एजेन्सी । ब्राजिलका विभिन्न कारागारमा ४२ जना मृत अवस्थामा फेला परेका छन् । विभिन्न चार कारागारमा ४२ जना मृत अवस्थामा भेटिएको अधिकारीहरुले जनाएका हुन् ।

अक्सिजनको अभावमा श्वासप्रश्वासमा अवरोध भई कैदीबन्दीको ज्यान गएको हुनसक्ने बताइएको छ । ब्राजिलका अधिकारीहरुले कारागार भित्रको झडप अन्त्य गर्न र अवरोध हटाउन निर्देशन दिएका छन् । आइतबार मात्रै अमेजोनास राज्यको एक कारागारमा कैदीबन्दीबीच भएको झडपमा १५ जनाको मृत्यु भएको थियो । अमेजोनास राज्यको राजधानी मानसबाट करिब २८ किलोमिटर बाहिर रहेको उक्त कारागारमा कैदीबन्दीले दाँत माझ्ने ब्रस र चक्कुलगायतका सामान प्रयोग गरी एक अर्कामाथि आक्रमण गरेको कारागारका सुरक्षा प्रमुख कर्णेल मार्कोस अल्मेडाले बताए ।
यही कारागारमा सन् २०१७ को जनवरीमा हिंसा भड्किँदा ५६ जनाको मृत्यु भएको थियो । ब्राजिल विश्वमै तेस्रो धेरै कैदीबन्दी रहेको मुलुक हो ।सरकारी तथ्यांक अनुसार ब्राजिलमा गत अप्रिलसम्म ७ लाख १२ हजार ३०५ जना कैदीबन्दी छन् । तर ब्राजिलका कारागारको क्षमताभन्दा दोब्बर बढी मानिस थुनामा रहेका छन्