NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
३३ जिल्लामा ‘एल्लो अलर्ट’, महाकाली तल्लो तटीय क्षेत्रमा सतर्क रहनु शनिबार असार २८ , २०८२
अध्यक्ष नछाडे विद्या भण्डारी ओलीविरुद्ध लड्ने शुक्रबार असार २७ , २०८२
घरजग्गा किन्न ३ करोड,बैंक ब्याज घट्यो, विदेश जादा ३ हजार डलर शुक्रबार असार २७ , २०८२
नोबेल पुरस्कारको दौडमा ट्रम्प, शान्तिदूत कि युद्धका खेलाडी ? शुक्रबार असार २७ , २०८२
बालेनको ६८सेकेन्डमा सके बैठक,७महिनाको मौनता मिनेटमा सकियो शुक्रबार असार २७ , २०८२
Next
Prev

समाचार

कांग्रेस बैठकमा ८ नेताले के भने ? नरहरिले भने- ‘वामलाई काउन्टर पुगेन’

आइतवार चैत्र ११ , २०७४
Reading Time: 1 min read
A A
Advertisement
४६ जिल्लामा कांग्रेस निल
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

काठमाडौं – कांग्रेसको चुनावी समीक्षा बैठकको दोस्रो दिन शनिबार गुटगत आरोप–प्रत्यारोप भएको छ । संस्थापन पक्षका नेताहरू नेतृत्वको बचाउमा देखिए भने रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौला पक्ष आलोचनामा उत्रिए । आजको नयाँ पत्रिकामा यो समाचार छापिएको छ ।

स्थानीय तह, प्रदेशदेखि केन्द्रको निर्वाचनमा पार्टी कमजोर बन्नुमा सभापतिको विधानविपरीतका काम, कमजोर रणनीति, सरकार सञ्चालन गर्दा भएको कमजोरीलाई असन्तुष्ट पक्षले कारण देखाएको छ । तर, हरेक निर्णयमा साक्षी बनेकाहरू नै अहिले नेतृत्वलाई दोष दिन अग्रसर देखिएको भन्दै संस्थापन पक्षका नेताहरूले प्रतिवाद गरेका छन् । शनिबार आठ केन्द्रीय सदस्यले धारणा राखे ।

झगडा बैठकमै गरौँ : हरि नेपाल
पार्टीले हारेको छ, हारको दोष सभापतिलाई मात्रै नदिऊँ । हामी सबैबाट गल्ती भएका छन् । सबैले गल्ती स्विकार्दै आफूभित्रै सच्चिएर जाँदा राम्रो बन्न सक्छौँ । असन्तुष्टि व्यक्त गर्ने, झगडा गर्ने, तर्क र विवाद गर्ने, पार्टीको फोरममै गरौँ । बाहिर गएर एकले अर्कालाई दोष देखाएर पार्टी कमजोर नबनाऔँ । झगडा गरौँ, तर भित्रै गरौँ । यो बैठकबाट निस्कँदा तुस बाँकी नराखौँ ।

Advertisement

दोषी सभापति नै हो : नवीन्द्रराज जोशी
निर्वाचनअघि गठन गरिएका कार्यसम्पादन समिति र संसदीय बोर्ड खारेज गरेर विधानसम्मत अर्को समिति बनाऔँ । विधानसम्मत पार्टी चलाउने भए धेरै समस्या समाधान भएर जान्छन् । हाम्रा सभापति बाहिरकालाई मिलाउन सक्नुहुन्छ, तर पार्टीभित्र मिलाउन सक्नुहन्न किन ? तपाईंहरू पार्टीभित्रचाहिँ कहिले मिल्नुहुन्छ ? त्यसैले निर्वाचनमा पार्टी कमजोर बन्नुको दोष सभापतिलाई जान्छ ।

खोजेपछि दोषी भेटिन्छन् : दिलेन्द्र बडू
हामी निर्वाचनमा यसपटक धेरै कमजोर भयौँ । यो कमजोरीलाई हटाउन हामी कसरी पछि प¥यौँ भन्ने जान्न र बुझ्न आवश्यक छ । दोष खोजेपछि दोषी फेला पर्छन्, अनि दोष के–के हुन् ? कमजोरी केलाएर दोषी पत्ता लगाउन सकिन्छ । निर्वाचनमा वामहरूको मोर्चा बनेपछि हामीले पनि प्रभावकारी रूपमा लोकतान्त्रिक मोर्चा बनाउनुपथ्र्यो । तर, सकेनौँ ।

