गौतम बुद्ध स्कुलमा ‘फन फेस्टा’ कार्यक्रम सम्पन्न

गौतम बुद्ध स्कुलमा ‘फन फेस्टा’ कार्यक्रम सम्पन्न

विराटनगर, फागुन ७
विराटनगरस्थित गौतम बुद्ध सेकेण्डरी बोर्डिङ स्कूलले विद्यार्थीहरुकालागि ‘फन फेस्टा’ कार्यक्रम सम्पन्न गरेको छ ।स्कुल परिसरमा आयोजित फन फेस्टाको सामाजिक विकास मन्त्री जीवन घिमिरेले उद्घाटन गरे ।

सो अवसरमा विद्यार्थीहरुले बनाएका विभिन्न परिकारदेखि मनोरञ्जनात्मक खेलहरु राखिएको स्कुलले जनाएको छ ।

विभिन्न प्रतियोगितामा सहभागि भएर उत्कृष्ट हुने विद्यार्थीलाई पुरस्कार समेत वितरण गरिएको स्कूलका प्रिन्सिपल केशवलाल सिंह सुवालले जानकारी दिए । कार्यक्रममा विद्यार्थीहरुले सँस्कृति झल्किने पहिरन लगाएर नृत्य र गीत समेत प्रस्तुत गरका थिए ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.