×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

कीटनाशक झोलको प्रयोगः असावधानीले निम्त्याउला जोखिम

२५ बैशाख २०७७

२५ बैशाख, काठमाडौं ।

विश्वव्यापि महामारीका रुपमा फैलिएको कोभिड–१९ को सङ्क्रमणको जोखिमका बेला त्यसको रोकथाम गर्ने उद्देश्य राखेर मुलुकका विभिन्न क्षेत्रमा किटनाशक झोल छर्कने (स्प्रे गर्ने) गरिएको छ । चिकित्सकले यस्तो झोलले मानव स्वास्थ्यमा असर गर्न सक्नेतर्फ सचेत गराइए पनि स्प्रे गर्ने क्रम रोकिएको छैन । त्यसमा होसियारीसमेत अपनाउनु सकिएको देखिँदैन ।

मानिसको शरीरमै स्प्रे गरिएका दृष्य विभिन्न सामाजिक सञ्जालमा देखिएको छ । धेरैजसो क्षेत्रमा सेनिटाइजेशन टनेल नै बनाएर स्प्रे गरिएको छ । कतिपय ठाउँमा मानव शरीरमा नै खुलमखुला स्प्रे गरिएको छ । चिकित्सकले भने यस्तो स्प्रे मानव स्वास्थ्यका लागि नै हानिकारक हुन सक्नेतर्फ ध्यानाकर्षण गराएको छ ।

नेपाल चिकित्सक सङ्का उपाध्यक्ष अनिलविक्रम कार्कीभन्छन्, ‘यस्ता किटनाषक झोल मानिसको आँखा, मुख, छालामा पर्यो भने चिलाउने, फोका आउने बिबिरा आउने हुनसक्छ, आँखामा पर्दा ज्योतिमा नै समस्या आउन सक्छ, किटनाशक झोल मावन शरीरमा छ्याप्नु हुन्न ।’

सामाजिक सञ्जाल र मिडियामा यसको नकारात्मक असरबारे प्रचारप्रसार हुन थालेपछि कतिपय स्थानमा स्प्रे गर्न बन्द पनि भयो । तर यो क्रम पूर्णतः रोकिएको छैन । काठमाडौँ छिर्ने नाका नागढुङ्गामा ठुलो टनेल बनाएर गाडीलाई नै स्प्रे गरिन्छ । तर यसले मानिसलाई नभई सवारीसाधनलाई मात्रै स्प्रे गरिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले मुलुकका विभिन्न क्षेत्रमा डिस–इन्फेक्सन गर्ने नाममा किटनाशक झोल मानिस र सवारी साधनमा छरेको पाइएको भन्दै ध्यानाकर्षण भएको जनाएको छ ।

मानिसको शरीरमा भाइरस हुने भएकाले बाहिरी आवरणमा स्प्रे गर्दैमा भाइरस मर्ने भन्ने हुँदैन । यस्ता झोल सङ्क्रमण भएको क्षेत्रमा मात्रै प्रयोग गर्ने हो । हाल प्रयोगमा ल्याइएको सोडिएम हाईड्रोक्लोराईड लगायतका केमिकलले भाइरस मार्ने नभई राम्ररी प्रयोग गर्न नजान्दा मानिसको स्वास्थ्यमा नै असर पर्न सक्ने मन्त्रालयका प्रवक्ता डा विकास देवकोटा बताउँछन् । उनले सही तरिकाले प्रयोग नगर्दा स्वास–प्रश्वासमा पनि समस्या आउन सक्ने उल्लेख गरे ।

शरीरमा भाइरस प्रवेश गरिसकेपछि बाहिर छरेर केही नहुने चिकित्सकले बताएका छन् । कोभिड–१९ को विश्वव्यापि महामारीसँगै नेपालमा पनि दैनिक रुपमा देखा परिरहेको छ । हालसम्म ९९ जनामा रोगको सङ्क्रमण देखिसकेको छ ।

सतहलाई डिस–इन्फेक्ट गर्न सकिने

यस्तो किटनाशक झोल तोकेको मात्रा पु¥याएर भूँई, सतह तथा सवारीसाधन, कुनै चिजवस्तु तथा प्याकिङ गरिएका सामग्रीमा स्प्रे गर्दा भने निसङ्क्रमण गर्न सकिन्छ । तर भाइरस रोक्ने भन्ने नहुने डा.देवकोटाले बताए । मन्त्रालयका अनुसार कोभिड–१९ बाट जोगिन सबैभन्दा सरल र महत्वपूर्ण उपाए भनेको २० सेकेण्ड मिचिमिचि हात धुने हो ।

त्यस्तै सामाजिक दूरी कायम गर्ने र लकडाउनलाई पालना गर्दा रोगसँग बच्न सकिन्छ । नयाँ कोरोना भाइरसको सङ्क्रमणबाट लागेको रोगलाई विश्व स्वास्थ्य सङ्गठनले ‘कोभिड १९’ नाम दिएको छ । यसलाई विश्वव्यापी महामारीका रुपमा घोषणा गरिसकिएको छ । कोरोना भाइरस श्वासप्रश्वासका माध्यमबाट सर्ने रोग हो । यो सङ्क्रमित व्यक्तिले खोक्दा वा हाछ्यूँ गर्दा नाक वा मुखबाट निस्कने छिट्टाको माध्यमबाट सर्दछ ।

नयाँ प्रजातिको भाइरस पहिले मानव जातिमा पहिचान भएको थिएन । यस भाइरसले मानिस र पशुमा सङ्क्रमण गर्छ । भाइरसले सामान्य रुघाखोकीदेखि गम्भीर प्रकारको तीव्र श्वासप्रश्वास गराउन सक्छ । रुघाखोकी ज्वरो देखिएका बिरामीले भने सावधानी अपनाउनुपर्ने चिकित्सकले बताएका छन् । अहिलेसम्म विश्वमा रोगको उपचार विधि पत्ता लागिनसकेको अवस्थामा झोल छर्केर सङ्क्रमण निको हुन्छ भन्नु चाहि गलत हुने चिकित्सकले बताएका छन् ।–नारायण ढुङ्गाना/ रासस

भर्खरको समाचार

सामूहिक अन्त्येष्टिमा जनसागर, कतारमा IRGC का १० जासुस पक्राउ, इरानमा २००० निशाना ध्वस्त

Screenshot 2026-03-04 105112

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

image

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo

देश बनाउन फर्किएका हुन् बालेन,संसदीय राजनीति होमिनु अघि बोले बालेन

Screenshot 2026-01-12 115501

बालेन झापा जाने भएपछि आत्तिए ओली, भने लुसिफरले धाक नदिनु

d0af0e4e-e87b-4585-9afd-4f644f0e3c5e

अशान्ति मच्चाइरहेका ट्रम्पको हातमा नोबेल शान्ति पुरस्कारको मेडल

maria-corina-machado-donald-trump-101025-ae6e5dd9fc324ce1bdcca7134e2fe0b9

फागुन पछिका संभावित प्रधानमन्त्रीहरु,को,कसरी प्रधानमन्त्री बन्न सक्छन् ?

d5b8dbd0-9973-4173-b623-07238c7850f9

रविको मुद्या फिर्तापछि एमाले रिसायो, अब के हुन्छ ?

rabi

सम्बन्धित खबरहरु

Scroll to Top