२५ चैत, काठमाडौं । गएको बिहीबार नेपाल वायुसेवा निगमको विमान चार्टड गरी ग्वान्जाउबाट २० हजार थान इन्फारेड थर्मल गन र एन ९५ मास्क नेपाल भित्र्याएर कालो बजारी गर्ने उद्योग परिसंघ(सीएनआइ) उपाध्यक्ष सुलभ अग्रवाल पक्राउ परेका छन् ।
महानगरीय प्रहरी महाशाखाको विशेष टोलीले ग्राहकको भेषमा थर्मल गन र मास्क किन्न लाग्दा पक्राउ गरेको हो । नेपालमा करिब ५ हजार रुपियाँसम्म पर्ने सो गन राजधानीको विभिन्न स्थानमा कालोबजारी गर्न लुकाएर राखेको अवस्थामा पक्राउ गरेको हो ।
विशेषगरी साहिल अग्रवालले विमान चाटर्ड गरी करिब २ करोड भाडा तिरेर ती सामाग्री नेपाल भित्र्याएका थिए । कोरोना हुनु अघि ज्वरो नाप्न प्रयोग हुने सो गन नेपालमा करिब ३ हजार रुपियाँमा पाइन्छ । तर बजार अभाव भएको मौका छोपेर विमान चार्टड गरी नेपाल भित्र्याउन सफल आग्रवालले भ्याट बिल बिनानै सामाग्री सप्लाई गर्ने गरेका थिए । महाशाखाका प्रमुख सहकुल थापाले मंगबार दिउँसोनै थर्मल गनको कालोबजारी भैरहेको जानकारी पाएका थिए ।
केही सबुल खोज्न भन्दै एक दिन पछि अर्थात आज अग्रवाललाई पक्राउ गरिएको हो । नेपालकै ठुला उद्योगी कहलिएका अग्रवाल जगदम्बा स्टिल्सका उपाध्यक्ष हुन् । उनले जहाज भाडामा पिपिइ सहितको सामाग्री ल्याउने बताएका थिए । करिब ३० टन सामान ल्याउने तयारीमा उडेको विमानमा केवल सात टन थर्मल गन , मास्क र एक उद्योगीको सामान ल्याएको थियो । (रासस)