राहत चामल प्रकरणमा परासीका व्यवसायी जेल चलान

राहत चामल प्रकरणमा परासीका व्यवसायी जेल चलान

१७ वैशाख, परासी ।
पश्चिम नवलपरासीको रामग्राम नगरपालिकाले वितरण गरेको राहत चामल प्रकरणमा परासीका व्यवसायी पटवारी वनियाँ जेल चलान भएका छन् ।

गत चैत २८ गते रामग्राम नगरपालिकाले वितरण गरेको चामल खानयोग्य नभएको र कम तौल भएको भन्दै खाद्यान्न सामग्री नगरपालिकाको गेट अगाडि फालेका थिए । चामलको गुणस्तर जाँच गर्न पुगेको खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय भैरहवाले उक्त चामल न्यून गुणस्तर र नेपाल सरकारले तोकेको मापदण्ड विपरीत रहेको जनाएपछि जिल्ला अदालतमा व्यवसायीमाथि मुद्दा चलाइएको हो ।

प्रमाणका आधारमा जिल्ला न्यायाधीश ध्रवकुमार शाहको इजलाशले व्यवसायी वनियाँलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको अदालतका श्रेस्तेदार डिल्ली शर्माले जानकारी दिए । बिक्री गर्ने सप्लायर्समाथि मात्र अभियोग पत्र रहेकाले कानुनअनुसार व्यवसायी जेल चलान भएको शर्माले जानकारी दिए ।

फौजदारी कार्यविधि संहितामा ३ वर्षभन्दा माथि सजाय हुने मुद्दामा पुर्पक्षका लागि पठाउनुपर्ने उल्लेख छ । अभियोग दाबी भएमा उनलाई ५ वर्षसम्म कैद र ५० हजारसम्म जरिवाना हुने प्रावधान छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.