१२ असोज, विराटनगर ।
न्युरो कार्डियो एण्ड मल्टिस्पेसियालिटि हस्पिटलले भव्यताका साथ विश्व मुटु दिवस मनाएको छ । पुर्वी भेग मै मुटु रोगको उपचारको लागि विराटनरमा पहिलो पटक निजि स्तरबाट क्याथल्याव सुरु गरेको न्यूरो कार्डियो एण्ड मल्टिस्पेशियालिटि हस्पिटलले विभिन्न कार्यक्रमहरु गरी विश्व मुटु दिवस मनाएको हो ।
विश्व मुटु दिवसको अवसरमा विगतका वर्षहरुमा जस्तै यस वर्ष पनि मुटु रोग सम्बन्धि सचेतना गराउने उद्देश्य सहित हस्पिटलले सचेतनात्मक ¥याली निकालको छ । विहान हस्पिटल परिसरबाट सुरु भएको ¥यालीले ४ किमी यात्रा तय गरि पुनः अस्पताल परिसारमा पुगी सम्पन्न भएको थियो ।
अपरेशनल डाइरेक्टर राजेश भटट्राई , वरिष्ठ इन्टरभेन्सनल कार्डियोलोजिस्ट डा निकेश राजश्रेष्ठ , मुटु रोग विशेषज्ञ डा. राजिव श्रेष्ठ लगायतका स्वास्थ्यकर्मी एवम चिकित्सकको उपस्थित रहेको ¥यालीमा नेपाल हृदयघात निमार्ण प्रतिष्ठानका पदाधिकारीहरुको समेत उपस्थित रहेको थियो ।
सो अवसरमा अस्पतालका अपरेशनल डाइरेक्टर भट्ट्राईले विश्व मुटु दिवसको अवसर पारेर मुटु रोगी बिरामीहरुका लागि यही १५ गते सम्म अस्पतालमा विशेष छुटको व्यवस्था गरिएको जानकारी गराए । साताव्यापी मुटुरोग सम्बन्धी सचेतनात्मक कार्यक्रम अन्तर्गत एक हप्ते निःशुल्क ओपिडि सेवा , कोरोनरी एन्जियोग्राफीको परीक्षणमा १५ प्रतिशत छुटको व्यवस्था , मुटुको एन्जियोप्लास्टीमा (नेपाली नागरिकहरुकालागि मात्र) रु एक लाखको छुटको व्यवस्था तथा अन्य सबै प्रकारका जाँचमा २५ प्रतिशत छुटको व्यवस्थागरिएको समेत जानकारी दिए।