×

NEPAL TIMES UPDATES

Playing
बालेन सरकारले ७ हजारअनलाइन सट्टेबा जी एप र वेबसाइट बन्द गरायो || Nepal Times
Apr 05, 2026
Playing
अब कार्यालय समय ९ देखि ५ बजेसम्म, सातामा २ दिन बिदा|| Nepal Times
Apr 05, 2026
Playing
बालेन सरकारको निर्णयविरुद्ध उत्रिए कर्ण शाक्य , मागे मुआब्जा || Nepal Times
Apr 05, 2026
Playing
Top 15 Afternoon News || April-05-2026 || Nepal Times
Apr 05, 2026
Playing
Iran मा हराइरहेका अमेरिकी सैनिकको उद्धार, अमेरिकी विमान खसा लेको Iranको दाबी || Nepal Times
Apr 05, 2026
Playing
गृहमन्त्रीले भने, ३६ वर्षदेखि ’हतकडी’ सुरक्षाकर्मीलाई लगाइएको रहेछ || NepalTimes
Apr 05, 2026
Playing
Trumpका लागि दीर्घ रोग बन्यो इ*रानयु*द्ध,४८ घण्टा निर्णायक|| Nepal Times
Apr 05, 2026
Playing
गुण्डा*गर्दी र या*त्रुलाई दुःख दिने बि*चौलियाको देशभर भागाभाग#NEPAL #POLICE|| Nepal Times
Apr 05, 2026
Playing
Watch Top15 News Of The Day in 5 Minutes || Nepal Times
Apr 04, 2026
Playing
रास्वपा र राप्रपाबीच केमा सहमति हुन लागेको हो ? || Nepal Times
Apr 04, 2026

लकडाउनमा नेपाल भित्रिएका १४ भारतीयसहित २५ जना सप्तरीबाट प्रहरी नियन्त्रणमा

२७ चैत्र २०७६

२७ चैत, सप्तरी । लकडाउनमा नेपाल भित्रिएका १४ जना भारतीय नागरिकलाई सप्तरीबाट प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्लाको अग्निसाइर कृष्णा सावरण गाउँपालिकामा फेला परेका उनीहरुलाई हनुमाननगर कंकालिनी नगरपालिका १ स्थित भारदहबाट प्रहरीले नियन्त्रणमा लिएको छ ।

अग्निसाइर कृष्णा सावरण गाउँपालिका ६ चाँदनी चोकस्थित चौतारामा बुधबार राति सुतिरहेको अवस्थामा स्थानीयहरुले यी १४ जनालाई देखेका थिए । यसपछि स्थानीयहरुको सूचना पाएर पुगेका वडाध्यक्ष तेजनारायण यादवले सबैलाई क्वारेन्टाइनमा बस्न आग्रह गर्दा समेत उनीहरुले मानिरहेका थिएनन् । प्रहरीका अनुसार नियन्त्रणमा लिएका सबै भारतको बिहार राज्य अन्तर्गत अररिया जिल्लाका छन् ।

Advertisement

पक्राउ पर्नेहरुमा २२ वर्षीय मोहम्मद सलीम, १९ वर्षीय इस्तियाक, २५ वर्षीय अजरत, २५ वर्षीय गेजिस, १९ वर्षीय बारिस, २२ वर्षीय सबीर, २५ वर्षीय शोखिमान, २४ वर्षीय मुस्बिर, २५ वर्षीय मगम, २२ वर्षीय तेजाव, १९ वर्षीय सम्साद, १८ वर्षीय नासिस, २२ वर्षीय नाजिब र २४ वर्षीय साहद छन् ।

यसैविच, उनीहरु क्वारेन्टाइनमा बस्न नमानेपछि प्रहरीलाई बोलाउनै लाग्दा पूर्वपश्चिम राजमार्गको उक्त ठाउँमा तरकारी बोक्ने ज.१ च १५७९ नम्बरको पिकअप भ्यान पश्चिमतिरबाट आइपुग्यो । धेरै मान्छेलाई देखेपछि भ्यान रोकेर ती सबैलाई बसाए ।

