×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

मोरङ ब्यापार संघको साधारणसभाःसुनसरीमा उद्योग ग्राम स्थापना गरिदिन माग

१३ जेष्ठ २०७६

१३ जेठ, विराटनगर
प्रदेश नम्बर १ के सुनसरी जिल्लास्थित अमडुवामा रहेको साल्टट्रेडिङ कम्पनीको ६५० विगाह जग्गामा उद्योग ग्रामको विकास गरीदिन यस क्षेत्रका उद्योगी ब्यापारीले माग गरेका छन । मोरङ व्यापार संघको ६४ औं साधारणसभाका अवसरमा उद्योग सगठन मोरङका अध्यक्ष पवनकुमार सारडाले विद्युत सडक, पानी सुरक्षालगायतको ब्यवस्था गरी भौतिकवूर्वाधार सम्पन्न ग्राम स्थापना गरिदिन माग गरेका हुन । उनले लो भोल्टेजको समस्या समाधान गरी उत्पादन मूलक उद्योगमा २५ प्रतिशतसम्म विद्युत छुट दिन माग गरेका छन । यस्तै यस क्षेत्रका उद्योगीले लामो समयदेखि उठाएको बैक ब्याजदारलाई पूनरावलोकन गर्न पनि उनले माग गरेका छन । साधारणसभाको उद्घाटन गर्दे पूर्वप्रधानमन्त्री एवं नेकपाका अध्यक्ष पुष्पकमल दाहालले सरकार र निजी क्षेत्रको सहकार्य बिना मुलुकको आर्थिक विकास हुन नसक्ने बताए । दाहालले सरकार र निजी क्षेत्रको सहकार्य अहिलेको भन्दा अझै माथि उठाउनुपर्नेमा जोड दिए । उनले सरकार र निजी क्षेत्रले सहकार्यलाई अझै कसिलो र बलियो बनाउँदै मुलुकको आर्थिक विकासमा लाग्नुपर्ने बताए । प्रदेश १ को राजधानीको प्रसंग जोडदै दाहालले विराटनगर प्रदेशको स्थायी राजधानी भइसकेको बताउदै राजधानीका संरचना छरेर प्रदेशको विकास हुदैन उनले भने विराटनगरलाई केन्द्र बनाएर प्रदेशको विकासमा जाग्नुपर्नेछ । कार्यक्रममा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवले व्यापार घाटा कम गर्न अति आवश्यक वस्तु खरिद गरेर विलासिताका वस्तु आयातलाई नियन्त्रण गर्ने दायित्व उद्योगी व्यवसायीहरुकै भएको प्रस्ट पारे । साधारणसभामा ओमप्रकाश श्रेष्ठ, जितेन्द्र सेठिया, सुरेशकुमार नौलाखा, मोती दुगड र न्यू सृष्टि दैनिकका प्रकाशक एवम सम्पादक शंकर खरेललाई ३१ हजार राशीको पत्रकारिता पुरस्कार प्रदान गरिएको थियो ।

भर्खरको समाचार

सामूहिक अन्त्येष्टिमा जनसागर, कतारमा IRGC का १० जासुस पक्राउ, इरानमा २००० निशाना ध्वस्त

Screenshot 2026-03-04 105112

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

image

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo

देश बनाउन फर्किएका हुन् बालेन,संसदीय राजनीति होमिनु अघि बोले बालेन

Screenshot 2026-01-12 115501

बालेन झापा जाने भएपछि आत्तिए ओली, भने लुसिफरले धाक नदिनु

d0af0e4e-e87b-4585-9afd-4f644f0e3c5e

अशान्ति मच्चाइरहेका ट्रम्पको हातमा नोबेल शान्ति पुरस्कारको मेडल

maria-corina-machado-donald-trump-101025-ae6e5dd9fc324ce1bdcca7134e2fe0b9

फागुन पछिका संभावित प्रधानमन्त्रीहरु,को,कसरी प्रधानमन्त्री बन्न सक्छन् ?

d5b8dbd0-9973-4173-b623-07238c7850f9

रविको मुद्या फिर्तापछि एमाले रिसायो, अब के हुन्छ ?

rabi

सम्बन्धित खबरहरु

Scroll to Top