भारतको महाराष्ट्र राज्यको गढचिरौली जिल्लामा नक्सलवादीहरुले गरेको आक्रमणमा परि १६ जना सुरक्षाकर्मीको ज्यान गएको छ । गस्तीमा गइरहेको प्रहरीको गाडीलाई लक्षित गरी नक्सलवादीको एक समूहले बुधबार आईडी बम विस्फोट गराएको हो । गाडीमा १६ जना प्रहरी सवार रहेको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । त्यस क्षेत्रमा अहिले पनि नक्सलवादी र सुरक्षाकर्मीबीच भिडन्त जारी रहेको छ । केही समयअघि मात्रै महाराष्ट्रका विभिन्न ठाउँमा माओवादीहरुले तीन दर्जनभन्दा बढी गाडी जलाएका थियो । महाराष्ट्र राज्यमा सरकारले राज्य स्थापना दिवस मनाइरहँदा घटना घटाइएको हो । माओवादीहरुले भने गएको वर्षको अप्रिल २२ मा आफ्ना ४० कार्यकर्ताको सुरक्षाकर्मीबाट हत्या भएको स्मृतिमा एक हप्ता लामो विरोधका कार्यक्रम राख्दै आएको थियो ।
भारतको महाराष्ट्रमा माओवादी आक्रमणः १६ जना सुरक्षाकर्मीको मृत्यु
१८ बैशाख २०७६