शेयर बजार : एक अर्ब ७२ करोडको कारोबार

शेयर बजार : एक अर्ब ७२ करोडको कारोबार

काठमाडौँ, चैत १०
धितोपत्र बजारमा यस साता रु एक अर्ब ७२ करोड पाँच लाख २८ हजार बराबरको शेयर कारोबार भएको छ । नेपाल स्टक एक्चेन्जका अनुसार कूल १७३ कम्पनीको ४६ लाख दुई हजार ६३० कित्ता शेयर कारोबार भएको थियो ।

कारोबार रकम गत साताको भन्दा ३२।९९ प्रतिशत बढी हो । गत साता १७४ कम्पनीको ३३ लाख ३९ हजार १६० कित्ता शेयर रु एक अर्ब २९ करोड ३६ लाख ९८ हजारमा कारोबार भएको थियो ।

साताको नेप्से परिसूचक पहिलो दिनको तुलनामा ५८।५२ अंकले घटेर अन्तिम दिन एक हजार २२०।४४ अंकमा पुगेको छ । ‘क’ वर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पहिलो दिनको तुलनामा १२।०६ अंकले घटेर २६०।४१ अंकमा आइपुगेको छ ।

यस साता कारोबार रकमका आधारमा नेपाल लाइफ इन्सुरेन्स कम्पनी लिमिटेड अग्रस्थानमा रहेको छ सो कम्पनीको रु १६ करोड ५८ लाख २० हजार बराबरको शेयर कारोबार भएको थियो ।

यस्तै कारोबार भएको सेयर संख्याका आधारमा नेपाल क्रेडिट एण्ड कमर्श बैंक लिमिटेड अग्रस्थानमा रहेको छ । सो बैंकको दुई लाख १४ हजार कित्ता शेयर कारोबार भएको स्टकले जनाएको छ ।

यस साता राधी हाइड्रो पावरको ४१ लाख कित्ता साधारण शेयर, मुक्तिनाथ विकास बैंकको ४३ लाख १९ हजार ६०५ कित्ता बोनस, रिडी हाइड्रो पावर कम्पनीको दुई लाख ८४ हजार ५९८ कित्ता बोनस, बोमी माइक्रोफाइनान्सको एक लाख २९ हजार ६०० कित्ता बोनस र नेपाल कम्युनिटी डेभलपमेन्ट बैंकको २६ लाख ४३ हजार ५३८ कित्ता हकप्रद शेयर स्टककमा सूचीकृत भएका छन् ।

यस्तै आरम्भ माइक्रोफाइनान्सको ६ लाख कित्ता साधारण शेयर, जनता बैंकको एक करोड ७० हजार ९१९ कित्ता बोनस, नेपाल फाइनान्सको दुई लाख ४४ हजार २१९ कित्ता बोनस, गरिमा विकास बैंकको ३३ लाख ६ हजार ३६५ कित्ता बोनस, आरएसडिसी लघुवित्त वित्तीय संस्थाको एक लाख ४९ हजार ५०० कित्ता कोनस र प्रिमियर इस्सुरेन्स कम्पनीको ६ लाख ५९ हजार ५६५ कित्ता थप निष्कासनसमेत स्टकमा सूचीकृत भएका छन् ।
रासस

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.