कोरोना संक्रमित भेटिएको भन्दै अफवाह फैलाउने पक्राउ

कोरोना संक्रमित भेटिएको भन्दै अफवाह फैलाउने पक्राउ

२ वैशाख, दाङ ।
दाङको घोराहीबाट कोरोना भाइरस संक्रमित भेटिएको भन्दै अफवाह फैलाउने एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

घोराही निवासी दिपक न्यौपानेलाई जिल्ला प्रहरी कार्यालय दाङले पक्राउ गरेको हो । उनले सामाजिक सञ्जालमा कोरोनाबारे अफवाह फैलाएको पाइएकाले पक्राउ गरिएको दाङका प्रहरी प्रमुख एसपी जनक भट्टराईले जानकारी दिए ।

उनीमाथि थप अनुसन्धान भइरहेको भट्टराईले बताए । न्यौपानेले सामाजिक सञ्जालमा दाङमा एक जना महिलामा र्‍यापिड टेष्टमा कोरोना संक्रमण देखा परेको भन्दै स्ट्याटस पोष्ट गरेका थिए । प्रहरीले सामाजिक सञ्जालमा विना तथ्य जथाभावी कोरोनाको बारेमा भ्रम फैलाएको भन्दै पक्राउ गरेको हो ।

न्यौपाने घोराहीको काठेकोहल नजिकै रहेको पाठशाला एजुकेशन सेन्टरका सञ्चालक पनि हुन् । जिल्ला प्रहरी कार्यालय दाङले जिल्लामा अहिलेसम्म कुनै पनि व्यक्तिमा हालसम्म कोरोना नभेटिएको पनि जानकारी दिएको छ ।

प्रहरीका अनुसार वेलझुण्डी कोरोना अस्पतालमा १४ जना आइसोलेसनमा रहेको र ९ जनाको थ्रोट स्वाव परीक्षण गर्न बुटवल पठाईइएको छ भने अन्य ५ जनाको स्वाव संकलनको तयारी हुँदैछ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.