विधानसम्मत चलौँ : कल्याण गुरुङ
पार्टीमा आफ्ना स्वार्थ पूरा गराउन विधानविपरीत केन्द्रीय कार्यसम्पादन समिति र संसदीय बोर्ड बनाइयो । नेताहरू यही बोर्डमा आफ्ना मान्छे उम्मेदवार बन्दा साक्षी बस्नुभयो, तर विरोध जनाउनुभएन । अब यसरी विधानविपरीत गरिएका कामबाट पार्टी चल्न सक्दैन । यी दुवै समिति खारेज गरेर विधानसम्मत समिति बनाउनुपर्छ । यस्तै, टिकटका लागि सिफारिस नै नभएकालाई टिकट दिने तथा स्थानीय तहमा उम्मेदवार बनेकालाई र समानुपातिकमा सांसद बनिसकेकालाई दोहो¥याउने गल्तीले निर्वाचनमा हामीलाई नराम्रो धक्का लाग्यो । पार्टीले भन्दाभन्दै किन दोहो¥याएर टिकट दिइयो ? अब पनि विधि र पद्धति नमान्ने हो भने हामी सुध्रदैनौँ ।

वामलाई काउन्टर पुगेन : नरहरि आचार्य
निर्वाचनअघि हामीले पार्टीका सबै संरचनालाई चलायमान र पूर्णता दिनुपथ्र्यो, तर चुक्यौँ । वाम गठबन्धनलाई काउन्टर दिने रणनीति पनि बनाउन सकेनौँ । लोकतान्त्रिक गठबन्धन भन्यौँ, तर एक्लै निर्वाचनमा गयौँ र पराजित भयौँ । अब, बदलिँदो जमानामा पुरानै ढर्राले पार्टी चल्न सक्दैन । दीर्घकालीन कार्ययोजना ल्याउनुपर्छ । हामी यसपटक संसद्मा संख्यात्मक रूपले कम छौँ, तर सत्ता पक्षका गल्ती कमजोरीलाई केलाएर विकास समृद्धिको सहयोगी बनेर अगाडि बढ्नुपर्छ । कांग्रेसको समेत धेरै मिहिनेतमा खाका कोरिएको संघीयता कार्यान्वयनमा पार्टीले अग्रसरता लिनुपर्छ ।

किसुनजीलाई हराएदेखि अधोगति : वीरबहादुर बलायर
हामी इतिहासबाटै दोषी खोज्नतिर लाग्नुपर्छ । कांग्रेसमा आज शेरबहादुर देउवाजी सभापति हुँदा मात्र समस्या सुरु भएको होइन । जब हाम्रो पार्टीमा किसुनजी पार्टीभित्रैबाट अन्तर्घात हुँदा निर्वाचनमा पराजित हुनुभयो, त्यहीबेलादेखि कांग्रेसको अधोगति सुरु भएको हो । चुनावमा धेरै अन्तर्घात भए । त्यही अन्तर्घातले पार्टी कमजोर हुँदै आयो । यसलाई समाप्त नगरी कांग्रेस अगाडि जान सक्दैन । पार्टीभित्र कसको कति लगानी छ, को सिनियर, को जुनियर ? यो पनि छिनोफानो हुनुपर्छ । निर्णय प्रक्रियामा सबै साक्षी बस्ने, तर सभापतिको मात्रै गल्ती देखाउने प्रवृत्ति गलत हो । आफू अनुकूलको व्याख्या गर्दा तत्काल चोखिन त सकौँला । तर, पार्टीको हित हुँदैन । हारको जिम्मा सबैले लिएर पार्टीलाई सुधार्नुपर्छ ।

