हिमपहिरोमा पुरिएर बेपत्ता भएकामध्ये थप दुई जनाको शव फेला, दुवै कोरियन नागरिक

हिमपहिरोमा पुरिएर बेपत्ता भएकामध्ये थप दुई जनाको शव फेला, दुवै कोरियन नागरिक

१४ बैशाख, पोखरा । गत माघ ३ गते अन्नपूर्ण पदमार्गमा आएको हिमपहिरोमा पुरिएर बेपत्ता भएका ७ जना मध्ये थप दुई जनाको शव फेला परेको छ । शनिबार दुई कोरियनको शव फेला परेको हो ।

हराएका ४ कोरियन र ३ नेपालीमध्ये २ नेपाली गाइडको शव यसअघि नै फेला परिसकेको छ । हिमपहिरो आएको ठाउँ कास्कीको अन्नपूर्ण गाउँपालिकास्थित हिंकु खोंच र देउरालीको बीचमा मोदी नदी किनारमा शव फेला परेको थियो ।

जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डीएसपी राजकुमार केसीका अनुसार प्रहरी, स्थानीय र एक्यापको टोलीले शव फेला पारेका हुन् । कोरियन नागरिकको शव भए पनि पहिचान नखुलेको उनले बताए ।

शव लिन नेपाली सेनाको हेलिकप्टर तयारी अवस्थामा बसेको छ । पोखराबाट प्रहरीसहितको टोली घटनास्थल पुगेर शव पोखरा ल्याउनेछ । आवश्यक कानुनी प्रक्रिया पूरा गरेर आज नै शव काठमाडौं लगिनेछ । काठमाडौंमा रहेका उनीहरुको आफन्तलाई शव बुझाइने प्रवक्ता केसीले बताए । बाँकी बेपत्ताको खोजी कार्य जारी रहेको उनले जनाए ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.