×

NEPAL TIMES UPDATES

Playing
२ दिन सरकारी बिदा अल्पकालीन कि दीर्घकालीन ?निगमले भन्यो घुम्न नजानु || Nepal Times
Apr 05, 2026
Playing
ओली र लेखकको रिट हेर्दाहेर्दैमा, दीपक, शुभमसहित बलेलाई म्याद थप || Nepal Times
Apr 05, 2026
Playing
१०० कमान्डर, १२ हेलिकप्टर अनि घातक हतियारः इरानबाट यसरी लग्यो अमेरिकाले आफ्ना पाइलट || Nepal Times
Apr 05, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-22-2082 || Nepal Times
Apr 05, 2026
Playing
एमालेमा ओली हटाउने खेल सुरू भएको हो ?सम्भव छ विशेष महाधिवेशन ? || Nepal Times
Apr 05, 2026
Playing
लेबनानमा ९० हिज्बुल्लाह मा रि ए, आफ्नो विमान आफैंले ध्व स्त पारेको अमेरिकाको दाबी || Nepal Times
Apr 05, 2026
Playing
रविका कानून व्यवसायी अब बालेन सरकारको कानूनी सल्लाहकार || Nepal Times
Apr 05, 2026
Playing
आइतबार पनि बिदाः सेयर बजारमा नयाँ अन्योल,कति दिन कारोबार? || Nepal Times
Apr 05, 2026
Playing
फेसबुक स्टाटसकै आधारमा पक्रा उ परेका हुन् ’बले’ ? लाग्यो हत्कडी || Nepal Times
Apr 05, 2026
Playing
World News: युद्धको नयाँ युगमा महँगा हतियारमाथि सस्ता ड्रोनको दबदबा || Nepal Times
Apr 05, 2026

पूर्णरूपमा अवस्था सामान्य नभएसम्म परीक्षा नलिन परीक्षा बोर्डलाई सुझाव

११ बैशाख २०७७

११ वैशाख, काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले चैत र वैशाख महिनामा स्थगित भएको कक्षा १० र १२ को परीक्षा सञ्चालन गर्ने तयारी गरिरहेको अवस्थामा विभिन्न सरोकारवाला निकायले पूर्णरूपमा सवारीसाधन सञ्चालन भएर सामान्य जीवन नचलेसम्म परीक्षा लिन नहुने सुझाएका छन् ।

बोर्डले परीक्षाको तालिका, मोडालिटी र हालको अवस्थाबारे जानकारी दिन बुधबार बोलाएको बैठकमा आधा दर्जन निकायले तत्काल परीक्षा लिन अवस्था नभएको बताएका थिए ।

Advertisement

बोर्डका अध्यक्ष प्राडा चन्द्रमणि पौडेलले बोलाएको बैठकमा शिक्षक महासंघ, प्याब्सन, एनप्याब्सन, हिसान, हिस्टान, प्याब्सन काठमाडौंलगायतका उच्च अधिकारीको सहभागिता रहेको थियो ।

बैठकमा अधिकांशले अवस्था सामान्य नभई परीक्षा लिन नहुने बताएका थिए । शिक्षक महासंघका अध्यक्ष बाबुराम थापाले तत्काल कक्षा १० को परीक्षाका बारेमा चिन्ता भएको बताउँदै कक्षा १२ र ११ को परीक्षा केही महिना ढिलो हुँदा पनि समस्या नपर्ने बताएका थिए ।

विश्वव्यापी महामारीका रूपमा फैलिएको र नेपालमा समेत भित्रिएको कोरोनाको प्रभाव कम नभएसम्म र सरकारले जारी गरेको लकडाउन खुकुलो नभएसम्म परीक्षा लिन सम्भव नभएको बताएका थिए । विश्वका करिब ४४ मुलुकको परीक्षा बोर्डको अवस्था हेर्दा कतिले तत्कालका लागि स्थगित गरेको र कतिले अनलाइन माध्यमबाट परीक्षा लिने तयारी गरिरहेको अवस्थामा नेपालमा हतार गर्नुपर्ने अवस्था नभएको बताएका थिए ।

