×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

खेतमा जिउँदै गाडिएको बच्चा कुकुरले भेटाएपछि….

४ जेष्ठ २०७६

उत्तरी थाईल्यान्डमा जिउँदै गाडिएको एउटा नवजात शिशुलाई एउटा कुकुरले उद्धार गरेको छ । पन्ध्र वर्षीया एक स्थानीय किशोरीले बच्चा जन्माएर खेतमा गाडेको प्रहरीले जनाएको छ । पान नोङ खाम गाउँमा रहेको खेतमा पिङ पोङ नाम गरेको सो कुकुर भुक्दै र भुइँ खन्दै गरेको उसको मालिकले देखेका थिए। पछि बच्चाको खुट्टा भुइँबाट बाहिर निस्किएको देखियो।

स्थानीय बासिन्दाहरूले त्यो नवजात शिशुलाई अस्पताल लगे। त्यहाँ चिकित्सकहरूले सफा गरिदिएर सो शिशुको स्वास्थ्य राम्रो रहेको बताए। पिङ पोङका मालिक उसा निसाइखाका अनुसार सो कुकुरलाई एउटा गाडीले हानेपछि उसको एउटा खुट्टा काम नलाग्ने भएको थियो। उनलाई उद्धृत गर्दै खाओसोड पत्रिकाले लेखेको छ, ‘ऊ बफादार र आज्ञाकारी भएकाले मैले उसलाई पालेँ। म खेतमा गाईवस्तु चराउन जाँदा ऊ सधैँ मलाई सघाउँछ। पूरै गाउँले उसलाई माया गर्छ।’ बच्चा जन्माएर त्यसरी फाल्ने किशोरीलाई बच्चा परित्याग र ज्यान मार्ने प्रयास गरेको अभियोग लगाइएको छ। एक स्थानीय प्रहरी अधिकारीका अनुसार ती किशोरी अहिले उनका अभिभावक र मनोवैज्ञानको संरक्षणमा छिन्। उनले पछुतो मानेको प्रहरीले बताएको छ। ती किशोरीका आमाबुवाले त्यो बच्चाको अभिभावकत्व स्वीकार गरेका छन्।

भर्खरको समाचार

सामूहिक अन्त्येष्टिमा जनसागर, कतारमा IRGC का १० जासुस पक्राउ, इरानमा २००० निशाना ध्वस्त

Screenshot 2026-03-04 105112

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

image

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo

देश बनाउन फर्किएका हुन् बालेन,संसदीय राजनीति होमिनु अघि बोले बालेन

Screenshot 2026-01-12 115501

बालेन झापा जाने भएपछि आत्तिए ओली, भने लुसिफरले धाक नदिनु

d0af0e4e-e87b-4585-9afd-4f644f0e3c5e

अशान्ति मच्चाइरहेका ट्रम्पको हातमा नोबेल शान्ति पुरस्कारको मेडल

maria-corina-machado-donald-trump-101025-ae6e5dd9fc324ce1bdcca7134e2fe0b9

फागुन पछिका संभावित प्रधानमन्त्रीहरु,को,कसरी प्रधानमन्त्री बन्न सक्छन् ?

d5b8dbd0-9973-4173-b623-07238c7850f9

रविको मुद्या फिर्तापछि एमाले रिसायो, अब के हुन्छ ?

rabi

सम्बन्धित खबरहरु

Scroll to Top