×

NEPAL TIMES UPDATES

Playing
२ दिन सरकारी बिदा अल्पकालीन कि दीर्घकालीन ?निगमले भन्यो घुम्न नजानु || Nepal Times
Apr 05, 2026
Playing
ओली र लेखकको रिट हेर्दाहेर्दैमा, दीपक, शुभमसहित बलेलाई म्याद थप || Nepal Times
Apr 05, 2026
Playing
१०० कमान्डर, १२ हेलिकप्टर अनि घातक हतियारः इरानबाट यसरी लग्यो अमेरिकाले आफ्ना पाइलट || Nepal Times
Apr 05, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-22-2082 || Nepal Times
Apr 05, 2026
Playing
एमालेमा ओली हटाउने खेल सुरू भएको हो ?सम्भव छ विशेष महाधिवेशन ? || Nepal Times
Apr 05, 2026
Playing
लेबनानमा ९० हिज्बुल्लाह मा रि ए, आफ्नो विमान आफैंले ध्व स्त पारेको अमेरिकाको दाबी || Nepal Times
Apr 05, 2026
Playing
रविका कानून व्यवसायी अब बालेन सरकारको कानूनी सल्लाहकार || Nepal Times
Apr 05, 2026
Playing
आइतबार पनि बिदाः सेयर बजारमा नयाँ अन्योल,कति दिन कारोबार? || Nepal Times
Apr 05, 2026
Playing
फेसबुक स्टाटसकै आधारमा पक्रा उ परेका हुन् ’बले’ ? लाग्यो हत्कडी || Nepal Times
Apr 05, 2026
Playing
World News: युद्धको नयाँ युगमा महँगा हतियारमाथि सस्ता ड्रोनको दबदबा || Nepal Times
Apr 05, 2026

दिनभरका प्रमुख खबर

३ बैशाख २०७७
Pic: Niraj Bajracharya

आजका प्रमुख खबरहरुः

१.(दायरा बढ्दै)
सनसिटीका संक्रमित परिवारका तीनजनामा एकको परीक्षणको दोस्रो रिपोर्ट पनि नेगेटिभ /अहिलेसम्म देशभर कुल १५ हजार ८ सयको कोरोना परीक्षण /५ हजार ६ सय १४ जना क्वारेन्टाइनमा /१ सय १७ आइसोलेसनमा ।

Advertisement

२.(सनसिटीमा सनसनी)
काठमाडौंको पेप्सीकोलास्थित सनसिटीमा आरडीटी विधिबाट कोरोनाभाइरस परीक्षण सुरु /ब्लक ‘ए’ मा रहेका २ सय ९८ जनाको आरडिटी परीक्षण रिपोर्ट नेगेटिभ /संक्रमीतकोमा काम गर्ने दुई जनाको स्वाब पिसिआर प्रविधिबाट परीक्षण गरिँदै ।

३.(अनुसन्धानमा अर्थमन्त्री)
कोरोना संक्रमित फेला परेको सनसिटीमा अर्थमन्त्री डा. युवराज खतिवडा आए/नआएको विषयमा खोजी भइरहेको कागेश्वरी मनोहरा नगरपालिकाका प्रमुख कृष्णहरी थापाको भनाई /अर्थमन्त्री उक्त अपार्टमेन्टमा नगएको उनका प्रेस संयोजक यमन पाण्डेको दावी ।

४.(लकडाउनको पालना गरौं)
कोरोना भाइरसको नियन्त्रणका लागि लकडाउन सुरु भएको २३औं दिन देशभरका सडक सुनसान/ संक्रमितको संख्या बढ्दै गएपछि प्रशासनद्वारा पास वितरणमा समेत कडाई /प्रहरीद्वारा सवारी साधनहरुको नियमित चेक जाँच जारी ।

५.(रिपोर्टको प्रतिक्षा)
कैलालीकी ६५ वर्षीया कोरोना संक्रमित महिलासँगै वीरगञ्जबाट दाङ गएका तीनै जनाको स्वास्थ्य परीक्षण रिपोर्ट नेगेटिभ /संक्रमितसंगै भारतको बिहारबाट वीरगञ्ज आइपुगेका अन्य ११ जनाको रिपोर्ट भने आउन बाँकी ।

६.(पोजेटिभ भर्सेस नेगेटिभ)
विदेशबाट फर्किएकी पोखराकी ५५ वर्षीया महिला र चितवनमा एकजनामा र्यापिड टेस्टको रिपोर्ट पोजेटिभ /दुवैको स्वायव परीक्षणको रिपोर्ट आउँन बाँकी /आरडीटीमा पोजिटिभ देखिएका गोरखाका एक युवाको स्वाब परीक्षण रिपोर्ट नेगेटिभ ।

७.(जमातीको जगजगी)
दिल्लीस्थित निजामुद्दीनको जमातमा सहभागी भएर नेपाल आएकाहरुको खोजी अझै जारी /सोही जमातमा सहभागी भएर फर्किएका सप्तरीका दुई जनाको पिसिआरमा गरिएको परीक्षण रिपोर्ट नेगेटिभ ।