रातिको समयमा प्रहरी प्रमुख, डीएसपी समेत कसैको फोन नउठेपछि जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत आनन्द ठाकुरलाई फोन गरेपछि उनैले तत्कालै प्रहरी खटाएर उनीहरुलाई नियन्त्रणमा लिएको वडाध्यक्ष यादवले बताए ।

इलाका प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख प्रहरी नायव उपरीक्षक मकेन्द्र मिश्रले प्रहरीले उनीहरुलाई भारदहबाट नियन्त्रणमा लिएको बताए ।
नायव उपरीक्षक मिश्रले १४ जना भारतीयले आफूहरु काठमाडौंमा काम गर्दै आएको बताएको जानकारी दिए ।

पक्राउ पर्ने नेपालीहरुमा भोजपुरको आमचोक गाउँपालिका ८ बस्ने २२ वर्षीय नरबहादुर झार, २४ वर्षीय सुमन तामाङ, २५ वर्षीय अनिस तामाङ, २८ वर्षीय असन तामाङ, भोजपुरकै बेबारी नगरपालिका २ का २८ वर्षीय धनीलाल उराउ, सुनसरीको दुहबी नगरपालिका २ बस्ने २२ वर्षीय विजय उराउ रहेका छन् ।

यस्तै पक्राउ पर्नेमा सुनसरीको मधुवन २ बस्ने २५ वर्षीय रमेश कुमार, ६ बस्ने २३ वर्षीय दिपेश कुमार, भ्यान चालक सुनसरीका २२ वर्षीय अजय परियार, सह चालक धनुषाको मिथिला नगरपालिका ७ बस्ने २७ वर्षीय सानो परियार र २६ वर्षीय संजीव परियार छन् ।

Advertisement

नियन्त्रणमा लिइएका ११ नेपाली र १४ भारतीयलाई अहिले अग्निसाइर कृष्णासावरण गाउँपालिकास्थित जनचेतना माविको क्वारेन्टाइनमा राखिएको छ ।

भर्खरको समाचार

ट्रम्पका लागि दीर्घ रोग बन्यो इरानयुद्ध,४८ घण्टा निर्णायक

2025-12-18T022330Z_1231483362_RC2QIIA731CX_RTRMADP_3_USA-TRUMP-1766045018

बालेन सरकारको देशभर प्रहरी ‘अप्रेसन’,काठमाडौँमा मात्रै १५० जना पक्राउ

arrest-2-14

नुवाकोट सिन्दूरले रंगियो

35731bbf-67f8-400c-b92a-8544badaba93

यूएईमा ड्रोन आक्रमणः सात नेपाली घाइते, एकको अवस्था गम्भीर

UAE_2

कलाकार सागर लम्साल ‘बले’ पक्राउ

sagar-lamsal_IDZaoJpnLD

पश्चिमी वायुको प्रभाव देशका विभिन्न स्थानमा वर्षा, हिमपात र हावाहुरीको सम्भावना

mausam_badali

सम्पत्ति शुद्धीकरणमा एक पछि अर्को ठुलो माछा जालमा पर्दै

Shankar-Agrawal

राष्ट्रिय सभामा शुन्य हुँदा रास्वपाले कसरी काम गर्न सक्छ ?

9e6006d1-580a-415c-801d-9a03b5128bb8

मजदुरी गर्न काठमाडौं छिरेका डीपीको सभामुखसम्मको यात्रा

ed7235c5-90ef-468b-af6c-235523f8458b

सपनाले जिम्मेवारी लिनासाथ सर्वाेच्चमा ऐतिहासिक घोषणा

af82af17-b06c-485f-b24b-3c8aa65ce714

सम्बन्धित खबरहरु

Scroll to Top