आजका प्रमुख खबरहरुः
१.(सराह्नीय काम)
१ नम्बर प्रदेशलाई सडक आश्रित मानवमुक्त प्रदेश बनाउन तीव्र रुपमा काम गरिरहेको प्रदेश सरकारको दाबी / विभिन्न ठाउँबाट उद्दार गरिएका मानसिक समस्या भएकामध्ये ५ जनाको परिवारसँग पुनर्मिलन ।
२.(चुक्यो महानगर)
विराटनगर महानगरपालिकाले जनप्रतिनिधिलाई दिँदै आएको मासिक पारिश्रमिक र स्थानीय सुविधा अदालतद्वारा बदर / सुविधा प्रदेश सरकारले निर्माण गरेको ऐन विपरीत भएको उच्च अदालतको ठहर ।
३.(चिनियाँलाई नसियत)
काठमाडौंबाट पक्राउ परेका १ सय २२ जना चिनियाँ नागरिकलाई ४ वर्ष नेपाल आउन प्रतिवन्ध /पक्राउ परेकाहरुलाई बुधबार चीन फिर्ता पठाउने तयारी ।
४.(असुरक्षित पत्रकार)
धनुषाको जनकपुर उपमहानगरपालिकाका मेयर लालकिशोर साहको कार्यालयमा एक दर्जन पत्रकारमाथि कुटपिट /जानकी मन्दिरको जग्गा अतिक्रमणमा परेको उजुरीबारे पत्रकारले प्रश्न सोध्दा पत्रकारहरुमाथि हेल्मेटले आक्रमण ।
५.(सूचना पुर्याउ)
अवैध रूपमा नेपालप्रवेश गर्न लागेका पाँच भुटानी र एक तिब्बती नागरिक वीरगन्जबाट पक्राउ / भारतको बोधगयाबाट काठमाडौं जान लागेका नागरिकहरु राहदानी बिनै नेपाल प्रवेश ।
६.(विद्यार्थी राजनीति)
नेपाली कांग्रेसको केन्द्रीय कार्यालयको ढोकैमा नेपाल विद्यार्थी संघ रिले अनसनमा /नेविसंघको नेतृत्व चयन गर्दा विधान कार्यान्वयन हुनुपर्ने भन्दै २१ दिनदेखि अनसनरत विद्यार्थीको आन्दोलनलाई केन्द्रीय नेताहरुको पनि ऐक्यवद्धता ।
७.(विरोधको तरीका)
ललितपुरको खोकनामा फास्ट ट्रयाक, बाहिरी चक्रपथ लगायतका कामले आफूहरु भूमिहीन हुने भन्दै स्थानियवासी आन्दोलित /अरु तरीकाले विरोध गर्दा सुनुवाई नभएपछि आफ्नै मुखमा मोसो दलेर विरोध ।
८.(मन्त्री नै असन्तुष्ट)
सरकारले नीति तथा कार्यक्रम र बजेट संविधानको मर्म अनुरुप ल्याउन नसकेको उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलद्वारा स्वीकार /कानून र संरचनाहरु अझैपनि पूर्ण नहुदा बजेट र नीति तथा कार्यक्रममा असर ।
९.(अर्थका योजना)
समावेशी आर्थिक विकासकालागि उत्पादनका साधनहरुमाथि सबैको पहँुच समान हुनुपर्ने अर्थमन्त्री डा. युवराज खतिवडाको भनाई /गाउँगाउँमा समतामुलक विकासकालागि स्थानीय तहले बजेट विनियोजन गर्ने ।
१०.(कारवाही गर्नुस्)
अस्पतालकै कर्मचारीहरुको मिलेमतोमा विरामीहरुलाई नीजि अस्पताल पठाउने गरेको पाइएको स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालको खुलासा / चिकित्सकहरुको आचरण र व्यवहारमा सुधार गरेमात्रै सरकारी अस्पतालको अवस्था सुधार गर्न सकिने ।
११.(मध्यपूर्वको असर)
इरान र अमेरिका बीच तनाब बढ्दा मध्यपूर्वमा रहेका नेपाली श्रमिक समस्यामा परे पूरै सरकार लागेर उद्धार गर्ने श्रममन्त्री रामेश्वर राययादवको भनाई /परराष्ट्र सचिबस्तरीय टोलीले मध्यपूर्वको अवस्था बुझी आवश्यक परे उद्धार गर्ने ।
१२.(कृषककालागि बहार)
कृषकहरुलाई सामाजिक सुरक्षाकोषको दायरामा ल्याउने श्रम मन्त्रालयको योजना / कृषि मजदुरलाई अन्य श्रमिक सरहको सुविधाको व्यवस्था गर्नका लागि विशेषज्ञहरुको प्राविधिक अध्ययन टोली गठन ।
१३.(रोजगार बनाउने योजना)
सरकारले यो वर्ष ६० हजार बेरोजगारलाई सय दिनको रोजगारी दिने /कार्यक्रमकालागि यो वर्ष ५ अर्ब १ करोड बजेट विनियोजन /तीन महिनामा १५ हजार रोजगारदातालाई सामाजिक सुरक्षामा ल्याइने ।
१४.(ए डिभिजनको यात्रा)
शहीद स्मारक ए डिभिजन लिगमा हिमालयन शेर्पा र फ्रेण्ड्स क्लबल गोलरहित बराबरीमा रोकिए /बराबरीपछि ५ खेलबाट ३ अंक जोडेको हिमालयन शेर्पा १२ औं र २ अंक जोडेको फ्रेण्ड्स १३ औं स्थानमा ।
र,
१५.(सुलेमानीको अन्तरयात्रा)
इरानी कमाण्डर जनरल कसिल सुलेमानीको अन्त्येष्टिमा भागदौड मच्चिदा कम्तिमा ३० जनाको मृत्यु /भागदौडमा कम्तिमा ४८ जना घाइते ÷केरमानमा आजै सुलेमानीको अन्त्येष्टी ।