देशका विभिन्न भागमा वर्षा; पूर्वमा चट्याङ, हुरीबतास र असिना पर्ने सम्भावना

देशका विभिन्न भागमा वर्षा; पूर्वमा चट्याङ, हुरीबतास र असिना पर्ने सम्भावना

९ वैशाख, काठमाडौं । अहिले देशका विभिन्न ठाउँमा मेघ गर्जन र हुरीबतास सहित पानी परिरहेको छ ।

विशेषगरी प्रदेश २, वाग्मती प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५ र कर्णाली प्रदेशमा अहिले पानी परिरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यो क्रम अझै आधा घण्टा चल्ने मौसमविद् मन्जु बासीले जानकारी दिइन् ।

उनका अनुसार यो बादल अहिले उत्तर पूर्व्तिर सरिरहेको छ । यसकै कारण पूर्व्तिर पनि चट्याङ, हुरीबतास र असिना पर्ने भएकाले सावधानी अपनाउन उनको सुझाव छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.