सो अवसरमा बोर्डका अध्यक्ष पौडेलले कोरोेना फैलिएपछि विश्वका विभिन्न मुलुकको परीक्षाको अवस्था, नेपालमा परेको असर, एसईई, कक्षा १२ र ११ को परीक्षा व्यवस्थापनलगायतका बारेमा जानकारी दिएका थिए । उनले सबैको सहमतिको आधार तय भएपछि मात्रै परीक्षा सञ्चालन गर्न उचित हुने बताएका थिए ।

बैठकमा आफ्नो धारणा राख्दै प्याब्सनका महासचिव कुमार घिमिरेले अहिलेको अवस्थामा परीक्षा गर्न नसकिने धारणा राखेका थिए । असारसम्म परीक्षा लिन सक्ने अवस्था नभएको उनको भनाइ थियो ।

उनले स्थगित भएको एसईईको परीक्षाको मोडालिटीको विषयमा पुनः छलफल गर्न आवश्यक रहेको बताएका थिए । होम सेन्टर, स्वमूल्यांकन गर्नेलगायतका विषयमा समेत सोच्नुपर्ने अवस्था आएको बताएका थिए ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले बोर्डका अध्यक्षको संयोजकत्वमा विज्ञसहितको टोलीले परीक्षा सञ्चालन गर्ने विधिका बारेमा अध्ययन गरिरहेको छ । बैठकमा बोर्डका अध्यक्ष पौडेलले परीक्षाको मोडालिटीका बारेमा समेत छलफल भएको जानकारी गराए ।

Advertisement

बैठकमा एनप्याब्सनका अध्यक्ष ऋतुराज सापकोटा, हिस्टानका अध्यक्ष पुष्प न्यौपाने, हिसानका वरिष्ठ उपाध्यक्ष युवराज शर्मा, बोर्डका सदस्य–सचिव दुर्गा अर्याल, प्याब्सन र एनप्याब्सनका उपत्यकाका प्रतिनिधि परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्मालगायतको उपस्थिति रहेको थियो ।

भर्खरको समाचार

नोबेलमा एपिलेप्सी सर्जरीसम्बन्धी चौथो एनआइएनएस सिम्पोजियम सम्पन्न

WhatsApp_Image_2026-04-05_at_11.31.20_AM

ट्रम्पका लागि दीर्घ रोग बन्यो इरानयुद्ध,४८ घण्टा निर्णायक

2025-12-18T022330Z_1231483362_RC2QIIA731CX_RTRMADP_3_USA-TRUMP-1766045018

बालेन सरकारको देशभर प्रहरी ‘अप्रेसन’,काठमाडौँमा मात्रै १५० जना पक्राउ

arrest-2-14

नुवाकोट सिन्दूरले रंगियो

35731bbf-67f8-400c-b92a-8544badaba93

यूएईमा ड्रोन आक्रमणः सात नेपाली घाइते, एकको अवस्था गम्भीर

UAE_2

कलाकार सागर लम्साल ‘बले’ पक्राउ

sagar-lamsal_IDZaoJpnLD

पश्चिमी वायुको प्रभाव देशका विभिन्न स्थानमा वर्षा, हिमपात र हावाहुरीको सम्भावना

mausam_badali

सम्पत्ति शुद्धीकरणमा एक पछि अर्को ठुलो माछा जालमा पर्दै

Shankar-Agrawal

राष्ट्रिय सभामा शुन्य हुँदा रास्वपाले कसरी काम गर्न सक्छ ?

9e6006d1-580a-415c-801d-9a03b5128bb8

मजदुरी गर्न काठमाडौं छिरेका डीपीको सभामुखसम्मको यात्रा

ed7235c5-90ef-468b-af6c-235523f8458b

सम्बन्धित खबरहरु

Scroll to Top