आजका प्रमुख खबरहरुः
१.(दायरा बढ्दै)
सनसिटीका संक्रमित परिवारका तीनजनामा एकको परीक्षणको दोस्रो रिपोर्ट पनि नेगेटिभ /अहिलेसम्म देशभर कुल १५ हजार ८ सयको कोरोना परीक्षण /५ हजार ६ सय १४ जना क्वारेन्टाइनमा /१ सय १७ आइसोलेसनमा ।
२.(सनसिटीमा सनसनी)
काठमाडौंको पेप्सीकोलास्थित सनसिटीमा आरडीटी विधिबाट कोरोनाभाइरस परीक्षण सुरु /ब्लक ‘ए’ मा रहेका २ सय ९८ जनाको आरडिटी परीक्षण रिपोर्ट नेगेटिभ /संक्रमीतकोमा काम गर्ने दुई जनाको स्वाब पिसिआर प्रविधिबाट परीक्षण गरिँदै ।
३.(अनुसन्धानमा अर्थमन्त्री)
कोरोना संक्रमित फेला परेको सनसिटीमा अर्थमन्त्री डा. युवराज खतिवडा आए/नआएको विषयमा खोजी भइरहेको कागेश्वरी मनोहरा नगरपालिकाका प्रमुख कृष्णहरी थापाको भनाई /अर्थमन्त्री उक्त अपार्टमेन्टमा नगएको उनका प्रेस संयोजक यमन पाण्डेको दावी ।
४.(लकडाउनको पालना गरौं)
कोरोना भाइरसको नियन्त्रणका लागि लकडाउन सुरु भएको २३औं दिन देशभरका सडक सुनसान/ संक्रमितको संख्या बढ्दै गएपछि प्रशासनद्वारा पास वितरणमा समेत कडाई /प्रहरीद्वारा सवारी साधनहरुको नियमित चेक जाँच जारी ।
५.(रिपोर्टको प्रतिक्षा)
कैलालीकी ६५ वर्षीया कोरोना संक्रमित महिलासँगै वीरगञ्जबाट दाङ गएका तीनै जनाको स्वास्थ्य परीक्षण रिपोर्ट नेगेटिभ /संक्रमितसंगै भारतको बिहारबाट वीरगञ्ज आइपुगेका अन्य ११ जनाको रिपोर्ट भने आउन बाँकी ।
६.(पोजेटिभ भर्सेस नेगेटिभ)
विदेशबाट फर्किएकी पोखराकी ५५ वर्षीया महिला र चितवनमा एकजनामा र्यापिड टेस्टको रिपोर्ट पोजेटिभ /दुवैको स्वायव परीक्षणको रिपोर्ट आउँन बाँकी /आरडीटीमा पोजिटिभ देखिएका गोरखाका एक युवाको स्वाब परीक्षण रिपोर्ट नेगेटिभ ।
७.(जमातीको जगजगी)
दिल्लीस्थित निजामुद्दीनको जमातमा सहभागी भएर नेपाल आएकाहरुको खोजी अझै जारी /सोही जमातमा सहभागी भएर फर्किएका सप्तरीका दुई जनाको पिसिआरमा गरिएको परीक्षण रिपोर्ट नेगेटिभ ।
८.(सावधानीका लागि शिल)
आरटिडी परिक्षणका क्रममा दुई जनामा कोरोना संक्रमण देखिएपछि सप्तरीका दुई स्थानीय तह सिल /पूर्णरुपमा आवतजावत बन्द/ वुधबारम्म ५ महिलासहित २ सय ४७ जना सप्तरीका विभिन्न क्वारेन्टाईनमा ।
९.(शिविरको सुझाव)
कोरोना भाइरसको संक्रमण भए/नभएको जाँच गर्न ‘घुम्ती परीक्षण शिविर’ सञ्चालन गर्न कांग्रेसको माग/ लकडाउनसंगैै कोरोनासंग जुध्ने गति र सतर्कताको मात्रा पनि थप्न नसके परास्त गर्न नसकिने तर्क ।
१०.(महत्वपूर्ण बन्दै पास)
जिल्ला प्रशासन कार्यालय, काठमाडौंले अब मृत्यु संस्कारकालागि मात्र सवारी पास दिने /पासका कारण भीडभाड हुन गई लकडाउन उलङघन हुने खतरा बढेपछि सवारी पासमा कडाई गर्ने निर्णय ।
११.(छलफल गर्दै सभामुख)
राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिना र सात वटै प्रदेशका सभामुखहरुबीच भिडियो कन्फ्रेन्स /लकडाउनको क्रममा देखिएका समस्याहरु निकासका लागि प्रदेश सांसदहरुसँग छलफल चलाउन आग्रह ।
१२.(ध्वजावाहकमा घिमिरे)
तीन महिनादेखि रिक्त रहेको नेपाल वायुसेवा निगमको कार्यकारी अध्यक्षमा पूर्व सचिव सुशील घिमिर ेनियुक्त/मदन खरेल ४ वर्षे कार्यकाल पूरा नगरी एक वर्षमै राजीनामा दिएर अष्ट्रेलिया लागेपछि घिमिरेको नियुक्ति ।
१३.(प्रदेशको अनुदान)
प्रदेश ५ सरकारद्वारा स्थानीय तह र जिल्ला समन्वय समितिकालागि विशेष अनुदानको घोषणा/ प्रदेशका कुल १०९ स्थानीय तह र १२ वटा जिल्ला समन्वय समितिलाई १३ करोड ६० लाख कोरोना विशेष अनुदान दिने प्रदेश मन्त्रीपरिषदको निर्णय ।
१४.(ढकालको ढिकुटी)
त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल भन्सार कार्यालयका एक्सरे टेक्निसियन राजकुमार ढकाल विरूद्ध अख्तियारद्वारा दुई करोडको भ्रष्टाचार मुद्दा दर्ता/ ढकालले २ करोड अकुत सम्पत्ति थुपारेको आरोपपत्रमा उल्लेख ।
र,
१५.(कोरोनाको कसुर)
विश्वव्यापी महामारी बनेको कोरोना भाइरसको संक्रमणका कारण अहिलेसम्म १ लाख २७ हजार बढीको मृत्यु /२० लाख १५ हजार बढी संक्रमित /४ लाख ९२ हजार बढी निको भएर घर फर्किए ।