×

NEPAL TIMES UPDATES

Playing
२ दिन सरकारी बिदा अल्पकालीन कि दीर्घकालीन ?निगमले भन्यो घुम्न नजानु || Nepal Times
Apr 05, 2026
Playing
ओली र लेखकको रिट हेर्दाहेर्दैमा, दीपक, शुभमसहित बलेलाई म्याद थप || Nepal Times
Apr 05, 2026
Playing
१०० कमान्डर, १२ हेलिकप्टर अनि घातक हतियारः इरानबाट यसरी लग्यो अमेरिकाले आफ्ना पाइलट || Nepal Times
Apr 05, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-22-2082 || Nepal Times
Apr 05, 2026
Playing
एमालेमा ओली हटाउने खेल सुरू भएको हो ?सम्भव छ विशेष महाधिवेशन ? || Nepal Times
Apr 05, 2026
Playing
लेबनानमा ९० हिज्बुल्लाह मा रि ए, आफ्नो विमान आफैंले ध्व स्त पारेको अमेरिकाको दाबी || Nepal Times
Apr 05, 2026
Playing
रविका कानून व्यवसायी अब बालेन सरकारको कानूनी सल्लाहकार || Nepal Times
Apr 05, 2026
Playing
आइतबार पनि बिदाः सेयर बजारमा नयाँ अन्योल,कति दिन कारोबार? || Nepal Times
Apr 05, 2026
Playing
फेसबुक स्टाटसकै आधारमा पक्रा उ परेका हुन् ’बले’ ? लाग्यो हत्कडी || Nepal Times
Apr 05, 2026
Playing
World News: युद्धको नयाँ युगमा महँगा हतियारमाथि सस्ता ड्रोनको दबदबा || Nepal Times
Apr 05, 2026

द्धन्दकालमा विस्थापित मोरङका आधादर्जन छोटी भन्सार अहिलेसम्म सञ्चालनमा आएनन्

किशोर विश्वकर्मा
विराटनगर, माघ ९
लामो समयदेखी बन्द रहेका मोरङका विभिन्न छोटी भन्सार कार्यालयहरु अहिले सम्म सञ्भालन हुन नसक्दा तस्करी मौलाउदै गएको छ ।

माओवादीको १० वर्षे शसस्त्र द्धन्दकालमा विस्थापित भई बन्द अवस्थामा रहेका जिल्लाका विभिन्न ६ वटा छोटी भन्सार कार्यालयहरु अहिले सम्म सञ्चालन हुन नसक्दा ति नाका बाट तस्करहरुले सिमावर्ती भारतीय बजारहरुबाट अवैध रुपमा खुलेआम तस्करी गर्ने गरेको पाईएको छ ।

Advertisement

यसैको उदाहरणका रुपमा लिन सकिन्छ मोरङको तारेगमा स्थीत मझारे छोटी भन्सार कार्यालयलाई । तत्कालिन नेकपा माओवादीको १० वर्षे शसस्त्र द्धन्द चरम उत्कर्षमा पुगेका बेला उसले सो छोटी भन्सार कार्यालयमा बम विष्फोट गराएपछी अहिले सम्म बन्द अवस्थामा रहेको छ । लामो समय सम्म उक्त छोटी भन्सार कार्यालय बन्द अबस्थामा रहेपछी जिर्ण बनेको मात्र छैन लाखौँ मुल्य बराबरका सामग्रीहरु समेत नष्ट भएका छन् ।

अहिले सो छाटी भन्सार कार्यालय विभिन्न जिवजन्तुको बासस्थानका रुपमा परिणत भएको छ । त्यस्तै स्थानियका लागि उक्त छोटी भन्सार कार्यालय विभिन्न सामान राख्ने स्थान बनेको छ । चालु अवस्थामा रहँदा मझारे छोटी भन्सार कार्यालयबाट दैनिक राजश्व संकलन मात्र हुदै आएको थिएन ।

सो नाकाबाट हुने गरेको चोरी पैठारी र तस्करी समेत ठप्प अबस्थामा थियो । तर लामो समय सम्म उक्त छोटी भन्सार कार्यालय पुननिर्माण गरि सञ्चालनमा ल्याउन नसक्दा अहिले सिमाबर्ती भारतीय सोनामनि गुदाम, फरविसगंजलगायतका बजारबाट नेपाल तर्फ अवैध रुपमा मलखाद, खाद्यान्न, लत्ता कपडा, मेसिनरि समान लगायतका विभिन्न बस्तुहरु भित्रिने गरेको स्थानिय टिका विसुन्केले जानकारी बताए ।

उनले सरकारले सो छोटी भन्सार कार्यालय पुननिर्माण गरे ठुलो परिणाममा राजश्व संकलन हुने र चोरी पैठारी पनि ठप्प हुने दावी गरे । मझारे छोटी भन्सार कार्यालय त एउटा उदाहरण मात्र हो । द्धन्दकालमै विस्थापित भएर बन्द अवस्थामा रहेका जिल्लाका विभिन्न ९ छोटी भन्सार कार्यालय मध्ये अहिले मायागंज छोटी भन्सार कार्यालय सोराभाग, रंगेली छोटी भन्सार र डायनियाँ छोटी भन्सार कार्यालय मात्र सञ्चालनमा रहेका छन् ।