८.(सावधानीका लागि शिल)
आरटिडी परिक्षणका क्रममा दुई जनामा कोरोना संक्रमण देखिएपछि सप्तरीका दुई स्थानीय तह सिल /पूर्णरुपमा आवतजावत बन्द/ वुधबारम्म ५ महिलासहित २ सय ४७ जना सप्तरीका विभिन्न क्वारेन्टाईनमा ।

९.(शिविरको सुझाव)
कोरोना भाइरसको संक्रमण भए/नभएको जाँच गर्न ‘घुम्ती परीक्षण शिविर’ सञ्चालन गर्न कांग्रेसको माग/ लकडाउनसंगैै कोरोनासंग जुध्ने गति र सतर्कताको मात्रा पनि थप्न नसके परास्त गर्न नसकिने तर्क ।

१०.(महत्वपूर्ण बन्दै पास)
जिल्ला प्रशासन कार्यालय, काठमाडौंले अब मृत्यु संस्कारकालागि मात्र सवारी पास दिने /पासका कारण भीडभाड हुन गई लकडाउन उलङघन हुने खतरा बढेपछि सवारी पासमा कडाई गर्ने निर्णय ।

११.(छलफल गर्दै सभामुख)
राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिना र सात वटै प्रदेशका सभामुखहरुबीच भिडियो कन्फ्रेन्स /लकडाउनको क्रममा देखिएका समस्याहरु निकासका लागि प्रदेश सांसदहरुसँग छलफल चलाउन आग्रह ।

१२.(ध्वजावाहकमा घिमिरे)
तीन महिनादेखि रिक्त रहेको नेपाल वायुसेवा निगमको कार्यकारी अध्यक्षमा पूर्व सचिव सुशील घिमिर ेनियुक्त/मदन खरेल ४ वर्षे कार्यकाल पूरा नगरी एक वर्षमै राजीनामा दिएर अष्ट्रेलिया लागेपछि घिमिरेको नियुक्ति ।

१३.(प्रदेशको अनुदान)
प्रदेश ५ सरकारद्वारा स्थानीय तह र जिल्ला समन्वय समितिकालागि विशेष अनुदानको घोषणा/ प्रदेशका कुल १०९ स्थानीय तह र १२ वटा जिल्ला समन्वय समितिलाई १३ करोड ६० लाख कोरोना विशेष अनुदान दिने प्रदेश मन्त्रीपरिषदको निर्णय ।

१४.(ढकालको ढिकुटी)
त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल भन्सार कार्यालयका एक्सरे टेक्निसियन राजकुमार ढकाल विरूद्ध अख्तियारद्वारा दुई करोडको भ्रष्टाचार मुद्दा दर्ता/ ढकालले २ करोड अकुत सम्पत्ति थुपारेको आरोपपत्रमा उल्लेख ।

Advertisement

र,
१५.(कोरोनाको कसुर)
विश्वव्यापी महामारी बनेको कोरोना भाइरसको संक्रमणका कारण अहिलेसम्म १ लाख २७ हजार बढीको मृत्यु /२० लाख १५ हजार बढी संक्रमित /४ लाख ९२ हजार बढी निको भएर घर फर्किए ।

भर्खरको समाचार

नोबेलमा एपिलेप्सी सर्जरीसम्बन्धी चौथो एनआइएनएस सिम्पोजियम सम्पन्न

WhatsApp_Image_2026-04-05_at_11.31.20_AM

ट्रम्पका लागि दीर्घ रोग बन्यो इरानयुद्ध,४८ घण्टा निर्णायक

2025-12-18T022330Z_1231483362_RC2QIIA731CX_RTRMADP_3_USA-TRUMP-1766045018

बालेन सरकारको देशभर प्रहरी ‘अप्रेसन’,काठमाडौँमा मात्रै १५० जना पक्राउ

arrest-2-14

नुवाकोट सिन्दूरले रंगियो

35731bbf-67f8-400c-b92a-8544badaba93

यूएईमा ड्रोन आक्रमणः सात नेपाली घाइते, एकको अवस्था गम्भीर

UAE_2

कलाकार सागर लम्साल ‘बले’ पक्राउ

sagar-lamsal_IDZaoJpnLD

पश्चिमी वायुको प्रभाव देशका विभिन्न स्थानमा वर्षा, हिमपात र हावाहुरीको सम्भावना

mausam_badali

सम्पत्ति शुद्धीकरणमा एक पछि अर्को ठुलो माछा जालमा पर्दै

Shankar-Agrawal

राष्ट्रिय सभामा शुन्य हुँदा रास्वपाले कसरी काम गर्न सक्छ ?

9e6006d1-580a-415c-801d-9a03b5128bb8

मजदुरी गर्न काठमाडौं छिरेका डीपीको सभामुखसम्मको यात्रा

ed7235c5-90ef-468b-af6c-235523f8458b

सम्बन्धित खबरहरु

Scroll to Top