विराटनगर : विराटनगर महानगरपालिका– ११ स्थित जनपथ माध्यामिक विद्यालयले भवन निर्माणमा हिनामिना गरेको भन्दै अख्तियारमा उजुरी परेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले पठाएको ५१ लाख रुपैँया खर्च गर्दा ब्यापक हिनामिना भएको भन्दै इटहरीस्थित अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको हो ।
\सो रकम तराई मधेस समृद्धि कार्यक्रम अन्तर्गत तीन कोठे भवन निर्माणका लागि छुट्याईएको थियो । सो रकम विद्यायल परिसरभित्र भवन निर्माण गर्दा व्यबस्थापन समितीका अध्यक्ष भगवान थापाले आफुखुसी काम गरी आर्थिक हिनामिना गरेको उजुरीमा उल्लेख गरिएको बताईएको छ ।अख्तियारले सो उजुरीबारे छानबिन प्रक्रिया अगाडी बढाएको जनाएको छ ।, यो समाचार आजको उद्घोष दैनिकमा छापिएको छ ।