शहकारीले बचत भुक्तानी नदिएको भन्दै बचत कर्ता आक्रोसित

शहकारीले बचत भुक्तानी नदिएको भन्दै बचत कर्ता आक्रोसित

विराटनगर, फागुन २०
विराटनगरको प्राइम सहकारी संस्थाले बचत भुक्तानी नदिएको भन्दै सहकारीका बचत कर्ता आक्रोसित भएका छन् । सहकारीले लामो समयदेखि बचत नदिएर झुक्याएको भन्दै बचतकर्ताले सहकारी डिभिजन कार्यालय मोरङमा उजुरी समेत दिएका छन् ।

सहकारीले लामो समयदेखि आफूहरुको बचत भुक्तान नगरेको भन्दै आक्रोसित बनेका उनीहरुले सहकारीमा तालाबन्दी नै गरेका छन् । सहकारीका सचिव किशोर श्रेष्ठले साउन अन्तिम साता आएको बाढीले बचत संकलनमा समस्या आएको र बचत जम्मा गर्नेहरु एकै पटक भूक्तानी माग गर्न थालेपछि समस्या भएको बताए । उनले १५ दिन भित्रमा भुक्तानी गरिसक्ने बताए ।

सहकारी डिभिजन कार्यालय मोरङका प्रमुख रामप्रसाद चापागाईंले आफू कहाँ उजुरी आएपछि सहकारी सञ्चालक र पिडित पक्षबीच आज छलफल गराएर १७ दिनभित्र भुक्तानी दिनेलिने भनी दुबै पक्षसँग कागज गराईएको बताए ।

७ सय ७३ सेयर सदस्य रहेको सहकारीको सेयर पूंजी १ करोड ४ लाख, निक्षेप संकलन ७ करोड र ऋण परिचालन ९ करोड गरेको तथ्याङ्क छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.