Nepal Times
Nepal Times
3
Shares

इतिहासलाई हेरी भोट हाल्नुस ः डा राणा

इतिहासलाई हेरी भोट हाल्नुस ः डा राणा

कैलाली, १५ कात्तिक
नेपाली काँग्रेसकी नेत्री डा आरजु राणा देउवाले नेपालको राजनीति धुब्रीकरणतर्फ गइरहेको बेला लोकतन्त्रलाई बलियो बनाउनु नै अहिलेको मुख्य आवश्यकता रहेको बताउनुभएको छ ।

नेपाल प्रेस युनियन कैलालीले आज धनगढीमा आयोजित पत्रकार सम्मेलनमा नेत्री डा देउवाले प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमार्फत लोकतन्त्रलाई संस्थागत गराउन नेपाली काँग्रेसका उम्मेदवारलाई मतदान गर्न आग्रह गर्नुभएको छ ।

यसपालिको निर्वाचनमा व्यक्ति, पार्टीभन्दा पनि विचारलाई चयन नगरी मतदान गरिए आउँदो २० वर्षसम्म पनि नेपालमा चुनाव हुन नसक्ने उहाँको भनाइ छ ।

उहाँले लोकतान्त्रिक रुपमा चुनियर आएका नेता कस्तो किसिमका छन्, उनीहरुको इतिहास के छ, त्यो कुरालाई विचार गरेर मात्र भोट हाल्न आग्रह गर्नुभयो ।

सामाजिक विकासअन्तर्गत मुक्त कमैया, दलित आयोग, महिला आयोगलगायत जति पनि ठूल्ठूला निर्णय नेपाली काँग्रेसले गरेको उहाँले उल्लेख गर्नुभयो ।

नेपाली काँग्रेसबाट कैलाली क्षेत्र नं ५ बाट उम्मेदवार बन्नुभएकी नेत्री देउवाले भन्नुभयो– “अहिले पनि जिल्लामा कतिपय स्थानमा बिजुली बत्ती, बाटोघाटो, पुल, खानेपानीलगायत विकासका आधारभूत पूर्वाधारसमेत रहेका छैनन् । त्यस्ता ठाउँमा विकासको उज्यालो पुर्याउने मेरो प्राथमिकता रहनेछ ।”
रासस

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.