अन्य छोटी भन्सार कार्यालयहरु भने बन्द अवस्थामै रहेका छन् । जिल्लाका बुधनगर छोटी भन्सार, नोचा, बरडंगा, चौकीघाट, डोरीयालगायतका छोटी भन्सार कार्यालयहरु पनि बन्द अवस्थामा रहेका छन् ।

ति छोटी भन्सार कार्यालय मध्ये कतिपयको त अहिले कुनैपनि संरचना समेत छैन । यसरी छोटी भन्सार कार्यालयहरु बन्द अवस्थामा रहेपछी बिगत लामो समयदेखी उक्त नाकाहरुबाट तस्करहरुले खुलेआम रुपमा विभिन्न उपभोग्य सामाग्रीहरु अबैधरुपमा नेपाल भित्रयाइ विभिन्न बजारहरुमा पुर्याउने गरेको स्थानियले बताएकाछन् ।

त्यतिमात्र नभइ चौपाया समेत अवैधरुपमा भारत तर्फ निर्यात हुनेगरेको बताइएको छ । हालका चालु अवस्थामा रहेका छोटी भन्सार कार्यालयहरुलाइ पाँच हजार रुपैयाँ भन्दा वढि मुल्यका सामानको राजश्व असुली गर्ने अख्तियारी नरहेपछी ती तिनवटा कार्यालयहरुबाट मात्र पनि वर्षेनि १८ लाख रुपैयाँ भन्दा वढि राजश्व संकलन हुने गरेको विराटनगर भन्सार कार्यालयले जनाएको छ ।

सञ्चालनमा नरहेका छोटी भन्सार कार्यालयहरु सञ्चालन गर्नुपर्ने अवस्था हेरेर पहल गरिने विरटनगर भन्सार कार्यालयले जनाएको छ । छोटी भन्सार कार्यालयहरु सञ्चालन नहुँदा तस्करी मौलाउदै आएको त छ नै राज्यले वर्षेनि करोडौँ राजश्व गुमाउदै आउनु परेको छ ।

Advertisement

त्यतिमात्र नभएर सञ्चालनमा आउन नसकेर जिर्ण बनेका छोटी भन्सार कार्यालयका करोडौँ मुल्य बरावरको राज्यको सम्पत्ति त्यसै नष्ट भइरहेको छ । त्यसर्थ नेपाल सरकारले मुलुकभर बन्द अवस्थामा रहेका छोटी भन्सार कार्यालयहरु पुन निर्माण गरि सञ्चालनमा ल्याए राज्यको सम्पत्ति संरक्षण पनि हुने, अर्बैँ राजश्व समेत संकलन हुने र चोरी पैठारी समेत बन्द हुने थियो ।

भर्खरको समाचार

संसद्को दुवै सदनको बैठक आज: के छ कार्यसूची ? आजै सर्वदलीय बैठक

नवनियुक्त प्रधानमन्त्री शाह 
काठमाडौँ, १३ चैतः नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) शुक्रबार सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा पदभार ग्रहणपश्चात् आयोजित कार्यक्रममा । तस्बिरः किरणराज विष्ट÷रासस

ट्रम्पको गर्जनः इरानलाई ध्वस्त पार्ने अनि तेल कब्जा गर्ने

donald_trump

नोबेलमा एपिलेप्सी सर्जरीसम्बन्धी चौथो एनआइएनएस सिम्पोजियम सम्पन्न

WhatsApp_Image_2026-04-05_at_11.31.20_AM

ट्रम्पका लागि दीर्घ रोग बन्यो इरानयुद्ध,४८ घण्टा निर्णायक

2025-12-18T022330Z_1231483362_RC2QIIA731CX_RTRMADP_3_USA-TRUMP-1766045018

बालेन सरकारको देशभर प्रहरी ‘अप्रेसन’,काठमाडौँमा मात्रै १५० जना पक्राउ

arrest-2-14

नुवाकोट सिन्दूरले रंगियो

35731bbf-67f8-400c-b92a-8544badaba93

यूएईमा ड्रोन आक्रमणः सात नेपाली घाइते, एकको अवस्था गम्भीर

UAE_2

कलाकार सागर लम्साल ‘बले’ पक्राउ

sagar-lamsal_IDZaoJpnLD

पश्चिमी वायुको प्रभाव देशका विभिन्न स्थानमा वर्षा, हिमपात र हावाहुरीको सम्भावना

mausam_badali

सम्पत्ति शुद्धीकरणमा एक पछि अर्को ठुलो माछा जालमा पर्दै

Shankar-Agrawal

सम्बन्धित खबरहरु

Scroll to Top