×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

आज कार्ल मार्क्सको २०१औँ जन्मजयन्ती

२२ बैशाख २०७६

विराटनगर, वैशाख २२
विश्व चर्चित कार्ल मार्क्सको २०१औँ जन्मजयन्ती नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै छ । आजभन्दा २ सय १ वर्षअघि अर्थात् ५ मे, १८१८ मा विश्व विख्यात दर्शनशास्त्री तथा कम्युनिष्ट विचारका प्रणेता कार्ल मार्क्सको जन्म भएको थियो ।

पुँजीवाद उत्कर्षमा पुगेको आजको विश्वमा सिर्जित समस्याहरू समाधान गर्दै नयाँ संसारको निर्माण गर्न उनले विश्वलाई दिएको दर्शनशास्त्रको आज पनि उत्तिकै महत्व छ। मार्क्सको २ सय १औँ जन्मजयन्ती मनाउन र मार्क्सवादलाई मन्थन गर्ने लहर अहिले विश्वभर चलेको छ ।

कार्ल मार्क्स आधुनिक विश्वका सबैभन्दा प्रभावशाली राजनीतिक दार्श्िनक मानिन्छन् । सन् १८४८ मा २९ वर्षको उमेरमै मार्क्सले फ्रेडेरिक एङ्गेल्ससँग मिलेर कम्युनिष्ट पार्टीको घोषणा पत्र लेखेर संसार हल्लाएका थिए ।

उक्त घोषणा पत्र संसारमा सबैभन्दा बढी पढिएको र प्रयोगमा ल्याइएको दस्तावेजमा पर्छ । राजनीतिक क्षेत्रमा समेत यसको महत्व बढेर गएको छ । घोषणापत्रले पुँजीवादी विश्व समाज कसरी परिवर्तन हुन्छ र शोषणरहित र पूर्ण रूपमा मुक्त समाजको निर्माण कसरी सम्भव छ भन्ने व्याख्या गरेको छ ।

आज (आइतबार) काठमाडौंस्थित नेपाल प्रज्ञाप्रतिष्ठान कमलादीमा दिउँसो २ बजे कार्ल मार्क्स २ सय १ औँ द्विशतवार्षिकी भव्य रुपमा मनाइँदै छ। कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, पूर्वप्रधानमन्त्री एवम् नेकपाका नेताद्वय माधवकुमार नेपाल, झलनाथ खनाल, कार्ल मार्क्स द्विशतवार्षिकी समारोह समिति संयोजक धनश्याम भूषाल उपसंयोजक रामकार्की लगायतले सम्बोधन गर्नेछन् ।

भर्खरको समाचार

सामूहिक अन्त्येष्टिमा जनसागर, कतारमा IRGC का १० जासुस पक्राउ, इरानमा २००० निशाना ध्वस्त

Screenshot 2026-03-04 105112

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

image

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo

देश बनाउन फर्किएका हुन् बालेन,संसदीय राजनीति होमिनु अघि बोले बालेन

Screenshot 2026-01-12 115501

बालेन झापा जाने भएपछि आत्तिए ओली, भने लुसिफरले धाक नदिनु

d0af0e4e-e87b-4585-9afd-4f644f0e3c5e

अशान्ति मच्चाइरहेका ट्रम्पको हातमा नोबेल शान्ति पुरस्कारको मेडल

maria-corina-machado-donald-trump-101025-ae6e5dd9fc324ce1bdcca7134e2fe0b9

फागुन पछिका संभावित प्रधानमन्त्रीहरु,को,कसरी प्रधानमन्त्री बन्न सक्छन् ?

d5b8dbd0-9973-4173-b623-07238c7850f9

रविको मुद्या फिर्तापछि एमाले रिसायो, अब के हुन्छ ?

rabi

सम्बन्धित खबरहरु

Scroll to Top