गुल्मी, वैशाख १५
गुल्मीमा झाडापखालाको कारण एक जनाको मृत्यु भएको छ । अन्य दुई सय बिरामी परेका छन् ।मुसिकोट नगरपालिका–८ मा फैलिएको झाडापखालाको कारण दजाकोटका १२ वर्षीया रोशन सिंजालीको उपचारको क्रममा मृत्यु भएको हो ।
गम्भीर विरामी भएकालाई उपचारका लागि चितवन ल्याइएको छ ।सामान्य बिरामीको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ । गाउँमा झाडापखाला फैलिएपछि विद्यालय समेत बन्द गरिएको छ । खानेपानीमा कोलिफम भएकाले झाडापखालाको महामारी फैलिएको जिल्ला अस्पताल गल्मीले जनाएको छ ।