गुट, उपगुट र सुपगुटले बिगार्यो‍ : जीवनबहादुर शाही
गुट र उपगुटले मात्रै पार्टीलाई कमजोर बनाएन । सबैभन्दा ठूलो गुट त सभापतिकै भयो । वरिष्ठ नेताको उपगुट छँदै छ, अर्को सुपगुट अर्थात् सुपेरियर केन्द्रीय सदस्यहरूको गुट हुँदा कांग्रेस कमजोर बन्दै गएको छ । एकले अर्कालाई खुइल्याउन गुटको अभ्यास गरियो । गाउँमा जाँदा कांग्रेसका नेता आए भनेर कसैले भन्दैनन्, कुन गुटका आए भनेर छुट्याउँछन् । तर, हामी अवसर हेरेर गुटका कुरा गछौँ । निर्णयमा साक्षी बसेर दोष अर्कालाई मात्रै लगाउने परिपाटी पनि मौलायो । हिजो टिकट लिँदा संवैधानिक भएको संसदीय बोर्डलाई आज तिनै नेताहरूले विधानविपरीत काम भन्दै हुनुहुन्छ । गलत थियो भने हिजो किन विरोध गर्नुभएन ? किन खुरुखुरु टिकट लानुभयो ? आफू ओभानो बन्न आरोप मात्रै नलगाउनुस्, आफ्नो पनि गल्ती स्वीकार गर्नुस् ।

बिपीका छोरा मात्रै भएर पार्टी चल्दैन : गुरुराज घिमिरे
पार्टी पराजित हुनुमा सभापति, नेता, महामन्त्रीसहितका हामी धेरै नेताको कमजोरी छ । बिपीका छोरा मात्रै भएर पार्टी कसरी चल्छ ? सभापतिले पनि पार्टी कार्यालयमै आएर पार्टी सञ्चालन गर्नुपर्छ । महामन्त्रीले पनि म विपीको छोरा हुँ मात्रै भनेर कार्यालय नजाने, भेटघाट नगर्ने, देशभर चिठी नपठाउने जुन शैली देखाउनुभएको छ, अब यसरी हुँदैन । अलिअलि गर्नुभएको छ, तर यतिले पुग्दैन । अझै धेरै काम गर्नुपर्नेछ । कमजोरी नस्विकार्ने र अर्कालाई मात्रै दोष दिने हो भने हामी झन् हार्दै जानेछौँ । रियलाइजेसन र रिफर्म आवश्यक छ । कुनै बेला गणतन्त्रको कुरा गर्दा हामीलाई पागल भन्थे, आज त्यही गणतन्त्रका मालिक नेताहरू भएका छन् । किन टिकट पाइएन यसको कारण चाहियो ? साथै संसद्मा वामविरुद्ध कसरी लड्ने र पार्टी सुधारका लागि कस्तो कार्ययोजना ल्याउने बहसमा लागौँ ।

लोकप्रीय

काठमाडौं विश्वकै चौंथो प्रदूषित सहर, आज कहाँको मौसम कस्तो छ ?

३३ जिल्लामा ‘एल्लो अलर्ट’, महाकाली तल्लो तटीय क्षेत्रमा सतर्क रहनु

शनिबार असार २८ , २०८२

अध्यक्ष नछाडे विद्या भण्डारी ओलीविरुद्ध लड्ने

शुक्रबार असार २७ , २०८२
घरजग्गा किन्न ३ करोड,बैंक ब्याज घट्यो, विदेश जादा ३ हजार डलर

घरजग्गा किन्न ३ करोड,बैंक ब्याज घट्यो, विदेश जादा ३ हजार डलर

शुक्रबार असार २७ , २०८२

विचार

काठमाडौं विश्वकै चौंथो प्रदूषित सहर, आज कहाँको मौसम कस्तो छ ?

