आठौँ क्यान इन्फोटेक मेला फागुनमा

आठौँ क्यान इन्फोटेक मेला फागुनमा

पोखरा, माघ १३
कम्प्युटर एसोसिएसन नेपाल (क्यान) महासंघ कास्कीले आगामी फागुन ४ देखि ८ गतेसम्म आठौँ क्यान इन्फोटेक मेला गर्ने भएको छ ।

पोखराको नयाँ बजारस्थित प्रदर्शनी केन्द्रमा आयोजना गरिने सो मेलामा कम्प्युटर तथा सूचना प्रविधि सम्बन्धमा भएका अत्याधुनिक एवं नवीनतम प्रविधिका बारेमा जानकारी दिइने क्यान कास्कीका अध्यक्ष युवराज पौडेलले शुक्रबार पत्रकार सम्मेलनमा बताए ।

मेलामा बृहत सूचना प्रविधि तथा यस क्षेत्रमा स्थानीयस्तरमा गरिएका उत्पादनको प्रदर्शनी, आइसिटी कन्फरेन्स, प्रदेशस्तरको टाइपिङ प्रतियोगिता, सूचना प्रविधि हाजिरीजवाफ, कम्प्युटर तथा ल्यापटपको निःशुल्क मर्मत सेवा कार्यक्रम हुनेछन् ।

सूचना प्रविधिसँग सम्बन्धित १२० कक्ष रहने मेलामा नवीनतम प्रविधिका मोबाइलको प्रदर्शनी एवं बिक्रीसमेत गरिनेछ । मेलाको तयारी गर्न अध्यक्ष पौडेलको संयोजकत्वमा २७ उपसमिति गठन गरिएको छ ।
रासस

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.