११ वैशाख, काठमाडौं ।
जिल्ला अदालत, काठमाडौंले पूर्वसचिव भीम उपाध्यायलाई तीन दिन थुनामा राख्न अनुमति दिएको छ । प्रहरीले विद्युतीय कारोबार ऐनमा व्याख्या भएको कसुर अनुसार अनुसन्धानका लागि उपाध्यायलाई तीन दिन हिरासतमा राख्न अनुमति पाएको हो ।
नेपाल प्रहरीको साइबर ब्युरोका एसएसपी नविन्द अर्यालले जिल्ला अदालत, काठमाडौंले अनुसन्धानका लागि अनुमति दिएको बताए ।उपाध्यायलाई अहिले महानगरीय प्रहरी वृत्त, सोह्रखुट्टेको हिरासतमा राखिएको छ ।
प्रहरीले उपाध्यायलाई बुधबार राति ललितपुरस्थित उनकै निवासबाट पक्राउ गरेको थियो । उपाध्यायले सामाजिक सञ्जालमा प्रधानमन्त्री केपी शर्मा ओलीको चरित्र हत्या गर्ने गरी गैरकानुनी विषय लेखेको प्रहरीको आरोप छ । प्रहरीले उनका अन्य कसुरबारे पनि खोजी गरिरहेको अर्यालले बताए ,