आजका प्रमुख खबरहरुः
१.(थपिए संक्रमित)
मंगलबार उदयपुरका ९ जनामा कोरोना पोजेटिभ देखिएसँगै नेपालमा कोरोना संक्रमितको संख्या ४० पुग्यो /५ जना निको भएर घर फर्किए / ३५ जनाको उपचार हुँदै ।
२.(पछिल्ला विवरण)
अहिलेसम्म देशभर ३६ हजार ७ सय १९ वटा कोरोनाको नमुना परीक्षण /देशभर नै क्वारेन्टाइनमा रहनेको संख्या ७ हजार ६७ जना पुग्यो/१ सय ७ जना आइसोलेसनमा ।
३.(लकडाउनको दैनिकी)
कोरोना भाइरस रोकथामका लागि सरकारले लकडाउन लागू गरेको २९ औं दिन पूरा /अत्यावश्क काम र सेवाहरु बाहेकका सबै क्रियाकलापहरु बन्द /दैनिक जनजीवन प्रभावित ।
४.(भ्रमको भूमरीमा मस्जिद)
देशभरका मस्जिद र मदरसाहरुमा अनुगमन थालियो /कुनैपनि धार्मिक क्रियाकलापमा नियमित प्रकृयालाई नरोक्ने तर भक्तजनहरुलाई लकडाउनको अवस्थामा प्रवेश गर्न नदिन आग्रह /कोही छुटेको भए जानकारी गराउन मुस्लिम आयोगको अपिल ।
५.(जनप्रतिनिधीको बेईज्जत)
चार वर्ष पूरानो कुहिएको राहत वितरण गरेको आरोपमा कलैया उपमहानगरपालिकाका मेयर राजेश राय पक्राउ / गुणस्तरहीन राहत वितरण गरेको घटनामा संलग्न अन्य वडाध्यक्षसहित ८ जना पनि प्रहरी नियन्त्रणमा ।
६.(गुणस्तरमा सम्झौता नगर्नुस्)
खाद्य वस्तुको गुणस्तरमा कुनै शंका लागे तुरुन्त सम्पर्क गर्न खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको आग्रह /काठमाडौं, विराटनगर, जनकपुर, हेटौंडा, भैरहवा, नेपालगञ्ज र धनगढीबाट खाद्य वस्तुको गुणस्तर परीक्षण हुने ।
७.(खोई त सचेतना?)
पूर्वी नवलपरासीको कावासोतीमा क्वारेन्टाइनबाट तीन जना फरार /नगर प्रहरी र जनप्रतिनिधिको लापरबाहीको कारण कवारेन्टाइनमा बसेका युवा भागेको भन्दै तत्काल खोजी गरेर स्वास्थ्य जाँच गर्न स्थानीयको माग ।
८.(राष्ट्रपति विरूद्धको रिट)
सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले जारी गरेको संवैधानिक परिषद र राजनीतिक दलसम्बन्धी अध्यादेश सर्वोच्च अदालतद्वारा फाँटबाटै फिर्ता /अधिवक्ता शैलेन्द्र हरिजनको राष्ट्रपति विरूद्धको रिट दर्ता हुँदैन भनेर फर्काएको सहप्रवक्ता देवेन्द्र ढकालको भनाई ।
९.(उद्योगीको हराएको मानवता )
इँटा उद्योगमा काम गर्दागर्दै मृत्यु भएका मजदुरको शव गाड्ने धनुषाका इँटा उद्योग सञ्चालक अनिफ नदाफ र अजिम मन्सुरी पक्राउ /४० बर्षीय मजदुरको चुँडिएको विजुलीको तार जोड्ने क्रममा ज्यान गएपछि पोष्टमार्टम नगराई जमिनमा गाडेको प्रहरीको भनाई ।
१०.(कांग्रेसको खबरदारी)
सोमबार जारी भएका अध्यादेशहरु आपत्तिजनक र खेदजनक भएको भन्दै तत्काल फिर्ता लिन नेपाली कांग्रेसको माग /लकडाउनको समयमा मानिसहरु हिँड्दै गाउँ गइरहेको अवस्थामा सरकारले नियोजित रुपमा अध्यादेश ल्याउनु दुःखद भएको धारण ।
११.(तरुणको ताकत)
सरकारको सिफारिसमा राष्ट्रपतिले जारी गरेका दुई अध्यादेश फिर्ता नलिए आन्दोलनको आँधीबेहरी ल्याउने नेपाल तरुण दलको चेतावनी /राष्ट्रपतिबाट पारित भएको अध्यादेश संविधानको मर्म विपरित, नागरिकका लागि दुर्भाग्यपूर्ण अवस्थाको चित्रण भएको ठहर ।
१२.(बोले गोविन्द केसी)
बिरामीलाई सरकारी गाडीमा अस्पताल ल्याउने व्यवस्था गर्न प्रा. डा. गोविन्द केसीको माग / लकडाउनका कारण मानिसहरु अस्पतालै नआई गम्भीर समस्या वा चोटपटकको पीडा सहेर बस्नु परेको भन्दै सरकारी गाडीहरुको व्यवस्था गर्न अपिल ।
१३.(सेनाले गरी छाड्यो)
नेपाली सेनाद्वारा कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि आवश्यक स्वास्थ्य सामग्री र औषधि ल्याउने प्रक्रिया पूरा /२ अर्ब २६ करोड बढीको ७६ थरीका स्वास्थ्य सामग्री र औषधिहरु आउँदै ।
१४.(लकडाउनले नछोएको काम)
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग निर्माणको काम लकडाउनमा पनि जारी/सामान ढुवानीको अवस्था सहज भए वैशाख भित्र नै काम सम्पन्न गरी आयोजनालाई हस्तान्तरण गर्ने लक्ष्य ।
र,
१५.(आजको अपडेट)
विश्वव्यापी महामारी बनेको कोरोना भाइरसका कारण हालसम्म १ लाख ७१ हजार बढीको मृत्यु/ २४ लाख ९७ हजार बढी संक्रमित /६ लाख ५६ हजार बढी निको भएर घर फर्किए ।