Nepal Times
Nepal Times
3
Shares

आफनो पार्टीले चुनाव नजिते मुलुक दुर्घटनामा फस्छ ः प्रचण्ड

काठमाण्डौ, ७ असोज
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आसन्न प्रदेश र प्रतिनिधि
सभा निर्वाचनमा आफ्नो पार्टीले नजिते मुलुक गम्भिर दुर्घटनामा फस्ने
चेतावनी दिनु भएको छ । अध्यक्ष दाहालले परिवर्तनलाई संस्थापन गर्न र
मुलुकलाई समृद्ध बनाउन पनि माओवादी केन्द्रले आसन्न प्रदेश सभा र प्रतिनिधि
सभा निर्वाचनमा जित्नै पर्ने दावी गर्नु भयो । पार्टी केन्द्रिय कार्यालय
पेरिसडाँडामा आज आयोजित एक कार्यक्रममा बोल्दै उहाँले हिमाल, पहाड र
तराईलाई एकतावद्ध गराउन पनि माओवादीले जित्नै पर्ने अवस्था रहेको उल्लेख
गर्नु भयो । अध्यक्ष दाहालले प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनको तयारीमा
जुटन पनि पार्टीका नेता कार्यकर्तालाई आह्वान गर्नु भयो । अध्यक्ष दाहालले
प्रदेश नम्बर २ को निर्वाचनको परिणामले जनता आफ्नो पार्टीको पक्षमा
रहेको पुष्टि भएको दावी पनि गर्नु भयो ।

 

 

 

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.