३३ जिल्लामा ‘एल्लो अलर्ट’, महाकाली तल्लो तटीय क्षेत्रमा सतर्क रहनु

शनिबार असार २८ , २०८२

अध्यक्ष नछाडे विद्या भण्डारी ओलीविरुद्ध लड्ने

शुक्रबार असार २७ , २०८२
घरजग्गा किन्न ३ करोड,बैंक ब्याज घट्यो, विदेश जादा ३ हजार डलर

घरजग्गा किन्न ३ करोड,बैंक ब्याज घट्यो, विदेश जादा ३ हजार डलर

शुक्रबार असार २७ , २०८२

थप समाचार

काठमाडौं विश्वकै चौंथो प्रदूषित सहर, आज कहाँको मौसम कस्तो छ ?
ताजा समाचार

३३ जिल्लामा ‘एल्लो अलर्ट’, महाकाली तल्लो तटीय क्षेत्रमा सतर्क रहनु

शनिबार असार २८ , २०८२
ताजा समाचार

अध्यक्ष नछाडे विद्या भण्डारी ओलीविरुद्ध लड्ने

शुक्रबार असार २७ , २०८२
घरजग्गा किन्न ३ करोड,बैंक ब्याज घट्यो, विदेश जादा ३ हजार डलर
आर्थिक

घरजग्गा किन्न ३ करोड,बैंक ब्याज घट्यो, विदेश जादा ३ हजार डलर

शुक्रबार असार २७ , २०८२
अमेरिकालाई धनी बनाउँछु भन्दै ट्रम्पले उपभोक्तालाई गरिब बनाउने भए ?
ताजा समाचार

नोबेल पुरस्कारको दौडमा ट्रम्प, शान्तिदूत कि युद्धका खेलाडी ?

शुक्रबार असार २७ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42

Nepal का नयाँ नायक Balen: काठमाडौंका मेयर र जनताका साथी|| Nepal Times #balen #shah #kathmandu

00:12:14
Currently Playing

World News:Iranले १६ दिनमा ५ लाख अफगानी निकाल्यो, बौद्ध बिहारमा ह*म*ला || Nepal Times

World News:Iranले १६ दिनमा ५ लाख अफगानी निकाल्यो, बौद्ध बिहारमा ह*म*ला || Nepal Times

00:16:43

World News: Iranले Uranium निकाल्दै, Israelले फेरि भोकाहरुलाई मा*र्याे || Nepal Times

00:18:24

World News: भारतमा लडाकु विमान दु*र्घट*ना, मलेसिया प्रहरीको हेली समुन्द्रमा खस्यो || Nepal Times

00:14:16

World News: China–Pakistan–Bangladesh गठबन्धन Indiaलाई ख*तरा, Russiaले हान्यो ७२८ ड्रोन

00:13:03

World News: अमेरिकी लगानीकर्तालाई इरान खुला, इरान–रूस–टर्कीएबीच वार्ता || Nepal Times

00:14:39

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

विनोद चौधरी संकटमा, सर्वोच्चमा मुद्दा, पार्टीभित्र शेखरसँग वाकयुद्ध

विनोद चौधरी संकटमा, सर्वोच्चमा मुद्दा, पार्टीभित्र शेखरसँग वाकयुद्ध

आइतवार असार २२ , २०८२
महिला फुटबल प्रशिक्षक नफर्किने मुडमा, एन्फाले काम गर्न दिएन

महिला फुटबल प्रशिक्षक नफर्किने मुडमा, एन्फाले काम गर्न दिएन

मङ्लबार असार २४ , २०८२
प्रधानमन्त्री हिटलर हो ? प्रश्न गर्ने पत्रकारलाई प्रवेश प्रतिबन्ध

प्रधानमन्त्री ओलीको स्पेन भ्रमण किन मानव तस्करीसँग जोडियो ?

सोमवार असार २३ , २०८२

हालका पोस्टहरू

काठमाडौं विश्वकै चौंथो प्रदूषित सहर, आज कहाँको मौसम कस्तो छ ?

३३ जिल्लामा ‘एल्लो अलर्ट’, महाकाली तल्लो तटीय क्षेत्रमा सतर्क रहनु

शनिबार असार २८ , २०८२

अध्यक्ष नछाडे विद्या भण्डारी ओलीविरुद्ध लड्ने

शुक्रबार असार २७ , २०८२
घरजग्गा किन्न ३ करोड,बैंक ब्याज घट्यो, विदेश जादा ३ हजार डलर

घरजग्गा किन्न ३ करोड,बैंक ब्याज घट्यो, विदेश जादा ३ हजार डलर

शुक्रबार असार २७ , २०८२
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.