आजका प्रमुख खबरहरुः
१.(हरिबोधनी एकादशी)
आज हरिबोधनी एकादशी/सनातन धर्मका अनुयायीहरुले आजको दिनलाई ठूलो एकादशीको रुपमा पूजापाठ गरी मनाए /भगवान विष्णुको प्रतीक तुलसीको आज पूजाआजा गर्ने चलन ।
२.(गो ब्याक इन्डिया !)
नेकपा निकट विद्यार्थी संगठन अनेरास्ववियू र कांग्रेसनिकट नेपाल विद्यार्थी संघद्वारा भारतविरुद्ध चर्को नाराबाजी / नेपाली भूमि फिर्ता नगरे भारतको डटेर सामना गर्ने चेतावनी/ दुतावासअघि विद्यार्थीले जलाए भारतको नक्सा ।
३.(पुत्ला जल्यो)
भारतले नेपालको भूभाग कालापानी र लिपुलेकलाई आफ्नो नक्सामा प्रकाशित गरेको विरोधमा कञ्चनपुरसहित देशका विभिन्न ठाँउमा प्रदर्शन /प्रदर्शनसहित भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला समेत दहन ।
४.(सरकारलाई प्रश्न)
नेपाली भूमि समावेश गरेको नक्सा सार्वजनिक गर्दा पनि सरकार गम्भिर नभएको नेपाली कांग्रेसका नेता एनपी साउदको आरोप / परराष्ट्र मन्त्रालयका अधिकारीले निकालेको विज्ञप्तीमा हस्ताक्षर गर्ने अधिकारको नाम समेत नलेखिएबाट सरकार गम्भिर नदेखिएको तर्क ।
५.(आलमको तिक्डम)
सांसद अफताब आलमले १२ वर्षअघि बम बिष्फोट गराएर मारेका भनिएका ओसी अख्तर नमारिएको तर वैदेशिक रोजगारमा गएर नफर्केको भन्दै श्रीमती अमना खातुनद्वारा निवेदन पेश /आलमको थुनछेक वहस जारी ।
६.(घटना खुल्दैछ)
रौतहट काण्डमा मुछिएका शसस्त्र प्रहरी रौतहटका तत्कालीन एसपी रामकृष्ण लामा हङकङमा भेटिए / इन्टरपोल मार्फत नेपाल ल्याउने तयारी / आलमको निर्देशनमा घाइतेलाई लामाको गाडीले स्कटिङ गरेर इँटाभट्टासम्म र्पुयाइएको खुलासा ।
७.(सरकारको अटेर)
अन्त शुल्क स्टिकर छपाईसम्बन्धि काम तत्काल अघि नबढाउन संसदीय समितिको निर्देशन / अन्त शुल्क स्टिकर छपाई गर्दा नेपाली कम्पनीहरुले पनि भाग लिने गरी सर्तहरु राख्न गरिएको आग्रह सरकारद्दारा अटेर ।
८.(सुरक्षालाई ऋण)
सामाजिक सुरक्षा कोषमा योगदान गरेकाहरुलाई एक करोडसम्मको ऋण प्रवाह गर्ने सरकारको तयारी / घरजग्गा वापत बढिमा १ करोड र शैक्षिक कर्जा बापत बढिमा ३५ लाख प्रवाह गर्ने कार्यविधि ।
९.(सहयोगीसँग छलफल)
नेपाल र युरोपेली संघ संयुक्त आयोगको बैठक काठमाडौँमा सुरु / युरोपेली सघले नेपाल सरकारलाई उपलब्ध गराउदै आएको व्यापार,ऊर्जा, विज्ञान लगायतका विकासका कार्यक्रमको बारेमा पनि छलफल गरिने ।
१०.(रोकिएन अबैध उत्खन्न)
मोरङको चिसाङ् खोलामा अबैध रुपमा ढुङ्गा उत्खन्न गरी लोड गरी रहेको अबस्थामा तीन ट्रयाक्टर प्रहरी नियन्त्रणमा / ट्रयाक्टर धनी, चालक र सह–चालकहरुलाई आवश्यक कारवाहीको लागि जिल्ला समन्वय समिति मोरङ्ग पठाईयो ।
११.(शिक्षाको गुणस्तर अभियान)
सामाजिक विकास मन्त्रालय प्रदेश १ को आयोजनामा महावीर पुनको उपस्थितिमा विद्यालय शिक्षाको गुणस्तर सुधार अभियानसम्बन्धी विराटनगरमा अभिमुखिकरण / डिजिटल शिक्षा प्रणालीमार्फत व्यवहारिक शिक्षा दिनुपर्नेमा विज्ञहरुको जोड ।
१२.(रेलमार्गको रफ्तार)
सात महिना अघिदेखि रोकिएको भारतको बथनाहादेखि मोरङको कटहरी जोड्ने रेलमार्ग निर्माणको काम दुई महिनापछि पुनः सुरु गरिने / दोस्रो खण्ड अन्तर्गत बुधनगर लावाघाटदेखि कटहरीतर्फको आठ किलोमिटरको काम अगाडि बढाइने ।
१३.(क्रिकेटलाई वेवास्ता)
नेपालमा हुने १३ औं दक्षिण एसियाली (साग) खेलकुद प्रतियोगिताको क्रिकेटमा भारत र पाकिस्तानले भाग नलिने / टेष्ट मान्यता प्राप्त देशले यू २३ टिम सहभागी गराउनुपर्ने नियम भए पनि दुबै देशले क्रिकेट नखेल्ने ।
१४.(नेपालको हार)
पाहुना टिम एमसीसीविरुद्धको तीन दिवसीय क्रिकेटमा शुक्रबार भएको खेलमा नेपालको लज्जास्पद हार / नेपाल एमसीसीसँग २ सय ८ रनको फराकिलो अन्तरले पराजित ।
र,
१५.(ब्राजिलको कानुन)
फौजदारी मुद्दामा पहिलो सुनुवाइ हुँदा हारेमा अभियोग प्रमाणित नहुँदासम्म जेल जानैपर्ने फैसला ब्राजिलको सर्वोच्च अदालतले उल्टायो / पूर्व राष्ट्रपति लुला डे सिल्भा छुट्न सक्ने / यो प्रावधानले पाँच हजारभन्दा बढीको फेरि सुनुवाई हुने ।