२६ चैत, काठमाडौं । थर्मल गनको कालोबजारी गरेको आरोपमा पक्राउ परेका शंकर ग्रुपका मालिक सुलभ अग्रवालमाथि अनुसन्धान गर्न सात दिनको म्याद थप गरिएको छ ।
उनीमाथि अनुसन्धान गर्न बुधबार काठमाडौं जिल्ला प्रशासन कार्यालयले सात दिनको म्याद थप गरेको महानगरीय प्रहरी परिसरका प्रवक्ता डिएसपी होविन्द्र बोगटीले जानकारी दिए ।
मंगलबार महानगरीय अपराध महाशाखाले तीन हजार पर्ने थर्मन गनलाई १५ हजारमा बेचेको भन्दै अग्रवाललाई पक्राउ गरेको थियो ।