×

NEPAL TIMES UPDATES

Playing
२ दिन सरकारी बिदा अल्पकालीन कि दीर्घकालीन ?निगमले भन्यो घुम्न नजानु || Nepal Times
Apr 05, 2026
Playing
ओली र लेखकको रिट हेर्दाहेर्दैमा, दीपक, शुभमसहित बलेलाई म्याद थप || Nepal Times
Apr 05, 2026
Playing
१०० कमान्डर, १२ हेलिकप्टर अनि घातक हतियारः इरानबाट यसरी लग्यो अमेरिकाले आफ्ना पाइलट || Nepal Times
Apr 05, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-22-2082 || Nepal Times
Apr 05, 2026
Playing
एमालेमा ओली हटाउने खेल सुरू भएको हो ?सम्भव छ विशेष महाधिवेशन ? || Nepal Times
Apr 05, 2026
Playing
लेबनानमा ९० हिज्बुल्लाह मा रि ए, आफ्नो विमान आफैंले ध्व स्त पारेको अमेरिकाको दाबी || Nepal Times
Apr 05, 2026
Playing
रविका कानून व्यवसायी अब बालेन सरकारको कानूनी सल्लाहकार || Nepal Times
Apr 05, 2026
Playing
आइतबार पनि बिदाः सेयर बजारमा नयाँ अन्योल,कति दिन कारोबार? || Nepal Times
Apr 05, 2026
Playing
फेसबुक स्टाटसकै आधारमा पक्रा उ परेका हुन् ’बले’ ? लाग्यो हत्कडी || Nepal Times
Apr 05, 2026
Playing
World News: युद्धको नयाँ युगमा महँगा हतियारमाथि सस्ता ड्रोनको दबदबा || Nepal Times
Apr 05, 2026

आईपीएल : कोलकतालाई हराउँदै चेन्नई शीर्षस्थानमा

२७ चैत्र २०७५

एजेन्सी, चैत २७्
चेन्नई सुपर किंग्स जारी इन्डियन प्रिमियर लिग (आईपीएल)को अंक तालिकामा शीर्ष स्थानमा उक्लिएको छ ।मंगलबार राती चेन्नईको घरेलु मैदान एमए चिदम्बरम स्टेडियममा सम्पन्न २३ औं खेलमा कोलकता नाइट राइडर्सलाई ७ विकेटले पराजित गर्दै चेन्नई शीर्ष स्थानमा उक्लिएको हो । १ सय ९ रनको सामान्य लक्ष्य पछ्पाएको चेन्नईले १७.२ ओभरमा ३ विकेटको क्षतिमा पुरा गर्यो । चेन्नईको जितमा फाफ डु प्लेसिसले ४५ बलमा ३ चौका सहित ४३ र केदार जाधव ८ रनमा अविजित रहे ।

दोस्रो ओभरको दोस्रो बलमा सुनिल नारायणको बलमा पियुष चवलाले क्याच गर्नु अघि ओपनर शेन वाटशनले ९ बलमा २ चौका र १ छक्का प्रहार गर्दै १७ रनको योगदान दिए । नारायणलेनै पाँचौ ओभरको अन्तिम बलमा चवलाको हातबाट क्याच गराउँदै सुरेश रैनालाई १४ रनमा पेभिलिएन फर्काए । आम्बाती रायडू २१ रनमा आउट भए ।कोलकताका लागि सुनिल नारायणले २ र पियुष चवलाले १ विकेट लिन बाहेक अन्य कुनैपनि बलरले विकेट लिन सकेनन् ।

Advertisement

त्यस अघि टस हारेर ब्याटिङ थालेको कोलकताले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय ८ रन बनायो । कोलकताका लागि आन्द्रे रसेलले ४४ बलमा ५ चौका र ३ छक्का प्रहार गर्दै ५० रनमा अविजित रहे पनि एक्लो प्रयास जितको लागि प्राप्त भएन । अन्य कुनै पनि ब्याट्सम्यानले सम्झन योग्य प्रर्दशन गर्न सकेनन् । रसेलले अन्तिम ओभरमा स्कर्ट कुग्गेलेजइनलाई २ चौका र १ छक्का प्रहार गर्दै कुल १५ रन बटुले ।

कुनै समय ४७–६ को कमजोर अवस्थामा पुगेको कोलकतालाई आन्द्रे रसेल र पियुष चवलाले २९ रनको साझेदारी गर्दै उद्धार गर्न खोजेका थिए । तर १६ ओभरको तेस्रो बलमा चवलालाई हरभजन सिंहले महेन्द्रसिंह धोनीबाट ८ रनमा स्टम्पिङ आउट गरेपछि कोलकता सस्तैमा समेटिएको हो । रसेलले एक तर्फबाट रन जोड्दा अर्को तर्फबाट निरन्तर विकेट गुमि रह्यो ।

