×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

विश्वभरिबाट आएको शुभकामना पछि मोदी दिए यसरी धन्यवाद

१० जेष्ठ २०७६

लोकसभा निर्वाचनमा ऐतिहासिक रुपमा अत्यधिक बहुमतबाट विजयी भएकोमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई विभिन्न देशका प्रमुखले बधाई तथा शुभकामना दिएका छन् ।

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले ट्विट गरेका छन, ‘मेरा मित्र नरेन्द्र मोदी, प्रभावशाली चुनावी जितका लागि तपाईंलाई हार्दिक बधाई। यो परिणामले संसारको सबैभन्दा ठूलो लोकतन्त्रमा तपाईंको नेतृत्व प्रमाणित गर्छ। हामी मिलेर भारत र इजरायलको घनिष्ठ मित्रतालाई थप मजबुत बनाउनेछौं।’ जापानी प्रधानमन्त्री सिन्जो आबेले फोन गरेर मोदीलाई सानदार जित हासिल गरेको भन्दै बधाई दिएका छन्। यसैगरी चिनियाँ राष्ट्रपति सी चिनफिङले प्रचण्ड बहुमत ल्याएको भन्दै बधाई दिएका छन्। रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले लोकसभाको निर्वाचनमा सानदार विजयी भएकोमा बधाई दिएका छन्।

श्रीलंकाका प्रधानमन्त्री रनिल विक्रमसिंघेले ट्विट गर्दै मोदीलाई बधाई दिएका छन्। उनले दुवै देशको प्रगतिका लागि मिलेर काम गर्ने विश्वास व्यक्त गरेका छन्। अफगान राष्ट्रपति अशरफ घानीले ट्विट गरी मोदीलाई बधाई दिएका छन्। उनले अफगानिस्तान र भारतबीच आपसी सद्भाव र सहयोग विस्तार गर्न तत्पर भएको बताएका छन्। बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले पनि मोदीलाई बधाई सन्देश पठाएकी छन । अबुधाबीका युवराज शेख मोहम्मद बिन जायद अल नाहयानले पनि मोदीलाई बधाई दिएका छन् । यसैगरी भारतका लागि अमेरिकी राजदूत केन जस्टरले पनि बधाई दिँदै भारतसँग रणनीतिक साझेदार भएर काम गर्न तत्पर भएको बताएका छन् ।

यस्तै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको बधाइ सन्देशको जवाफमा मोदीले भनेका छन, ‘म तपाईसँग निकटतापूर्वक द्विपक्षीय सम्बन्धका लागि काम गर्न उत्सुक छु, जो वैश्विक शान्ति र समृद्धिका लागि राम्रो होस् ।’
२३ राज्यमा कांग्रेस शून्य
लोकसभा चुनावमा कांग्रेसको प्रदर्शन अत्यन्त खराब रह्यो। कांग्रेसले सन् २०१४ को निर्वाचनमा ४४ सिट जितेको थियो। आफ्नै सरकार भएका राज्य कर्नाटक, राजस्थान, मध्य प्रदेश र छत्तीसगढमा समेत कांग्रेसको लज्जास्पद हार भएको छ। उत्तर प्रदेशमा प्रियंका गान्धी र ज्योतिरादित्य सिन्धियालाई दिइएको जिम्मेवारीले पनि सफलता मिलेन। कंग्रेसले खाता खोल्न नसकेका राज्यमा जम्मुकास्मिर, अन्डमान निकोबार, आन्ध्र प्रदेश, सिक्किम, त्रिपुरा, गुजरात, हरियाणा, हिमाचल, उत्तराखण्ड, मिजोरम, मणिपुर, उडिसा, दिल्ली, चन्डिगढ, दादर एन्ड नागर हवेली, दमन द्वीप छन्। यसैगरी मध्य प्रदेश, बिहार, राजस्थान, महाराष्ट्र, उत्तर प्रदेश र पश्चिम बंगालका १÷१ सिटमा कंग्रेस अगाडि छ।
ओलीको बधाई मोदीलाई
प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय लोकसभा निर्वाचनमा प्रधानमन्त्री नरेन्द्र मोदीको दल भारतीय जनता पार्टीले सानदार जित हासिल गरेकोमा बधाई दिएका छन्। प्रधानमन्त्री ओलीले मोदीलाई बिहीबार टेलिफोन गरी बधाई दिँदै आगामी दिनमा दुई देशबीचको सम्बन्ध थप हार्दिकतापूर्ण हुने बताएका छन्।

असल सम्बन्ध कायम हुने ःइमरान

पाकिस्तानी प्रधानमन्त्री इमरान खानले ट्विट गरी प्रधानमन्त्री मोदीलाई बधाई दिएका छन्। उनले मोदीको दोस्रो कार्यकालमा दुवै देशबीच असल सम्बन्ध कायम हुने अपेक्षा गरेका छन्। उनले भारतसँग शान्तिवार्ता र कास्मिर विवाद समाधान हुने विश्वास व्यक्त गरेका छन्। विदेशी सञ्चारकर्मीसँग कुरा गर्दै उनले भने, ‘भाजपा सत्तामा आए कास्मिर विवाद समाधान हुनसक्छ।’ उनले दुई देशबीच कास्मिर प्रमुख समस्या भएको पनि चर्चा गरे। वार्ताका लागि पाकिस्तानले आवश्यक वातावरण पनि तयार गरेको उनले बताएका छन्। पाकिस्तानले जैश–ए–मोहम्मद लगायतका सबै आतंकवादी संगठनमाथि कारवाही गरेको उनले स्पष्ट पारे। उनले भने, ‘हामीले यस्ता गुटका धार्मिक स्कुल सरकारी नियन्त्रणमा लिएका छौं। सशस्त्र संगठनलाई पनि निःशस्त्र गराउने क्रममा छौं।’ यी काम अरूको दबाबमा नभई पाकिस्तानको असल भविष्यका लागि गरेको उनले बताए।
मोदीलाई आएका अन्य शुभकामना सन्देश यस्ता छन् ।

भर्खरको समाचार

सामूहिक अन्त्येष्टिमा जनसागर, कतारमा IRGC का १० जासुस पक्राउ, इरानमा २००० निशाना ध्वस्त

Screenshot 2026-03-04 105112

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

image

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo

देश बनाउन फर्किएका हुन् बालेन,संसदीय राजनीति होमिनु अघि बोले बालेन

Screenshot 2026-01-12 115501

बालेन झापा जाने भएपछि आत्तिए ओली, भने लुसिफरले धाक नदिनु

d0af0e4e-e87b-4585-9afd-4f644f0e3c5e

अशान्ति मच्चाइरहेका ट्रम्पको हातमा नोबेल शान्ति पुरस्कारको मेडल

maria-corina-machado-donald-trump-101025-ae6e5dd9fc324ce1bdcca7134e2fe0b9

फागुन पछिका संभावित प्रधानमन्त्रीहरु,को,कसरी प्रधानमन्त्री बन्न सक्छन् ?

d5b8dbd0-9973-4173-b623-07238c7850f9

रविको मुद्या फिर्तापछि एमाले रिसायो, अब के हुन्छ ?

rabi

सम्बन्धित खबरहरु

Scroll to Top