सी मुख्य हुनेछन् । उनले यो बताइसकेका छन् । मेस्सीलाई बार्सिलोनासँग करार अवधि पूरा हुनासाथ आफ्नो क्लबमा ल्याउने उनको योजना छ ।

जब मेस्सीको सम्झौता बार्सिलोनासँग सकिन्छ, उनी ३३ वर्षका हुनेछन् । बार्सिलोनासँग मेस्सीको अझै २ वर्ष सम्झौता बाँकी नै छ । बेकह्यामले यो बुझेका छन् कि, मेस्सीले बार्सिलोना छाडेपछि कम्तीमा ३ वर्ष फुटबल राम्ररी खेल्न सक्छन् ।

‘मेस्सीलाई भित्र्याउन हामीसँग अझै २ वर्ष समय छ, हामी तयारी गर्छौं,’ बेकह्यामले भनेका छन् । अहिले नै मेस्सी र रोनाल्डो कुनैबेला एकै क्लबबाट खेल्न सक्छन् भन्दा जो कोहीलाई पत्याउन गाह्रो पर्ला । तर, बेकह्यामले यसका लागि अहिले नै तयारी थालिसकेका छन् ।

हाल ३४ वर्ष पुगेका रोनाल्डोले युभेन्टससँग ४ वर्षे सम्झौता गरेका छन् । अबको २ वर्षपछि बेकह्यामले रोनाल्डोलाई मियामीमा भित्र्याउन प्रयास गर्दा रोनाल्डो ३६ वर्षका भइसक्ने छन् । बेकह्याम यही गर्ने योजनामा छन् ।

बेकह्यामले यसअघि एक अन्तर्वार्तामा १० वर्ष फुटबलमा कट्टर प्रतिस्पर्धी रहेर खेलेका रोनाल्डो र मेस्सी आफ्नो क्लबमा एकै जर्सीमा खेल्न सक्ने र आफूले त्यो गरेर देखाउने भन्दै ठट्टा गरेका थिए । र, भविष्यमा उनले यसलाई सार्थकता दिने सम्भावनासमेत छ ।

त्यसैगरी, बेकह्यामले आफ्नो क्लबमा भित्र्याउन चाहेका अर्का खेलाडी एन्टोनी ग्रीजम्यान हुन् । ग्रीजम्यानले त यसअघि नै आफू ढिलो–चाँडो बेकह्यामको क्लबमा जाने इच्छा जाहेर गरिसकेका छन् ।

‘यदि बेकह्यामले मलाई उनको टिममा चाहन्छन् भने म अवश्य पनि त्यहाँ हुन सक्छु,’ उनले भनेका छन् ।

यो समयका विश्वका सुपरस्टार खेलाडी ताकिरहेका बेकह्यामले टोलीको प्रशिक्षकचाहिँ कसलाई बनाउलान् ?

Advertisement

हो, मियामीको कोचका लागि बेकह्यामले फ्रान्सका जिनेदिन जिदानलाई पहिलो नम्बरमा राखेका छन् । उनीहरूबीच यसअघि नै पहिलो चरणको छलफल भइसकेको रिपोर्ट यसअघि सार्वजनिक भएको थियो ।

भर्खरको समाचार

नोबेलमा एपिलेप्सी सर्जरीसम्बन्धी चौथो एनआइएनएस सिम्पोजियम सम्पन्न

WhatsApp_Image_2026-04-05_at_11.31.20_AM

ट्रम्पका लागि दीर्घ रोग बन्यो इरानयुद्ध,४८ घण्टा निर्णायक

2025-12-18T022330Z_1231483362_RC2QIIA731CX_RTRMADP_3_USA-TRUMP-1766045018

बालेन सरकारको देशभर प्रहरी ‘अप्रेसन’,काठमाडौँमा मात्रै १५० जना पक्राउ

arrest-2-14

नुवाकोट सिन्दूरले रंगियो

35731bbf-67f8-400c-b92a-8544badaba93

यूएईमा ड्रोन आक्रमणः सात नेपाली घाइते, एकको अवस्था गम्भीर

UAE_2

कलाकार सागर लम्साल ‘बले’ पक्राउ

sagar-lamsal_IDZaoJpnLD

पश्चिमी वायुको प्रभाव देशका विभिन्न स्थानमा वर्षा, हिमपात र हावाहुरीको सम्भावना

mausam_badali

सम्पत्ति शुद्धीकरणमा एक पछि अर्को ठुलो माछा जालमा पर्दै

Shankar-Agrawal

राष्ट्रिय सभामा शुन्य हुँदा रास्वपाले कसरी काम गर्न सक्छ ?

9e6006d1-580a-415c-801d-9a03b5128bb8

मजदुरी गर्न काठमाडौं छिरेका डीपीको सभामुखसम्मको यात्रा

ed7235c5-90ef-468b-af6c-235523f8458b

सम्बन्धित खबरहरु

Scroll to Top