कोलकताले सुरुवात देखिनै खराव प्रर्दशन गर्यो । पहिलो ओभरको अन्तिम बलमा दिपक चाहरले क्रिस लिनलाई शून्यमा एलवी डब्लू आउट गरे । लगत्तै दोस्रो ओभरको पाँचौ बलमा हरभजन सिंहले सुनिल नारायणलाई ६ रनमा चाहरबाट क्याच आउट गराए । तेस्रो ओभरको तेस्रो बलमा चाहरले आम्बाती रायडूबाट क्याच गराउँदै नितेश रानालाई शून्यमा पेभिलिएन फर्काए । पाँचौ ओभरको चौथो बलमा चाहरले रबिन उथाप्पालाई केदार जाधवबाट ११ रनमा आउट गरेपछि कोलकता २४–४ को कमजोर अवस्थामा पुग्यो ।

इमरान ताहिरले नवौं ओभरको चौथो बलमा कप्तान दिनेश कार्तिकलाई १९ रन र ११ ओभरको पहिलो बलमा सुभमन गिलाई ९ रनमा आउट गरेपछि ४७–६ को कमजोर अवस्थामा पुग्दै एक सय रन बनाउन पनि मुश्किल पर्ने कमजोर अवस्थामा पुगेको थियो । कोलकताको निरन्तर विकेट गुम्ने शिलशिला जारी रह्यो । कुनै पनि ब्याट्सम्यानले मैदानमा टिकेर रन बनाउन सकेनन् ।

कोलकतालाई सस्तैमा समेट्न चेन्नईका दिपक चाहरले ४ ओभरमा २० रन खर्चेर ३ विकेट लिए । इमरान ताहिरले ४ ओभरमा २१ रन खर्चेर २, हरभजन सिंहले ४ ओभरमा १५ रन खर्चेर २ र रविन्द्र जेडेजाको नाममा १ विकेट रह्यो ।

Advertisement

यो जितसँगै चेन्नई ६ खेलमा ५ मा जित र १ मा हारका साथ १० अंक जोड्दै शीर्ष स्थानमा उक्लिएको छ । कोलकता ६ खेलमा ४ मा जित २ मा हारका साथ दोस्रो स्थानमा रहेको छ ।किंग्स इलाभने पन्जाव पनि ६ खेलमा ४ मा जित र २ मा हारका साथ तेस्रो स्थानमा यथावत छ । कोलकताले आफ्नो सातौं खेल १२ अप्रिलमा सन्दीप लामिछानेको टोली दिल्ली क्यापिटल्ससँग खेल्ने छ भने चेन्नईले ११ अप्रिलमा राजस्थान रोयल्ससँग भिड्ने छ ।

भर्खरको समाचार

संसद्को दुवै सदनको बैठक आज: के छ कार्यसूची ? आजै सर्वदलीय बैठक

नवनियुक्त प्रधानमन्त्री शाह 
काठमाडौँ, १३ चैतः नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) शुक्रबार सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा पदभार ग्रहणपश्चात् आयोजित कार्यक्रममा । तस्बिरः किरणराज विष्ट÷रासस

ट्रम्पको गर्जनः इरानलाई ध्वस्त पार्ने अनि तेल कब्जा गर्ने

donald_trump

नोबेलमा एपिलेप्सी सर्जरीसम्बन्धी चौथो एनआइएनएस सिम्पोजियम सम्पन्न

WhatsApp_Image_2026-04-05_at_11.31.20_AM

ट्रम्पका लागि दीर्घ रोग बन्यो इरानयुद्ध,४८ घण्टा निर्णायक

2025-12-18T022330Z_1231483362_RC2QIIA731CX_RTRMADP_3_USA-TRUMP-1766045018

बालेन सरकारको देशभर प्रहरी ‘अप्रेसन’,काठमाडौँमा मात्रै १५० जना पक्राउ

arrest-2-14

नुवाकोट सिन्दूरले रंगियो

35731bbf-67f8-400c-b92a-8544badaba93

यूएईमा ड्रोन आक्रमणः सात नेपाली घाइते, एकको अवस्था गम्भीर

UAE_2

कलाकार सागर लम्साल ‘बले’ पक्राउ

sagar-lamsal_IDZaoJpnLD

पश्चिमी वायुको प्रभाव देशका विभिन्न स्थानमा वर्षा, हिमपात र हावाहुरीको सम्भावना

mausam_badali

सम्पत्ति शुद्धीकरणमा एक पछि अर्को ठुलो माछा जालमा पर्दै

Shankar-Agrawal

सम्बन्धित खबरहरु

Scroll to Top