एजेन्सी, जेठ ११
जेठ १०, चीन । चीनमा डुङ्गा दुर्घटना हुँदा कम्तीमा दश जनाले ज्यान गुमाएको छ । स्थानीय समया अनुसार बिहीबार बेलुका ६ः३० बजेको समयमा चीनको दक्षिणपश्चिमी प्रान्त गुइझाओमा डुङ्गा दुर्घटनामा हुँदा कम्तीमा दश व्यक्तिले ज्यान गुमाएको हो ।
२९ यात्रु बोकेको उक्त डुङ्गा दुर्घटनामा हुँदा शुक्रबार २ बजेसम्म १० व्यक्ति हराईरहेको स्थानीय अधिकारीहरुले जनाएका छन् । उक्त दुर्घटनामा परेका ११ व्यक्तिलाई उद्धार गरिएको छ भने घाइतेहरुको स्थानीय अस्पतालमा उपचारको भईरहको छ ।
दुर्घटना किन र कसरी हुन पुग्यो कारण भने खुल्न नसकिएको र यस घटनाबारे अनुसन्धान भईरहको स्थानीय प्रहरीले जानकारी दिएका छन् ।