काठमाडौं, वैशाख १५
एएफसी यू–१९ च्याम्पियन्सिपको छनोट चरण अन्तर्गत समूह ‘ए’ को दोस्रो खेलमा नेपाल उज्वेकिस्तानसँग ४–० गोलले पराजित भएको छ । समूहको पहिलो खेलमा अष्ट्रेलियासँग ११–१ गोलको लज्जास्पद हार बेहोरेको नेपाल लगातार दोस्रो हारसँगै प्रतियोगिताबाट बाहिरिने उच्च सम्भावना छ ।
म्यानमारको मन्डलेस्थित मन्डलाथिरि रंगशालामा पहिलो हाफलमा नेपाल एक–शुन्य गोलले पछि परेको थियो । दोस्रो हाफमा सम्हालिन नसक्दा नेपालले थप तीन गोल खान पुग्यो । समूहकै अर्को खेलमा अष्ट्रेलिया र म्यानमारले अहिले प्रतिस्पर्धा गरिरहेका छन् ।