आरोहण–गुरुकुल विराटनगरमा सप्तरीमा चित्रकार हरिओम मेहता कोइरीको एकल चित्रकला प्रदर्शनी सुरु भएको छ ।
हाटखोलास्थित सुशीला कोइराला नाटकघरको प्रेक्षालयमा प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले ३ दिने सो निशुल्क चित्रकला प्रदर्शनीको उद्घाटन गरे । उद्घाटन समारोहमा बोल्दै मन्त्री घिमिरेले कलाकार देशका सशक्त पथप्रदर्शक भएको बताए । उनले प्रदेश सरकार कलाकार र कलाको उचित संरक्षणमा लाग्ने प्रतिबद्धता पनि जनाए । सप्तरी हनुमाननगर ७ का मेहेताले इतिहास, संस्कृतिक र समाजका गतिविधिहरु समेटिएका २९ वटा चित्र प्रदर्शनीमा राखेका छन । यसअघि उनले काठमाडौं, विरगञ्ज, जनकपुरमा समेत चित्रकला प्रदर्शनी गरिसकेका छन्। उनले २ हप्तादेखि ६५ दिनसम्म लगाएर बनाएका चित्रहरु प्रर्दशनीमा राखेका छन् ।
प्रर्दशनीमा राखिएका चित्र २५ हजारदेखि १ लाख रुपैयासम्ममा खरिद गर्न समेत सकिने चित्रकार मेहताले बताए ।